डोल्पाको प्रदेशसभामा एमालेका नन्द बुढा चार गुणा मतसहित बिजयी

डोल्पाको प्रदेशसभामा एमालेका नन्द बुढा चार गुणा मतसहित बिजयी

डोल्पा, २२ मंसिर । प्रतिनिधिसभामा एक मात्र सिट रहेको डोल्पाको प्रदेशसभा ‘क’ मा एमालेका नन्दसिंह बुढा निर्वाचित भएका छन् । बुढाले ४ हजार ८५९ मत प्राप्त गरी चार गुणा मतान्तरले बिजय हासिल गरेका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बेगमसिंह ठकुरीले १२१३ मत प्राप्त गरेका छन् । उनीहरुबीच ४ हजार मतको अन्तर देखिएको छ । प्रतिनिधिसभातर्फ पनि डोल्पामा एमालेकै धनवहादुर बुढा कांग्रेसका अंगद बुढा...
भोजपुरमा वाम गठबन्धनको निरन्तर अग्रता, शेरधन राई तेब्बरले अगाडि

भोजपुरमा वाम गठबन्धनको निरन्तर अग्रता, शेरधन राई तेब्बरले अगाडि

  भोजपुर, २२ मंसिर । भोजपुरमा प्रतिनिधिसभा तथा प्रदेश सभा गरी ३ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले निरन्तर अग्रता लिइरहेको छ । मतगणना कार्य शुरु भएको करिब १५ घण्टा वितिसक्दा प्रतिनिधि सभा, प्रदेश सभा क र प्रदेश खमा लोकतान्त्रिक गठबन्धनले पछ्याइरहेको छ । यहाँ वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका शेरधन राई झण्डै तेब्बर मतका साथ अगाडि छन् । प्रतिनिधि सभातर्फ वाम गठबन्धनतर्फका उम्म...
धनकुटामा मतगणना सुरु गर्न ढिलाई

धनकुटामा मतगणना सुरु गर्न ढिलाई

धनकुटा, २२ मंसिर । धनकुटामा मतगणना सुरु गर्न केहि ढिलाई भएको छ । बिहान १० बजेबाट मतगणना सुरु गर्ने तयारी गरिएको भएपनि दलहरुले समय मागेपछि केहि ढिलाई हुँने भएको हो । बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले संगालोखबरलाई जानकारी दिएका छन् । ‘अलिक अगाडीनै सुरु गर्नुपर्ला भन्ने सोचेका थियौ ।’ मुख्य निर्वाचन अधिकृत पोख्रेलले ...
धादिङमा वाम गठबन्धन अगाडि

धादिङमा वाम गठबन्धन अगाडि

काठमाडौं, २२ मंसिर । धादिङमा प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचन क्षेत्रको मतगणना जारी छ । शुक्रवार बिहानसम्मको प्रारम्भिक मत परिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सबैमा वाम गठबन्धनका उम्मेदवार अगाडि छन् । प्रतिनिधिसभा क्षेत्र नं. १ मा वाम गठबन्धनका भूमी त्रिपाठीले १५ हजार ९९ मत पाएका छन् भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका विश्व अर्यालले ६ हजार ८८७ मत पाएका छन् । यसैगरी प्रदेशसभ...
पूर्वी रुकुममा माअोवादीको क्लिनस्वीप, प्रदेश र प्रतिनिधिसभाका तीनवटै सिटमा जित

पूर्वी रुकुममा माअोवादीको क्लिनस्वीप, प्रदेश र प्रतिनिधिसभाका तीनवटै सिटमा जित

रुकुम, २२ मंसिर । नेकपा माओवादी केन्द्रले पूर्वी रुकुमबाट जितको सुरुवात गरेको छ । पूर्वी रुकुमको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भएकी छन् । रोकाले निकटतम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ६ हजार २८ मतअन्तरले हराइन् । रोकाले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४ हजार ४०६ मत ल्याए । रोका प्रतिनिधिसभामा निर्...
खोटाङमा बाम गठबन्धन अगाडि

खोटाङमा बाम गठबन्धन अगाडि

खोटाङ, २२ मंसिर । खोटाङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सबैमा वाम गठबन्धनको अग्रता रहेको छ । सुरुवातमै वाम गठबन्धनले अग्रता लिएको जिल्लामा अहिले बिहान साँढे ७ बजेसम्ममा अग्रता बढाएको छ । बिहान साँढे ७ बजेको परिणाम अनुसार प्रतिनिधिसभामा वाम गठबन्धन(एमाले)का बिशाल भट्टराईले ७ हजार ९ सय ७३र लोकतन्त्र गठबन्धनको तर्फबाट कांग्रेसकी सरस्वती बजिमयले बजिमयले ५ हजार १ सय ७५मत प्राप्त गरेका छन् । गत मंसिर १...
पाँचथरमा वाम गठबन्धनका नेम्वाङ अगाडि

पाँचथरमा वाम गठबन्धनका नेम्वाङ अगाडि

पाँचथर, २२ मंसिर । प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा पाँचथरमा मतगणनाको क्रम जारी छ । मतगणनाबाट प्राप्त पछिल्लो मतपरिणामको जानकारी अनुसार प्रतिनिधि सभा सदस्य पदका वाम गठबन्धनका उम्मेदवार बसन्तकुमार नेम्वाङको अग्रता छ । पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनका बसन्तकुमार नेम्वाङले ५ हजार ३ सय ५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भिष्मराज आङ्देम्...
गोरखामा नारायणकाजीभन्दा बाबुराम ११ सय मतले अगाडि

गोरखामा नारायणकाजीभन्दा बाबुराम ११ सय मतले अगाडि

काठमाडौं, २२ मंसिर । बिहिबार साँझदेखि शुक्रबार बिहान ७ बजेसम्म १० हजार माथि मतगणना हुँदा प्रतिनिधिसभातर्फ गोरखा १ मा कांग्रेस र २ मा नयाँ शक्तिका उम्मेदवारले वामगठबन्धनका उम्मेदवारलाई पछि पारेका छन्। गोरखा २ को प्रतिनिधिसभा सदस्यमा नयाँ शाक्ति पार्टीका बाबुराम भट्टराईले एक हजार १ सय ३५ मतले अग्रता लिएका छन्। शुक्रबार बिहान ७ः१५ बजेसम्म गणना गरिएका १२ हजार ७ सय ४० मत मध्ये भट्टराईले ६ हजार ५ सय...
भूकम्पको धक्का महसुस

भूकम्पको धक्का महसुस

धनकुटा, २२ मंसिर । दोलखालाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान करिव ८ बजेर ३६ मिनेटमा ५.२ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस भएको छ । राजधानीमा पनि भूकम्पको धक्का महसुस गरिएको बताईएको छ । बिस्तृत विवरण आउँन वाँकी छ ।
छुट्टाछुट्टै दुर्घटनामा तिनको मृत्यु, चार घाइते

छुट्टाछुट्टै दुर्घटनामा तिनको मृत्यु, चार घाइते

रत्ननगर, चितवन, २२ मंसिर ।  चितवनको रत्ननगरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३१६६ नंको बसले सोही दिशातर्फ जाँदै गरेको ना ४० प ९९१० नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको हो । गए राति करिव ११ बजेको समयमा रत्ननगरको टिकौलीस्थित पेट्रोल पम्पअगाडि भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा भरतप...
माओवादी केन्द्रले खाता खोल्यो, रुकुम पूर्वमा कमला रोका विजयी

माओवादी केन्द्रले खाता खोल्यो, रुकुम पूर्वमा कमला रोका विजयी

काठमाडौं, २२ मंसिर । प्रतिनिधिसभा सदस्यका लागि रुकुम पूर्वबाट १६ हजार ९ सय ३४ मत ल्याएर कमला रोका  विजयी भएकी छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना भइरहँदा पहिलो पटक रुकुम पूर्वबाट माओवादी केन्द्रका उम्मेद्वारले पहिलो खाता खोलेको हो । उनका निकटलम प्रतिद्धन्दी नेपाली कांग्रेसका हरिशकर घर्तीले ४ हजार ४ सय ६ मत मात्र पाएका छन् ।
स्वतन्त्र चुनाव लडेका दीपक मनाङ्गे विजयी

स्वतन्त्र चुनाव लडेका दीपक मनाङ्गे विजयी

लमजुङ, २२ मंसिर । एमाले उम्मेदवारले मनोनयन फिर्ता लिएर सघाएका स्वतन्त्र उम्मेदवार दीपक मनाङे उर्फ राजीव गुरुङ हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले १ हजार ४ सय १० मत पाएका छन् । प्रतिद्धन्द्धी कांग्रेसका कर्म गुरुङ ३ सय ९० मतले पराजित भएका छन् । उनले १ हजार २० मत पाएका छन् । मनाङ प्रदेश (ख) मा माथिल्लो मनाङको ७ गाविस मिलेर बनेको नेस्याङ गाउँपालिका साथ...
५ स्थानमा बाम विजयी, २२ मा अगाडि

५ स्थानमा बाम विजयी, २२ मा अगाडि

मुस्ताङ, २२ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको मत गणनामा बाम गठबन्धनका उम्मेदवार पाँच  स्थानमा विजयी बनेका छन् भने २२ स्थानमा अगाडि छन् ।  प्रतिनिधि सभातर्फ एमाले १२ र माओवादी केन्द १० स्थानमा अगाडि छ । त्यस्तै प्रदेशतर्फ एमाले १० र माओवादी केन्द्र ८ स्थानमा अग्रता लिएको छ । मुस्ताङमा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । तुलाचन ३५४४ मत ल्याएर विजयी भएका हुन् । उनका ...
धनकुटाका सवै मतपेटिका सदरमुकाम आईपुग्यो, १० बजेदेखि मतगणना सुरु गर्ने तयारी

धनकुटाका सवै मतपेटिका सदरमुकाम आईपुग्यो, १० बजेदेखि मतगणना सुरु गर्ने तयारी

धनकुटा, २२ मंसिर । धनकुटाका सवै मतपेटिका गएराति सदरमुकाम ल्याईएको छ । बिहिबार प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतदान सकिएपछि साँझबाटनै मतपेटिका ओसार्न थालिएको थियो । राति २ बजेसम्ममा धनकुटाको १ सय ५३ वटै केन्द्रबाट मटपेटिका सदरमुकाम आईपुगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले संगालोखबरलाई जानकारी दिएका छन् । उनका अनुसार बिहान ८ बजेबाट सर्वदलिय बैठक बस्दैछ । त्यसपश्चात करिव ...
धनकुटामा मतपेटिका संकलन कार्य जारी, सुक्रवारदेखि मतगणना सुरु हुँने

धनकुटामा मतपेटिका संकलन कार्य जारी, सुक्रवारदेखि मतगणना सुरु हुँने

धनकुटा, २१ मंसिर । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतदान सम्पन्न भएपश्चात बिहिबार साँझबाट धनकुटामा मतपेटिका संकलनको क्रम चलिरहेको छ । राति करिव १० बजेसम्ममा धनकुटा नगरपालिका, पाख्रीवास नगरपालिका र छथर जोरपाटी गाउँपालिकाको मतपेटिका संकलन भईसकेको छ । ३५ भन्दा बढी मतदान केन्द्रको मतपेटिका संकलन भएको हो । दुर्गम क्षेत्रका मतपेटिका मध्य रातिसम्ममा सदरमुकाम ल्याइसकिने अनुमान रहेको मुख्य निर्वाचन अ...
मतदानपछि ओलीले भनेः कसले बम पड्काएको भन्ने थाहा नपाउने बिचित्रको छ सरकार!

मतदानपछि ओलीले भनेः कसले बम पड्काएको भन्ने थाहा नपाउने बिचित्रको छ सरकार!

काठमाण्डौ, २१ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर–२ मा मतदान गरेका छन्। विहीबार अपरान्ह झापाबाट काठमाडौं आएका ओलीले भक्तपुर–२ मा पर्ने बालकोटस्थित महेन्द्र शान्ति माविबाट मतदान गरेका हुन्। पूर्व सभामुख दमननाथ ढुङ्गाना कांग्रेस उम्मेदवार रहेको सो क्षेत्रमा एमालेका युवा नेता महेश बस्नेत प्रतिस्पर्धी छन्। स्थानीय तह निर्वाचनमा पनि ओलीले यहीँबाट मतदान गरेका थिए। ओली आफैं भने झापा–५ मा उम...
मतदानपछि देउवाले भने: ‘ओली त अझैपनि चुनाव सार्छन् भनिरहनु भएको होला’

मतदानपछि देउवाले भने: ‘ओली त अझैपनि चुनाव सार्छन् भनिरहनु भएको होला’

डडेलधुरा, २१ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान पछि एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति व्यङ्ग प्रहार गरेका छन्। ओलीजी अझै चुनाव सर्छ भनिरहनु भएको होला भन्दै देउवाले व्यङ्ग प्रहार गरेका हुन्। ‘मैले भर्खर भोट हालें, एमाले अध्यक्ष ओलीले पनि भोट हाल्नु भयो होला’ डडेलधुरामा मतदान गरेपछि देउवाले भने, भोट हालेपछि पनि ओलीजी देउवाले चुनाव सार्दैछन् भनिरहनु भएको होला।’ निर्वाचन सफलतापूर्वक भएक...
दोश्रो चरणको निर्वाचनः कहाँ के भयो?

दोश्रो चरणको निर्वाचनः कहाँ के भयो?

काठमाण्डौ, २१ मंसिर । दोश्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन जारी छ। ४५ जिल्लामा भइरहेको निर्वाचनमा हालसम्म एकाध ठाउँमा झडप र बम विस्फोट भएका छन्। अन्यत्र मतदाताले उत्साहपूर्वक निर्वाचनमा भाग लिइरहेका छन्। पाल्पामा शव बोकेर मलामी मतदानस्थल पुगे पाल्पाको रिब्दीकोट गाउँपालिका हर्केडाँडामा एक महिलाको मृत्यु भएपछि मलामी शव बोकेरै मतदानस्थल पुगे। स्थानीय १०१ वर्षीया लीलाकुमारी गैरेको निधन भए...
मतपत्रमा अधिकृतको हस्ताक्षर नभएको विषयमा अर्घाखाँचीको एक केन्द्रमा तोडफोड

मतपत्रमा अधिकृतको हस्ताक्षर नभएको विषयमा अर्घाखाँचीको एक केन्द्रमा तोडफोड

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ मथुरा माविको (ख) केन्द्रमा तोडफोड भएको छ। केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको विषयमा विवाद भएपछि तोडफोड भएको हो। मतदाताले लिएको मतपत्रमा मतदान अधिकृत सुरेन्द्रराज अधिकारीको हस्ताक्षर नभएको पाएपछि आक्रोशित मतदाताले मतदान स्थलमा रहेका डेक्स बेन्च र सामाग्रीहरु तोडफोड गरेका हुन्। उनीहरुले मतपत्र पनि च्यातेका छन्। तोडफोडपछि मतदान रोकिएको ...
राजाबाट नागरिक भए, तर गरेनन् मतदान

राजाबाट नागरिक भए, तर गरेनन् मतदान

पूर्व राजाका सहयोगी सागर तिमिल्सिनाका अनुसार ज्ञानेन्द्र शाहले बिहिबारको निर्वाचनमा पनि मतदान गरेनन्। ‘पूर्व राजपरिवारका सदस्यहरु विभिन्न ठाउँमा छरिइबक्सेको अवस्था छ, अन्यत्रको बारेमा म भन्न सक्दिनँ, तर निर्मल निवासबाट चाहिँ पूर्व राजपरिवारका कोही पनि मतदानमा सरिक हुने कार्यक्रम छैन’, तिमिल्सिनाले बिहिबार अपरान्ह नेपालखबरसँग भने, ‘सम्भवत पूर्व राजाबाहेक अरुहरुले पनि मतदान गरिबक्सने छैन।’ ...
३ बजेसम्म झण्डै ६० प्रतिशत मत खस्यो

३ बजेसम्म झण्डै ६० प्रतिशत मत खस्यो

काठमाडौं, २१ मंसिर ।  ४५ जिल्लामा भइरहेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा ३ बजेसम्म ५५ देखि ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचनमा उत्साहजनक सहभागिता रहेको आयोगले बताएको हो। आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले आफुलार्इ आएको अपडेट अनुसार सातवटै प्रदेशमा ३ बजेसम्म ५५ देखि ६० प्रतिशत मत खसेको बताए। अहिलेसम्म...
एकसय पाँच वर्षीयदेखि एक सय पन्ध्र वर्षीया वृद्धाद्वारा मतदान

एकसय पाँच वर्षीयदेखि एक सय पन्ध्र वर्षीया वृद्धाद्वारा मतदान

कञ्चनपुर, २१ मंसिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका ११५ वर्षीया जंगलीदेवी चौधरीको मतदान गर्ने धोको पूरा भएको छ । उनले आज घर नजिकैको सिद्धनाथ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा बिहान मतदान गरेकी हुन् । उनका नाति जितबहादुर चौधरीले बोकेर उनलाई मतदान केन्द्रसम्म पुर्याई मतदान गराएका हुन् । पञ्चायतकालदेखि गरी हालसम्म ११औँ पटक मतदान गरेको वृद्धा चौधरीले बताइन् । “देशमा शान्ति आ...
प्रहरीद्वारा सैंतीस मोटरसाइकल र सात गाडी नियन्त्रणमा

प्रहरीद्वारा सैंतीस मोटरसाइकल र सात गाडी नियन्त्रणमा

चितवन, २१ मंसिर । जिल्लामा अनुमति नलिई सञ्चालनमा आएका ३७ मोटरसाइकल र सातवटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार जिल्लाभरिका विभिन्न स्थानबाट ती साधनलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका सवारीसाधन एउटा प्रयोजनका लागि स्वीकृति लिएर अर्को प्रयोजनमा प्रयोग गरिएको उनले बताए । जिल्लामा शान्ति सुरक्षाको प्रबन्ध राम्रो भएको भन्दै उनले स...
गगनलाई बम प्रहार गर्ने विप्लवका कार्यकर्ता पक्राउ

गगनलाई बम प्रहार गर्ने विप्लवका कार्यकर्ता पक्राउ

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं ४ का उम्मेदवार गगन थापालाई चुनाव प्रचारका क्रममा बम प्रहार गरेको आरोपमा  नेपाल कम्युनिस्ट पार्टी निकटका कार्यकर्तालाई प्रहरीको बिशेष ब्युरोले पेस्तोलसहित पक्राउ गरेको छ । रवि गोले सहित छ जनालाई पक्राउ गरिएको छ । गोले विप्लव निकट  नेकपाका युवा दस्ता ईन्चार्ज रहेको बताइएको छ । पक्राउ पर्ने अन्यमा सिन्धुलीका सम्पुर्ण भनिने विचारमान तामाङ...
पहिलो चरणको निर्वाचनको मतगणना साँझ ५ बजेदेखि

पहिलो चरणको निर्वाचनको मतगणना साँझ ५ बजेदेखि

काठमाडौं, २१ मंसिर । पहिलो चरणमा सम्पन्न मतदानको मतगणना साँझ ५ बजेदेखि हुने भएको छ ।  मंसीर १० मा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतदान भएको थियो । मतदान सकिएको ११ दिन पछि मतगणना गर्न लागिएको हो । पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा सर्वदलिय बैठक सकेर मतगणना शुरु  गर्ने निर्वाचन आयोगले जनाएको छ । मतपेटिकाको शिल तोडी सकेपछि शुरुमा बदर मत छुट्याईने आयोगले जनाएको छ । दलका प्रतिन...
मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु

मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु

डोटी, २१ मंसिर । जिल्लाको खापरमाण्डौँ आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु भएको छ । दमको रोगी रहेकी पूर्वीचौकी गाउँपालिका–७ तिमुरदहकी ७५ वर्षीया मुनादेवी कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक दमको रोगी रहेको र उकालो बाटो चढ्दा मृत्यु भएको बताइएको छ ।
निर्वाचनपछि देशमा विकासको मूल फुट्छः खनाल

निर्वाचनपछि देशमा विकासको मूल फुट्छः खनाल

इलाम, २१ मंसिर । इलाम क्षेत्र नं १ का उम्मेदवार तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आजको निर्वाचन ऐतिहासिक निर्वाचन भएको बताएका छन् ।  आज बिहान इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयबाट ९ः४० बजे मतदान गरेपछि रासससँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले संविधान कार्यान्वयनको महत्वपूर्ण उपलब्धि भनेको आज हुँदै गरेको निर्वाचन भएको बताए । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनप...
प्रधानमन्त्रीको जिल्ला तीनवटा बम फेला, २ वटा निस्कृय

प्रधानमन्त्रीको जिल्ला तीनवटा बम फेला, २ वटा निस्कृय

डडेलधुरा, २१ मंसिर । डडेलधुराको तीनवाटा बम फेला परेका छन् । जिल्लाको परशुराम नगरपालिकामा भेटिएका तीन स्थानका बममध्ये सेनाको टोलीले २ वटा बम डिस्पोज गरेको डडेलधुराका डिएसपी चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार एउटा बम भने जंगलमा विस्फोट भएको छ । मतदान केन्द्रभन्दा धेरै टाढाको दुरीमा बम विस्फोट भएपनि कुनै क्षति नभएको र सवै स्थानमा मतदान शान्तिपुर्ण रुपमा जारी रहेको प्रहरीले जनाएको छ ।
उद्योगपति विनोद चौधरीले गरे मतदान

उद्योगपति विनोद चौधरीले गरे मतदान

नवलपरासी, २१ मंसिर । उद्योगपति विनोद चौधरीले नवलपरासीबाट मतदान गरेका छन् । कांग्रेसबाट समानुपातिक उम्मेदवार समेत रहेका चौधरीले नवलपरासी पुर्वको देवचुली नगरपालिका वडानम्बर २ स्थित दिव्य युवा क्लव मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
निर्वाचन आयोगका आयुक्तहरुले पनि गरे मतदान

निर्वाचन आयोगका आयुक्तहरुले पनि गरे मतदान

काठमाडौँ, २१ मंसिर । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयुक्तहरुले पनि मतदान गरेका छन् । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचन आयुक्त इला शर्माले ललितपुर महानगरपालिका–१० कुमारीस्थान नर्सिङ अस्पताल मतदान केन्द्र, आयुक्त इश्वरीप्रसाद पौड्यालले ललितपुर महानगरपालिका–२, टीका विद्याश्रम मावि, सानेपा मतदान केन्द्र र आयुक्त सुधीरकुमार शाहले काठमाडौँ महानगरपालिका–४ र...
सर्लाहीमा राजपा र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर

सर्लाहीमा राजपा र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर

सर्लाही, २१ मंसिर ।सर्लाहीको करौना गाउँपालिका वडन नम्बर २ मा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको छ । दुईपक्षबीच विवादमा भएको झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । घटनाबारे सुचना आएपनि विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय मलंगवाले जनाएको छ ।
error: Content is protected !!