रुकुम, २२ मंसिर । नेकपा माओवादी केन्द्रले पूर्वी रुकुमबाट जितको सुरुवात गरेको छ । पूर्वी रुकुमको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् ।

Advertisement

प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भएकी छन् । रोकाले निकटतम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ६ हजार २८ मतअन्तरले हराइन् ।

रोकाले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४ हजार ४०६ मत ल्याए । रोका प्रतिनिधिसभामा निर्वाचित हुने पहिलो महिला सदस्य हुन् ।

नयाँ शक्तिका उम्मेदवार जितमान पुन ‘मार्शल’ले १ हजार ४८९ मत ल्याएका छन् ।

प्रदेशसभामा पनि माओवादी नै विजयी

यसैगरी प्रदेशसभातर्फ पनि दुईवटै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

त्र (क) मा माओवादी केन्द्रका तेजबहादुर ओली ‘प्रतिक’५ हजार ४२७ मतसहित बिजयी हुँदा उनका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दुतकुमार पुनले २ हजार १४४ मत पाए ।

त्यसैगरी, प्रदेशसभा (ख) मा माओवादी केन्द्र कै पूर्णबहादुर घर्ती ‘आयाम’५ हजार ८१६ विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दत्तबहादुर बस्नेतले ३ हजार १११ मत ल्याएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!