सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

  काडमाडौँ । धितोपत्र बजारमा आज सेयरको मूल्य सामान्य बिन्दुले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक ४.८ बिन्दुले बढेर एक हजार ५५९ बिन्दुमा पुगेको छ । लगातार ओरालो लाग्दै आएको बजार बुधबार र आज भने सामान्य अङ्कले बढेको हो । ठूला कम्पनीको सेयर कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत १.१५ बिन्दुले बढेको छ । स्टकका अनुसार कुल १३९ कम्पनीको १५ लाख ...
तिनै तहको चुनावपछि मात्रै संविधान संशोधन गर्न सकिने–नेम्वाङ

तिनै तहको चुनावपछि मात्रै संविधान संशोधन गर्न सकिने–नेम्वाङ

पाँचथर । नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले स्थानीय,प्रदेश र केन्द्रको गरी तिनै तहको चुनाव सम्पन्न भएपछि मात्रै संविधान संशोधन गर्न सकिने बताउनुभएको छ ।  पाँचथरको फिदिममा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रदेश नम्बर २ मा चुनावको मिति सार्दा पनि राजपा सरकारमा नआउने भएपछि सरकारले चुनाव सारेको कुनै अर्थ नभएको उहाँको भनाइ छ । मधेसको क्षेत्रमा म...
सुनसरीमा राजनीतिक दल मत माग्न व्यस्त

सुनसरीमा राजनीतिक दल मत माग्न व्यस्त

इनरुवा । स्थानीय तहको निर्वाचन आउन ६ दिन मात्र बाँकी रहेको बेला सुनसरीमा विभिन्न पार्टीका उम्मेदवार आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दैै मत माग्ने कार्यमा व्यस्त भएका छन् ।  जिल्लामा सक्रिय रुपमा रहेका ठूला राजनीतिक दलदेखि स्वतन्त्रका उम्मेदवार आफ्नो पक्ष तथा आफ्नो चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्दै मत माग्ने कार्यमा व्यस्त बनेका हुन् । सुनसरीमा रहेका नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९म...
महत र ढकालबारे सूचना दिन अख्तियारको आग्रह

महत र ढकालबारे सूचना दिन अख्तियारको आग्रह

काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही हरिऔन गाविस–९ का लुम्बध्वज महत र मकवानपुरको पालुङ गाविस–५ का उमेशप्रसाद ढकालबारे सूचना दिई पक्राउमा सहयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।  आयोगले कर फछ्र्यौट आयोग, २०७१ का पदाधिकारीद्वय महत र ढकालले भ्रष्टाचार गरेको भन्ने उजुरीको अनुसन्धानका सिलसिलामा अख्तियारमा उपस्थित हुन सूचना जारी गरेकोमा हालसम्म उहाँहरु संवैधानिक उक्त आयोगको सूचनाको...
पत्रपत्रिकाका फ्रन्टपेजः पूर्वआईजीपी जेल चलान, चारैजना एउटै कोठामा

पत्रपत्रिकाका फ्रन्टपेजः पूर्वआईजीपी जेल चलान, चारैजना एउटै कोठामा

काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआईजीपी, एक एआईजी र एक डीआईजी जेल चलान भएको खबरलाई आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् । चारै जनालाई डिल्लीबजार कारागारको एउटै कोठामा राखिएको पत्रपत्रिकाहरुले लेखेका छन् । भ्रष्टाचारी ठहर भएकामध्ये प्रहरीका पूर्वआईजीपी रमेशचन्द्र ठकुरी भने फरार छन् । त्यस्तै पूर्व एआईजी र एसएसपी पनि फरार छन् । नजिकिँदो निर्वाचन...
नेपालीले बनाए मंगल ग्रहको उपग्रहमा वासस्थल

नेपालीले बनाए मंगल ग्रहको उपग्रहमा वासस्थल

काठमाडौं । मंगलग्रहको उपग्रह ‘फोबोस’मा अन्तरिक्षयात्री बस्न सक्ने वासस्थानको नमूना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियररिङबीच संसारभर गराइएको प्रतिष्पर्धामा नेपाली विद्यार्थीको समूह विजेता तीनमा छनोट भएको छ । अमेरिकन इन्ष्टिच्युट अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एआईएए)ले आयोजना गरेको प्रतिष्पर्धामा चार नेपाली विद्यार्थी (थापाथली इन्जिनियरिङ क्याक्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्...
झापामा उमेर नपुग्दा उम्मेदवार बन्नबाट वञ्चित

झापामा उमेर नपुग्दा उम्मेदवार बन्नबाट वञ्चित

झापा । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएकी एक दलित महिला उम्मेदवार बन्नबाट वञ्चित हुनुभएको छ । बाह्रदशी गाउँपालिकाबाट दलित महिला सदस्यको उम्मेदवारी दर्ता गराउनुभएकी रीना दर्जी उम्मेदवार बन्नबाट वञ्चित हुनुभएको हो । नौ महिना कम उमेर भएकाले दर्जीको उम्मेदवारी रद्द गरिएको बाह्रदशीका निर्वाचन अधिकृत बाबुराम राईले जानकारी दिनुभयो । उम्मेदवार बन्नका लागि २...
साहरुखलाई ७ हजार बढी ‘सेजल’ले पठाए चिठ्ठी

साहरुखलाई ७ हजार बढी ‘सेजल’ले पठाए चिठ्ठी

बलिउडमा रोमान्टिक हिरोको रुपमा परिचित नायक साहरुख खानलाई भारतभरबाट ७ हजार भन्दा बढी ‘सेजल’ नाम गरेका यूवतीले पत्र पठाएका छन् । नायक साहरुख खान र नायिका अनुष्का शर्मा अभिनित चलचित्र ‘जब ह्यारी मेट सेजल’ राखिएको छ । यो चलचित्र अगष्ट ४ गतेबाट रिलिज हुँदैछ । साहरुखले चलचित्रको प्रचारमा नयाँ प्रयोग गर्दै ‘सेजल’ नाम गरेका यूवतीलाई पत्र लेख्न भनेका थिए । जुन शहरमा बढी ‘सेजल’ छन्, उनीहरुलाई भेट्न आफू ...
लुक्लामा पर्यटक अलपत्र

लुक्लामा पर्यटक अलपत्र

सोलुखुम्बु ।बाक्लो हुस्सु र लगातारको वर्षाका कारण लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा छ दिनदेखि उडान अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । यही असार १ गते विमानस्थलमा जहाज अवतरण भएको थियो । त्यसयता कुनै पनि उडान हुन नसकेको तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाले जानकारी दिनुभयो । तारा एअरको २० भन्दा बढी उडान स्थगित भएको छ । अन्य एअरलाइन्सले समेत सबै उडान स्थगन गरेका छन् । उडान नहुँदा सगरमा...
सातदोवाटोमा युवतीहरुको ग्याङ फाइट, छुरा प्रहारबाट एक घाइते

सातदोवाटोमा युवतीहरुको ग्याङ फाइट, छुरा प्रहारबाट एक घाइते

ललितपुर । ललितपुर महानगरपालिका-१५ सातदोवाटोमा युवतीहरुको ग्याङ फाइट भएको छ । कोपिला गिरी र सलिना राई समूहको झगडा भएको हो । पुरानो विवादको कारण बानेश्वर बस्ने सलिना राई लगायतका ६ जना केटीहरुले काभ्रे, बनेपा बस्ने १७ वर्षीया कोपिला गिरीमाथि छुरा प्रहार गरेका थिए । घाइते गिरीलाई उपचारको लागि सुमेरु अस्पताल धापाखेल पठाइएको प्रहरीले जनाएको छ ।उनको अवस्था बोल्न नसक्ने छ । घटनामा संलग्न ४ जनालाई पक्रा...
खोटाङमा एमाले उम्मेदवारको घरमा बम विस्फोट, एकजना गम्भीर घाइते

खोटाङमा एमाले उम्मेदवारको घरमा बम विस्फोट, एकजना गम्भीर घाइते

खोटाङ। नेकपा (एमाले) बाट खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षमा उम्मेदवार बन्नुभएका लिला चौहानको घरमा बम विस्फोट भएको छ ।  उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र आठमहिने भतिज किस्मत घरकै अगाडि रहेको भान्छा कोठामा बसेर खाना खाइरहेको अवस्थामा गए राति बम विस्फोट गराइएको हो । नचिनिएको समूहले गराएको बम विस्फोटमा वडाध्यक्षका प्रत्याशी चौहानकी बुहारी शकुन्तला ...
तिङ्लाको विद्रोह ! सबै उम्मेदवारी फिर्ता, ‘नो भोट’ अभियान सफल

तिङ्लाको विद्रोह ! सबै उम्मेदवारी फिर्ता, ‘नो भोट’ अभियान सफल

सोलुखुम्बु । नेचासल्यान गाउँपालिकास्थित तिङ्ला गाउँको ‘नो भोट’ अभियान सफल भएको छ । गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने तिङ्वाबाट यो चुनावमा कोही पनि उम्मेदवार छैनन् । नेपाली कांग्रेसका टङ्क कार्कीले वारेसनामाबाट दिएको उम्मेदवारी खारेज भएको छ । योसँगै दुई जनाको स्वतन्त्र उम्मेदवारी पनि फिर्ता भएको छ । ज्ञानबहादुर राई र हर्कबहादुर विश्वकर्माले उम्मेदवारी फिर्ता लिएपछि वडा नम्बर ६ जनप्रतिनिधिविहीन ...
चुहिने छाप्रोमा रात कटाउँदै भूकम्प पीडित परिवार

चुहिने छाप्रोमा रात कटाउँदै भूकम्प पीडित परिवार

तेह्रथुम। ओत लाग्ने झुपडी बनाउन नसक्दा तेह्रथुमको छथर गाँउपालिका २ खैरेनीका गंगबहादुर लिम्बुको परिवार चुहिने छाप्रोमा रात कटाउन बाध्य छ । ०७२ सालको भुकम्पले घरमा क्षति पुर्याएपछि बास बस्ने घर बनाउन नसक्दा लिम्बुकाे परिवार छाप्रोमा रात कटाउन बाध्य बनेकाे हाे । अार्थिक स्थिती कमजाेर रहेका लिम्बुकाे परिवारमा २ छोरा र श्रीमती छन । आर्थिक अभावका कारण बास बस्ने घर बनाउन नसकेका कारण सानो छाप्रोमा र...
सबै शीर्ष नेता निर्वाचनमा, को कहाँ खटिए ?

सबै शीर्ष नेता निर्वाचनमा, को कहाँ खटिए ?

  काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा शीर्ष नेताहरुले सक्रियता बढाएका छन् । कांग्रेसदेखि एमाले, माओवादी, राप्रपालगायतका दल अहिले आफ्नो पक्षमा माहोल बनाउन विभिन्न जिल्लामा सक्रिय रहेको नयाँ पत्रिका दैनिकमा खबर छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा गृहजिल्ला डडेल्धुराबाट भोट हाल्दै छन् । पुर्खौली घर डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित असिग्राम उमाविमा उनले भोट हाल्ने ...
दाङमा भोलिदेखि मदिरा बिक्रीवितरण गर्न नपाइने

दाङमा भोलिदेखि मदिरा बिक्रीवितरण गर्न नपाइने

दाङ । यहाँको स्थानीय प्रशासनले असार ८ गतेदेखि दाङमा मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । मङ्गलबार दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो । दाङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक धिरजप्रताप सिंहका अनुसार जिल्लाका कुनै पनि सार्वजनिकस्थल, होटेल, रेस्टुरेन्ट लगायतका स्थानमा असार ८ गतेदेखि मदिराजन्य व...
सैनामैनामा सवारी दुर्घटना, २ को मृत्यु

सैनामैनामा सवारी दुर्घटना, २ को मृत्यु

बुटवल । रुपन्देहीको सैनामैनामा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ६१०४ नम्बरको यात्रुवाहक बसले विपरीत दिशातर्फ गइरहेको लु ९ प ६१८७ नम्बरको मोटरसाइकललाई सैनामैना–१, रानिबगियामा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । बसको ठक्करबाट सैनामैना–६, दुधराक्षका २३ वर्षीया युवराज घिमिरेको घटनास्थलमै मृत्यु भएको छ । घाइते गुल्मी मद...
दोस्रो चरणको चुनावमा २० हजार बढी सशस्त्र प्रहरी खटिए

दोस्रो चरणको चुनावमा २० हजार बढी सशस्त्र प्रहरी खटिए

काठमाडौं । दोस्रो चरणको स्थानीय चुनावको सुरक्षार्थ २० हजार बढी शस्त्र प्रहरी खटिएका छन् । चुनावमा २० हजार ६ सय १५ सशस्त्र प्रहरी खटिएको सशस्त्र प्रहरीले जनाएको छ । निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि खटिएका मध्ये १ नम्बर प्रदेशको १४ जिल्लामा ७ हजार ६ सय ६२ जना सशस्त्र प्रहरी कर्मचारीहरु खटिएका छन् । ५ नम्बर प्रदेशको १२ जिल्लामा ७ हजार ७ सय ९१ जना तथा ७ नम्बर प्रदेशको ९ जिल्लामा ३ हजार ७ सय ८८ ज...
सुहागरातको दिन बेहुली भर्जिन नभएको थाहा पाएपछि…

सुहागरातको दिन बेहुली भर्जिन नभएको थाहा पाएपछि…

एजेन्सी । सुहागरातको दिन बेहुली भर्जिन नभएको थाहा पाएपछि पाकिस्तानमा एक पतिले श्रीमतिलाई सलले घाँटीमा बेरेर मारेका छन् । जाकोबोबाद बस्दै आइरहेका २८ वर्षिय कलन्दर बक्स खोखरले १९ वर्षिय सान्जाण्डी लसहरीलाई क्रुरतापुर्वक मारेका हुन्, लसहरीे आफ्नो दुलाहाको भतिजी पनि हुन् । प्रहरीले कलन्दरलाई गिरफ्तार गरेको छ । उनले प्रहरीको सामु आफुले सुहागरातको दिन श्रीमतिलाई उसकै सलले बेरेर मारेको समेत स्विकारेका...
भारतमा सन् २०१२ सम्झाउने अर्काे बलात्कारको घटना

भारतमा सन् २०१२ सम्झाउने अर्काे बलात्कारको घटना

नयाँ दिल्ली  । भारतमा सन् २०१२ को डिसेम्बरमा मेडिकल विषय पढ्ने एकजना विद्यार्थीलाई बलात्कार गरी हत्या गरेको क्रुर घटनालाई सम्झाउने गरी अर्काे घटना सोमबार राति भएको छ ।  भारतीय राजधानी क्यापिटल नजिकै एकजना ३५ बर्षीया महिलालाई अपहरण गरेर कारमा हाली तीन जनाले चार घन्टासम्म बलात्कार गरेको घटनाको समाचार मङ्गलबार भारतीय मिडियाहरुमा छ्याप्छ्याप्ती आएको छ । प्राप्त सम...
यती कार्पेटको आगलागीः केडियाको २५ वर्षको लगानी, एकै झिल्कोमा खरानी

यती कार्पेटको आगलागीः केडियाको २५ वर्षको लगानी, एकै झिल्कोमा खरानी

काठमाडौं । उद्यम गर्नेे मान्छेको जीवनमा एउटा रातले खासै उलट-पुलट गर्न सक्दैन । तर, यती कार्पेट उद्योगका सञ्चालक अनिल केडियालाई गत शनिबारको एउटै रात जीवनमा भारी परेको छ । शनिबारको रातमा केडियाको कार्पेट उद्योगमा मात्रै आगो लागेन, उनको जीवनको उर्जाशील अढाई दशकको सपना र यथार्थको महल खरानी बन्यो । उनले नेपाली कार्पेट बजारलाई आत्मनिर्भर बनाउन तयार गरेको योजना एकै रातमा ‘भस्म’ भयो । आगलागीको घटना भए...
विकासको झुटो आश्वासन बाँडेको आरोप

विकासको झुटो आश्वासन बाँडेको आरोप

भोजपुर । विभिन्न दलका नेताले चुनाव जितेर भोजपुरलाई विकासको झुटो आश्वासन बाँडेको आरोप लगाएका छन् । भोजपुर नगरपालिका–११, आम्तेकमा सोमबार भएको चुनावी सभामा नेपाली काँग्रेसका जिल्ला पार्टी सभापति नन्दमणि राईले पटकपटक काँग्रेसबाहेकका दलले चुनाव जितेर पनि भोजपुरलाई विकास निर्माणमा पछि पारी भोजपुरे जनतालाई झुक्याएको र पुनः झुक्याउन खोजिएको आरोप लगाउनुभयो । भोजपुर नगरपालिकामा काँग्रेसको तर्फबाट प्रमु...
कांग्रेसले चुनाव प्रचारमा प्रयोग गरेको जिप दुर्घटना, १ को मृत्यु, ९ घाइते

कांग्रेसले चुनाव प्रचारमा प्रयोग गरेको जिप दुर्घटना, १ को मृत्यु, ९ घाइते

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन । लु १ ज १९५८ नम्बरको जिप दुर्घटना हुँदा २५ वर्षीय अर्जुन घिमिरेको मृत्यु हो । घाइते ९ जनाको मिसन अस्पताल तानसेनमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिए । जिप असार १४ गते हुने स्थानीय तहको ...
एकहजार ५६७ को मनोनयन, २० जना बागी

एकहजार ५६७ को मनोनयन, २० जना बागी

खोटाङ । स्थानीय तहको निर्वाचनका लागि खोटाङमा विभिन्न दलमा आबद्ध असन्तुष्ट नेता तथा कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नगरपालिकाको प्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र वडासदस्यमा गरी २० जनाले उम्मेदवारी दर्ता गराएको हो । असार १४ गतेको स्थानीय तहको निर्वाचनका लागि एक हजार ५६७ जनाको मनोनयन दर्ता भएकामध्ये २० जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन अ...
संखुवासभामा छिनाङ भोटेको हत्याको सत्यतथ्य छानबिन गर्न माओवादीको माग

संखुवासभामा छिनाङ भोटेको हत्याको सत्यतथ्य छानबिन गर्न माओवादीको माग

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले सङ्खुवासभा भोटखोला गाउँपालिकामा उम्मेदवारी दर्ता गर्न जाने प्रक्रियामा वडाध्यक्षका उम्मेदवारको हत्या गरिएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ । प्रवक्ता पम्फा भुसालले आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्नु भई भोटखोला गाउँ समिति सदस्य तथा वडा नं २ का पार्टीका तर्फबाट वडाध्यक्षका उम्मेदवार छिनाङ भोटेको उम्मेदवारी दर्ता गर्न जाने प्रक्रियामा बाटोमा कुटपिट गरी...
गुन्डागर्दीमा संलग्न छजना पक्राउ

गुन्डागर्दीमा संलग्न छजना पक्राउ

दाङ। गुन्डागर्दीमा संलग्न भएको अभियोगमा दाङ प्रहरीले छजनालाई पक्राउ गरेको छ । घोराहीको तुलसीपुर चोकमा होहल्ला गर्दै सर्वसाधारणलाई त्रस्त बनाउने, चुनाव विरोधी कार्यसँगै उम्मेदवारलाई फोनमा धम्काउने गरेको अभियोगमा छजनालाई प्रहरी पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका–११ का २८ वर्षीय पारस हमाल, सोही ठाउँकै २९ वर्षीय टोपबहादुर बुढाथोकी, २५ वर्षीय भानुभक्त बस्नेत, तुल्सीपुर–...
सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्धः गृहमन्त्री शर्मा

सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्धः गृहमन्त्री शर्मा

बुटवल। गृहमन्त्री जनार्दन शर्माले यही असार १४ गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा जनताले स्वतन्त्र रुपले आफ्नो मताधिकार प्रयोग गर्न पाउन् भनेर सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज बुटवलमा आयोजित आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “केन्द्रीय सुरक्षा समितिले तय गरेका सुरक्षा योजनाअनुरुप सबै जिल्लामा जनताले ढुक्कसँग मतदान गर्न पाउने गरी सुरक्षा कार्ययोजना ...
सिन्धु तातोपानी कोल्ड स्टोरमा सिलबन्दी

सिन्धु तातोपानी कोल्ड स्टोरमा सिलबन्दी

काठमाडौँ। नियमविपरीत सञ्चालित गुह्येश्वरीमा रहेको सिन्धु तातोपानी कोल्ड स्टोरलाई आज सिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नियमित अनुगमनअन्तर्गत आज बिहान उक्त स्टोरबाट कुहिएको अवस्थामा नौ किलो मासु नष्ट गर्नुसाथै सिलबन्दी गरिएको हो । अनुगमन अधिकृत ढुण्डीराज पोखरेलको संयोजकत्वमा भएको अनुगमनका क्रममा मासु बिक्री गर्ने स्थानमा नै अन्य खानाहरु पकाएको, दर्ता नवीकरण ...
प्रधानमन्त्री देउवासँग सार्क महासचिवको भेट

प्रधानमन्त्री देउवासँग सार्क महासचिवको भेट

काठमाडौँ। प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अम्जाद हुसैन बी साइलले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा महासचिव साइलले सार्कका पछिल्ला गतिविधिका बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । आजै प्रधानमन्त्री द...
वीरेन्द्रनगर नगरपालिकामा दमकल

वीरेन्द्रनगर नगरपालिकामा दमकल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले दमकल खरिद गरेको छ । स्थापना भएको ४१ वर्षपछि नगरपालिकाले रु ६० लाख मूल्य पर्ने दमकल खरिद गरेको हो । साविकको मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगर नगरपालिकाको आफ्नै दमकल नहुँदा जनस्तरबाट चर्को दबाब खेपिरहेका नगरपालिकाले स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा भारतको दिल्लीस्थित अशोक ल्यानिन् कम्पनीबाट दमकल खरिद गरेर शनिवार ल्याएको हो । वीरेन्द्रनगर नग...
हाइब्रिड जातको मकैमा केन्द्रित हुँदै राष्ट्रिय मकैबाली कार्यक्रम

हाइब्रिड जातको मकैमा केन्द्रित हुँदै राष्ट्रिय मकैबाली कार्यक्रम

चितवन। रामपुरस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमको अनुसन्धानबाट थोरै जमिनमा बढी उत्पादन लिन सकिने भएपछि तराई र भित्री मधेस अहिले हाइब्रिड जातको मकै उत्पादनमा केन्द्रित छ । विसं २०२९ मा स्थापनापछि हालसम्म २७ वटा जात सिफारिस गरिसकेको यस कार्यक्रमले पछिल्लो समय हाइब्रिड जातको मकैको विकासमा लागेको हो । कार्यक्रमको पछिल्लोपटक रामपुर हाइब्रिड आठ र रामपुर हाइब्रिड दश जातलाई अनुमोचन प्राविधिक उ...
error: Content is protected !!