युवतीमार्फत होटेलमा बोलाएर व्यवसायी अग्रवालको अपहरण

युवतीमार्फत होटेलमा बोलाएर व्यवसायी अग्रवालको अपहरण

काठमाडौं । न्युरोडका व्यवसायी श्यामसुन्दर अग्रवाल बिहीबार अपहरणमा परेका छन् । सुन्धारास्थित एक होटेलमा बन्धक बनाई करिब नौ लाख रुपैयाँ फिरौती लिएर उनलाई कोठामै थुनेर अपहरणकारी भागेका छन् । युवतीमार्फत होटेलमा बोलाएर उनलाई अपहरण गरी बन्धक बनाइएको हो । व्यापारी अग्रवाललाई सुन्धाराको सनराइज गेस्टहाउसमा करिब ६ घन्टा बन्धक बनाइएको थियो । अपहरणकारीले उनीबाट ७२ हजार नगद र आठ लाख रुपैयाँको चेक लिएका थिए...
धनकुटामा अवैध काठसहित ट्याक्टर नियन्त्रण

धनकुटामा अवैध काठसहित ट्याक्टर नियन्त्रण

धनकुटा । धनकुटाको हिले नजिकबाट प्रहरीले अवैध काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । चोरी निकासी गरेको अवस्थामा विहिवार राति सिसौको काठसहित ट्याक्टर नियन्त्रणमा लिएईको प्रहरीले जनाएको छ । सदरमुकामतर्फ ल्याउँदै गरेको अवस्थामा १ सय २२ थान सिसौका चिरान काठसहित को.२ त ३०९८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिईएको प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिए । उनका अनुसार रातिको समयमा गैरकानुनी रुपमा काठ...
सर्लाहीमा २ रुपैयाँ किलो गोलभेंडा

सर्लाहीमा २ रुपैयाँ किलो गोलभेंडा

सर्लाही । यहाँका किसानले गोलभेडा प्रतिकिलो २ रुपैयाँमा बिक्री गर्न थालेका छन् । भारतीय गोलभेडा भित्रिएपछि स्थानीय उत्पादनले भाउ नपाएको हो । एक दशकयताकै सस्तो मूल्यमा किसानले यस वर्ष गोलभेडा बेचेका छन् । खर्चिलो र निकै मिहिनेतले उत्पादन हुने गोलभेडा बेचेर लागतसमेत उठाउन नसकेको किसानको गुनासो छ ।  किसान बिन्देश्वर महतोले गोलभेडा बेचेर टिप्ने र ढुवानी गर्ने खर्चसमेत नपुगेको बताए । ‘खेतमै जानु बे...
बुढासुब्बा गोल्डकपको उद्घाटन खेलमा संकटा बिजयी

बुढासुब्बा गोल्डकपको उद्घाटन खेलमा संकटा बिजयी

सुनसरी । १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सिएमजी क्लव संकटा बिजयी भएको छ । धरानस्थित टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा भ्रमणकारी दुर्गापुरी स्टिल क्लब कोलकातालाई ३–२ ले हराउँदै संकटा बिजयी भएको हो । विश्व अधिकारीको पासमा संकटाका मार्टिन अजयले दोस्रो मिनेटमै गोलको खाता खोलेका थिए । १–० ले पछि परेको पाहुना टिम दुर्गापुरीले खेलको २४ औं मिनेटमा बराबरी गोल फर्कायो...
अन्तरजातीय विवाहका कारण हत्या भएको भन्दै मृतकका बुबाआमा प्रहरीमा

अन्तरजातीय विवाहका कारण हत्या भएको भन्दै मृतकका बुबाआमा प्रहरीमा

काठमाडौं । सिन्धुपाल्चोकमा अन्तरजातीय विवाहका कारण हत्या भएको भन्दै पीडित पक्ष प्रहरीमा पुगेका छन । अन्तरजातीय विवाह कै कारण पति र उनको परिवार मिलेर छोरीको हत्या गरेको भन्दै सिन्धुपाल्चोकका सानुकान्छा र लक्ष्मी तिरुवा (विक) दम्पती प्रहरी समक्ष पुगेका हुन । उनीहरुले महानगरीय प्रहरी प्रभाग, कमलपोखरीमा छोरी माया विकका पति सुजन तामाङ, दुई दिदी, भिनाजु र भाइविरुद्ध किटानी जाहेरी दिएका हुन् । गत वैशाखम...
मीरालाई सरकारले ३० लाखसहित सम्मान गर्ने

मीरालाई सरकारले ३० लाखसहित सम्मान गर्ने

काठमाडौं । सरकारले साहसिक विश्व पृथक धाविका मीरा राईलाई ३० लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले राईलाई विशेष सम्मान गर्न लागेको हो । राईलाई प्रशिक्षण दिने प्रशिक्षक धुवविक्रम मल्ललाई पनि तीन लाख रुपैयाँसहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको खेलकुदमन्त्री दलजित श्रीपाइलीले जानकारी दिए । राई टेलिभिजन नेसनल जोग्राफीले सार्व...
नेपालमा २० हजारभन्दा बढी पुरुष यौनकर्मी

नेपालमा २० हजारभन्दा बढी पुरुष यौनकर्मी

काठमाडौं । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा भएको अध्ययनले नेपालमा २० हजारभन्दा बढी पुरुष यौनकर्मीहरू रहेको तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रको अगुवाइमा ४४ जिल्लामा गरिएको अध्ययनअनुसार २० हजार ६ सय २५ पुरुष यौनकर्मी (जिगेलो) छन् । यौनकर्मीहरूको तथ्यांक संकलनका लागि केन्द्रको अगुवाइमा विकाससँग साझेदार अन्तर्राष्ट्रिय निकायको सहयोगमा इन्टरपिड नेपालले चार महिना लगाएर गरेको अध्...
बहुविवाह गर्नेलाई महिना दिनमै उन्मुक्ति !

बहुविवाह गर्नेलाई महिना दिनमै उन्मुक्ति !

काठमाडौं । नेपाली कानुनले बहुविवाहलाई फौजदारी अपराध मानेको छ । यस्तो अपराध गर्नेलाई हदैसम्मको सजाय गर्नुपर्ने भन्दै विभिन्न समयमा महिला अधिकारवादीका आवाज निकै चर्को रूपमा सुनिन्छ । तर, व्यवस्थापिका संसद्को विधायन समितिमा भने महिला सांसदहरूसमेत बहुविवाह गर्नेलाई हदैसम्मको कारबाही गर्ने कानुन बनाउने पक्षमा देखिँदैनन् । मुलुकी ऐनमा बहुविवाह गर्ने कार्यलाई फौजदारी अपराध मान्दै न्युनतम एक वर्षदेखि त...
रुपन्देहीलाई उदयपुर गोल्डकपको उपाधी

रुपन्देहीलाई उदयपुर गोल्डकपको उपाधी

उदयपुर । रुपन्देही ११ ले चौथो रमपम उदयपुर गोल्डकपको उपाधि हात पारेको छ । गाईघाट स्थित थरुहट रंगशालामा बिहिबार भएको फाईनल खेलमा मोरङ ११ लाई ट्राईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै रुपन्देहीले उपाधी चुमेको हो । निर्धारित समयमा दुबै टिमबाट कुनै गोल हुन नसकेपछि खेल ट्राईबेकरबाट टुंग्याईएको हो । ट्राईब्रेकरमा रुपन्देहीका लागि जर्सी नम्बर २५ का दिलिप क्षेत्री, ४ का कालु थापा, १९ का सौरभ मगर र ८ का...
स्ववियु निर्बाचन पाँच दिन पछि सर्यो, फागुन १९ गते चुनाव हुने

स्ववियु निर्बाचन पाँच दिन पछि सर्यो, फागुन १९ गते चुनाव हुने

काठमाडौं । स्ववियु चुनाव फेरी सरेको छ । पूर्वनिर्धारित मिति अर्थात फागुन १४ मा स्ववियुको चुनाव गर्न गाह्रो हुनेभन्दै १९ लाई सारिएको छ । स्ववियू निर्वाचन स्थगनको माग गर्दै आएका असन्तुष्ट विद्यार्थी संगठनलाई चुनावमा सहभागी गराउन चुनाव पाँच दिन पछि सार्ने सहमति प्रमुख दल निकट विद्यार्थी संगठनका नेताहरुबीच भएको छ । प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको...
डुबायो फेसबुकले : नक्कली चिट्ठाको प्रलोभनमा २ करोडको घर गुम्यो

डुबायो फेसबुकले : नक्कली चिट्ठाको प्रलोभनमा २ करोडको घर गुम्यो

काठमाडौं । डेढ करोड लगानी गर्दा ३५ करोड आम्दानी हुने प्रलोभनमा पोखराका बेलबहादुर गुरुङ लोभिए । तर, त्यो वास्तविकता नभई ठगको जाल मात्र थियो भन्ने गुरुङले पत्तै पाएनन् । एक महिनामै ३५ करोड कमाउन खोज्दा उनले दुई करोडको घर गुमाएका छन् । दक्षिण कोरियामा १७ वर्षदेखि काम गर्दै आएका गुरुङले विदेशकै कमाइले पोखरामा घर किनेका थिए । तर, रातारात करोडौँ कमाउन खोज्दा एकैपटक उनको वर्षाैँको कमाइ गुमेको हो । ८६ ...
बेलडाँगीका दुई घर जल्दा ४० लाखको क्षति

बेलडाँगीका दुई घर जल्दा ४० लाखको क्षति

झापा । झापाको गौरादह–१ स्थित बेलडाँगी चौकका दुई घरमा आगलागी भएको छ । बेलडाँगी चौकका देवराज सुब्बाको दुईवटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । विहीबार राती १ बजेबाट सुरु भएको आगो बिहान ३ बजे नियन्त्रणमा आएको छ । दमकल, इलका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली र स्थानीयबासीले आगो नियन्त्रण गरेका हुन । आगालगीका कारण काठको २ तले घर र नजिकै रहेको पक्की घर जल्दा करिव ४० लाख बराबरको क्ष...
नापोलीलाई हराउँदै रियल मड्रिड विजयी

नापोलीलाई हराउँदै रियल मड्रिड विजयी

काठमाडौं । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा साविक विजेता रियल मड्रिड बिजयी भएको छ । बुधबार राति भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउदै रियल मड्रिडले इटालिनय क्लब नापोलीलाई ३-१ ले हराएको हो । रियलको घरेलु मैदानमा भएको खेलमा नापोलीले आठौं मिनेटमा नै इन्सिगेनको गोलबाट अग्रता लिएको थियो । तर, धेरैबेर जोगउन सकेन । १८ औं मिनेटमा करिम बेन्जिमाले बराबरी गोल फर्काए । दोस्रो हाफमा रिय...
डडेल्धुरामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु

डडेल्धुरामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु

डडेल्धुरा। डडेलधुरामा बुधवार जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । भागेश्वर गाविसबाट सदरमुकामतर्फ आउँदै गरेको से१ज ८३३ नं को जीप अमरगढी नगरपालिका– ३ ठूलोखोला नजिक दुर्घटनामा भएको हो । दुर्घटनामा परेर भागेश्वर गाविस–४ सतिगाउँका लक्ष्मण भट्ट, सोही स्थानका जयानन्द भट्ट, भागेश्वर–८ का गणेश सार्की, सोही गाविस–५ का नरपती पाण्डेय र कामदेव चटौतको घटनास्थलमै मृत्यु भएको ...
संकटालाई हराउदै मोरङ फाईनलमा

संकटालाई हराउदै मोरङ फाईनलमा

उदयपुर । भर्खरै सम्पन्न सिमारा गोल्डकपको उपाधि विजेता संकटा क्लव चौथो रमपम उदयपुर गोल्डकपको सेमिफाईनलबाटै बाहिरिएको छ । थारुहट उदयपुर रंगशाला गाईघाटमा भएको गोल्डकपको सोमबारको पहिलो सेमीफाईनल खेलमा मोरङ ११ सँग २–१ गोलले पराजित हुदै संकटा बाहिरिएको हो । संकटालाई पराजित गरेसंगै मोरङ गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । खेलको ६९ औं मिनेटमा मोरङका जर्सी नम्बर १० का भुवन बस्नेतले पहिलो गोल गरे । ७३ औं ...
‘जनमुखी सेवा स्थापित गर्न स्थानीय निकायका कर्मचारीको आन्दोलन’

‘जनमुखी सेवा स्थापित गर्न स्थानीय निकायका कर्मचारीको आन्दोलन’

स्थानीय निकाय गाउँ विकास समिति, नगरपालिका र जिल्ला विकास समितिहरु बस्तीस्तर देखि नागरिकको अधिकार स्थापित गरी सूशासन र विकास लागि जिम्मेवार निकाय हुन । लोकतन्त्रको मूलमर्म नै स्थानीय तहमा स्थानीय सरकारबाट सेवा प्रवाह गर्नु हो । नेपालमा दोश्रो जनआन्दोलन मार्फत स्थापित संघीय लोकतान्त्रीक गणतन्त्रात्मक संविधानमा राजनैतिक परिवर्तन संगै नागरिकका विकास, सहभागिता र समृद्धिका लागि राजनैतिक, आर्थिक तथा सा...
कहालीलाग्दो ब्यथा- छोरीद्धारा चन्दा मागेर आमाको काज-किरिया

कहालीलाग्दो ब्यथा- छोरीद्धारा चन्दा मागेर आमाको काज-किरिया

गुल्मी । सिङ्गो गाउँमा ढुङ्गाका छानाले बनेका अग्ला घरहरु छन् । त्यसै गाउँमा जम्मा दुई वटा घर छन् खरले छाएका । ति खरले छाएका घरमध्ये एउटा घरकोे कथा निकै कहाली लाग्दो छ । यो घरका वावुको १० वर्ष अघि भारतको दिल्लीमा सडक दुर्घटनामा ज्यान गयो । श्रीमानको मृत्यु पछि निमेक मजदुरी गरेर तीन छोरी हुर्काउँदै आएकी आमाको पनि दुवै मृगौला फेल भई उपचार गर्ने खर्च नभएर केहि दिन अघि मृत्यु हुन पुग्यो । आमाको मृत...
एयरपोर्टभित्र चेकजाँच नै नहुने तस्करीको छुट्टै बाटो पत्ता लाग्यो

एयरपोर्टभित्र चेकजाँच नै नहुने तस्करीको छुट्टै बाटो पत्ता लाग्यो

काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करीका लागि चेकजाँच नै नहुने छुट्टै बाटो रहेको एक अध्ययनले फेला पारेको छ । विमानस्थलबाट बारम्बार अवैध सुनलगायतका प्रतिवन्धित बस्तुहरु सजिलै भित्रिने गरेपछि भएको अध्ययनबाट यही बाटो प्रयोग हुने गरेको खुलासा भएको हो । गत महिना ३३ केजी अवैध सुन विमानस्थलबाटै बाहिरिएपछि सरकारकै एक निकायले गरेको अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अनु...
नेपाल प्रहरीमा जयबहादुर चन्द र सशस्त्र प्रहरीमा सिंहबहादुर श्रेष्ठ आइजीपी नियुक्त

नेपाल प्रहरीमा जयबहादुर चन्द र सशस्त्र प्रहरीमा सिंहबहादुर श्रेष्ठ आइजीपी नियुक्त

काठमाडौं –निकै लामो रस्साकस्सीपछि सरकारले नेपाल प्रहरीका डिआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । आईतबार विहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले डिआईजी चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । डिआईजीहरु नवराज सिलवाल र जयबहादुर चन्द मध्ये कसलाई प्रहरी प्रमुख बनाउने भन्नेबारे शनिवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री...
प्रधानमन्त्री र सत्ता सहयात्रीबीच अविश्वास बढ्दै

प्रधानमन्त्री र सत्ता सहयात्रीबीच अविश्वास बढ्दै

काठमाडौं । प्रधानमन्त्री र सत्ता सहयात्री कांग्रेसबीच अविश्वास बढ्दै गएको छ । सरकार गठनका वेला कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय निर्वाचनसम्म प्रचण्ड र त्यसपछि प्रदेश र संघको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने सहमति भएको थियो । तर, पछिल्ला दिनमा प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा नगरेको भन्दै कांग्रेस नेताहरू असन्तुष्ट बनेका छन् । कांग्रेस पुरानै संरचनाअनुसार स्था...
पत्नीकै सहयोगमा १४ वर्षीया बालिका बलात्कृत

पत्नीकै सहयोगमा १४ वर्षीया बालिका बलात्कृत

भक्तपुर । अनन्तलिंगेश्वर ७ सिरुटारकी १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । सागरनाथ ७ सर्लाही घर भइ सिरुटारमा ज्यामी काम गर्ने अभिभावकसँग बसेर कक्षा ५ मा अध्ययनरत बालिका छिमेकीबाटै बलात्कृत भएको प्रहरीले जनाएको छ । बालिका बलात्कृतको आरोपमा प्रहरीले पति-पत्निलाई नै पक्राउ गरेको छ। अनन्तलिंगेश्वरका ४० वर्षका राजकृष्ण कायस्थ र उनकी पत्नी राधाजंगम पक्राउ परेका हुन् । राजकृष्णले पत्नीकै सहयोगमा बालि...
८० वर्षमा नागरिकता

८० वर्षमा नागरिकता

काठमाडौं । बैतडीको मेलौली गाविस ८ खोचा निवासी ८० बर्षीया द्रोपती चन्द शुक्रबार खुब खुशी भेटिइन् । जिल्ला प्रशासन कार्यालयको संयोजनमा कुलाउमा सञ्चालन भएको एकीकृत घुम्ती शिविरबाट नागरिकता पाएपछि उनको खुसीको सीमा नै थिएन । उमेरले थलिएको शरीर, चाउरी परेको अनुहारमा नागरिकता प्राप्त गरेपछि निकै चमक थियो । ‘यो उमेरमा नागरिकता पाएँ, सरकारले गाउँमै आएर सेवा दियो’, उनले भनिन्, ‘गाउँमै सरकारी टोली आएपछि न...
निशान सहकारीद्धारा १९ लाखको कारोवार

निशान सहकारीद्धारा १९ लाखको कारोवार

धनकुटा । निशान उद्यमी महिला बचत तथा ऋण सहकारी सस्था धनकुटाले आर्थिक बर्ष ०७२÷०७३ मा १९ लाख बरावरको आर्थिक कारोवार गरेको छ । सहकारी सस्थाको शनिवार आयोजित तेस्रो साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष मिना राईले १८ लाख ८१ हजार वरावरको आर्थिक कारोवार भएको जानकारी दिएकी हुन । सहकारीले उक्त अवधिमा ३६ जनालाई १४ लाख २८ हजार ऋण लगानी गरेको छ । साधारणसभामा सहकारीका लेखा समिति संयोजक भगवति ...
अभिभावकको अपराधले सन्तानलाई सजाय

अभिभावकको अपराधले सन्तानलाई सजाय

काठमाडौं । भनिन्छ सन्तानको सबभन्दा ठूलो खुशी आमा हो र त्यसपछि बाबु । तर, तिनै आमाबाबुले गरेको गल्तीको सजाय भोग्दैछन् धादिङका पाँच बालबालिका । तोते बोल्न सिक्ने उमेका उनीहरु जेलभित्रको उकुसमुकुमा दैनिकी विताइरहेका छ । न सभ्य बोली सुन्न पाउँछन् न कखरा सिक्न । उनीहरुको दिन हथकडीले बाँधिएका हात हेरेर वित्छ । सल्यानटार–१ का दुई बर्षीय सूचक थपलिया १० महिनादेखि कारागारमा छन् । आमा सुस्मिता र बाबु चन्...
माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्वोच्चको ताकेता

माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्वोच्चको ताकेता

काठमाडौं । सर्वोच्च अदालतअन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयले व्यक्ति हत्याको अभियोग ठहर भएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न प्रहरीलाई ताकेता गरेको छ । निर्देशनालयले गृहमन्त्रालय र मातहतका निकायलाई ‘ढुंगेललाई किन पक्राउ नगरिएको’ भन्दै माघ २३ गते दोस्रो पटक तीन पृष्ठको पत्र लेखेको हो । यसअघि पुस महिनामा सर्वोच्चको फैसला कार्यान्वयनमा किन सहयोग नभएको भन्दै प्रहरीलाई ...
सगरमाथा आधार शिविरमा लेक लागेर पथप्रदर्शकको मृत्यु

सगरमाथा आधार शिविरमा लेक लागेर पथप्रदर्शकको मृत्यु

सोलुखुम्बु, २५ माघ । सोलुखुम्बुको खुम्जुङमा लेक लागेर मंगलवार एक जना पथप्रदर्शकको मृत्यु भएको छ । खुम्जुङ–८ स्थित सगरमाथा आधार शिविर पुगेर फर्कनेक्रमममा सोताङ ८ बस्ने २० वर्षिय समिर नाक्षीरिङ राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । राई थियेरा एडभन्चर गाईड कम्पनी काठमाण्डौबाट पथप्रदर्शकका रुपमा त्यहा पुगेका थिए । सोमबार अपरान्ह शिविर पुगेर फर्कनेक्रममा राई बिरामी परेका थिए । ...
तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो झरना ओझेलमा

तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो झरना ओझेलमा

तेह्रथुम, २५ माघ । तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो मानिने ह्यात्रुङ्ग झरना ओझेलमा परेको छ । प्रचारप्रसार र उचित व्यवस्थापनको अभावमा भरना ओझेलमा परेको हो । इसिवु र सम्दु गाविसको सिमानामा रहेको ३ सय ६५ मिटर अग्लो उक्त झरना दक्षिण एसियाकै अग्गो मानिन्छ । निजी तथा सरकारी स्तरबाट कुनै प्रचारप्रसार नभएकाले पर्यटकीय महत्व बोकेको ह्यात्रुङ झरना ओझेलमा परेको ईसिवु माविका प्रधानाध्यापक रामप्रसाद तिम...
हिलेको सुनपसलमा चोरी गर्ने पक्राउ

हिलेको सुनपसलमा चोरी गर्ने पक्राउ

धनकुटा, २४ माघ । धनकुटाको हिले स्थित एक सुनपसलमा चोरी गर्ने युवालाई प्रहरीले पक्राउ गरी कारबाही प्रकृया सुरु गरेको छ । गत शनिवार राति हिले स्थित रेजिन धमलाको सुन पसलमा चोरी भएको थियो । चोरीमा संलग्न भएको अरोपमा प्रहरीले सुनसरी ईटहरी उप–महानगरपालिक–५ का २३ बर्षिय मिलन अधिकारी खत्रीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार काठको फट्टा जोडिएको ढिकको कव्जा फोडी उनले सुन–चाँदीका गरगहना चोरी गरेका थिए । ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो थियो सुन पास गर्ने रुट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो थियो सुन पास गर्ने रुट

काठमाडौं । २०७२ माघ २२ गते डीआईजी गोविन्द निरौला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरी प्रमुखका रुपमा सरुवा भए । त्यसअघि सोही स्थानमा थिए डीआईजी विजयलाल कायस्थ । महानगरीय अपराध महाशाखा प्रमुख तत्कालीन एसएसपी कायस्थलाई तत्कालीन गृहमन्त्री बामदेव गौतमले विमानस्थलको निमित्त प्रमुख बनाएर पठाएका थिए । डीआईजीको दरबन्दी भएको ठाउँमा निमित्त प्रमुख भएर गएका कायस्थ पनि शङ्काको घेरामा छन् । प्रहरी के...
अनुदान लिएर घर नबनाउने भूकम्पपीडितलाई कारबाही गरिने

अनुदान लिएर घर नबनाउने भूकम्पपीडितलाई कारबाही गरिने

काठमाडौं । पहिलो किस्ता अनुदान लिएर पनि घर नबनाउने भूकम्पपीडितलाई सरकारले कारबाही गर्ने तयारी गरेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको ४२ औं बैठकले पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएर घर नबनाउनेहरुलाई दण्ड दिनुपर्ने निष्कर्ष निकालेको हो। ‘झुठो विवरण दिएर पहिलो किस्ता लिने र पहिलो किस्ता लिएर घर नबनाउने प्रवृत्ति देखिएकाले दण्डात्मक व्यवस्था गर्न लागेका हौं’, प्राधिकरणका सह–...
धरानमा ग्यास सिलिन्डर पड्किएर आगलागी

धरानमा ग्यास सिलिन्डर पड्किएर आगलागी

सुनसरी, २४ माघ । सुनसरीको धरानमा गएराति ग्यास सिलिन्डर पड्किएर एक घरमा आगलागी भएको छ ।  धरान उपमहानगरपालिका–२२ स्थित देउरालीका रितेस लिम्बुको घरको भान्साकोठामा रहेको  सिलिन्डर पड्एिको हो । भान्साकोठामा रहेको ग्यास  सिलिन्डर राती करिव १० बजे अचानक पड्किएर आगालगी हुँदा करिव दुई लाख वरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । दमकल, प्रहरी र स्थानीयबासीले करिव एक घण्टा पछी आगो नियन्त्...
error: Content is protected !!