डोल्पा, २२ मंसिर । प्रतिनिधिसभामा एक मात्र सिट रहेको डोल्पाको प्रदेशसभा ‘क’ मा एमालेका नन्दसिंह बुढा निर्वाचित भएका छन् ।
बुढाले ४ हजार ८५९ मत प्राप्त गरी चार गुणा मतान्तरले बिजय हासिल गरेका हुन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बेगमसिंह ठकुरीले १२१३ मत प्राप्त गरेका छन् ।
उनीहरुबीच ४ हजार मतको अन्तर देखिएको छ । प्रतिनिधिसभातर्फ पनि डोल्पामा एमालेकै धनवहादुर बुढा कांग्रेसका अंगद बुढाभन्दा तेब्बर मत सहित अगाडि छन् ।