इन्डोनेसियामा हराएको विमान फेला, आठ जनाको मृत्यु

इन्डोनेसियामा हराएको विमान फेला, आठ जनाको मृत्यु

जकार्ता, २७ साउन । इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको समाचारमा जनाइएको छ । पूर्वी इन्डोनेसियाको पहाडी इलाकामा सो विमान आइतबार विहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । पूर्वी इन्डोनेसियाको एक दुर्गम पपुवा प्रान्ततर्फ जाँदै गरेको सो विमान शनिबार अपराह्नदेखि हराएको थियो । करिब ४० मिनेटको मात्र उडानका लागि...
नोबेल पुरस्कार विजेता लेखक भिएस नायपालको निधन

नोबेल पुरस्कार विजेता लेखक भिएस नायपालको निधन

काठमाडौं, २७ साउन । नोबेल पुरस्कार विजेता साहित्यकार सर भिएस नायपालको निधन भएको छ । ८५ वर्षका विश्व चर्चित साहित्यकार नायपालको लण्डन स्थित घरमै निधन भएको पावारिक स्रोतले जानकारी दिएको छ । उपन्यासकार नायपलाको ट्रिनिडाडको ग्रामीण क्षेत्रमा सन् १९३२ मा जन्म भएको थियो ।नायपालले बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका हुन् । उनका धेरै चर्चित पुस्तक छन्। त्यसमध्ये ‘अ बेन्ड इन द रिभर’ र ‘अ हाउस ...
वायु प्रदूषणको कारण चीनमा १६ लाखको मृत्यु

वायु प्रदूषणको कारण चीनमा १६ लाखको मृत्यु

काठमाडौं, २७ साउन । हामीकहाँ वायु प्रदूषणले कतिको मृत्यु हुन्छ ? यसको ठ्याक्कै तथ्यांक छैन । वायु प्रदूषणको कारण निम्तने रोग र त्यही रोगको कारण ज्यान गुमाउनेहरुको लेखाजोखा छैन । किनभने वायु प्रदूषणले एउटा मात्र रोग लाग्दैन । यसले नाक, कान, घाँटीमा समस्या ल्याउनेदेखि फोक्सोको क्यान्सरसम्म हुने गर्छ । छालामा समेत वायु प्रदूषणको सोझो असर पर्छ । काठमाडौं लगायत शहरी क्षेत्रमा वायुप्रदूषणको कारण उकुस...
कर्णाली स्वास्थ्य प्रतिष्ठान घटनाको छानबिन गर्न कार्यदल

कर्णाली स्वास्थ्य प्रतिष्ठान घटनाको छानबिन गर्न कार्यदल

सुर्खेत, २७ साउन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यही साउन ३ गते भएको घटनाको सत्यतथ्य छानबिन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ । कर्णाली प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कलानिधि पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो । गठित कार्यदलमा आन्तरिक मामिला तथा कान...
गोक्यो हिमतालमा बेपत्ता भएका २ विद्यार्थी अझै भेटिएनन्, गोताखोर टोली फर्कियो

गोक्यो हिमतालमा बेपत्ता भएका २ विद्यार्थी अझै भेटिएनन्, गोताखोर टोली फर्कियो

सोलुखुम्बु , २७ साउन । गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ विद्यार्थीमध्ये २ जनालाई ४ दिनसम्म खोज्दा पनि नभेटिएपछि सशस्त्र प्रहरी बलको गोताखोर टोली फर्किएको छ। गत बुधबार बिहानदेखि हिमतालमा खोजी गरेको गोताखोर टोलीले २ घण्टापछि पेम्बानोर्बु शेर्पाको शव भेट्टाए पनि बाँकी २ जना विद्यार्थीलाई ४ दिनसम्म खोज्दा पनि नभेटेपछि गोताखोर टोली फर्किएको हो। उच्च हिमाली क्षेत्रमा हिमतालको पानीभि...
साँगुरीगढीको फेसुवा खोलामा पुल निर्माण

साँगुरीगढीको फेसुवा खोलामा पुल निर्माण

धनकुटा, २७ साउन । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ र ९ नम्बर वडाको सिमानामा पर्ने फेसुवा खोलामा निर्माण गरिएको ट्रष्ट पुलको औपचारिक उद्घाटन गरिएको छ । नव निर्मित ३२ मिटर लामो ट्रष्ट पुलको प्रदेशसभाका सांसद निरन राईले रिबन काटेर उद्घाटन गरेका हुन् । पुल उद्घाटन गर्दै सांसद राईले फेसुवा खोलामा पर्यटकलाई आकर्षण गर्न स्वीमिङ पुल बनाउँन आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । जिल्ला प्राविधिक का...
धनकुटाकी पत्रकार भण्डारीलाई सामुदायिक वन पत्रकारिता पुरस्कार

धनकुटाकी पत्रकार भण्डारीलाई सामुदायिक वन पत्रकारिता पुरस्कार

धनकुटा, २७ साउन । धनकुटाकी पत्रकार कोकिला भण्डारीलाई यस वर्षको ‘सामुदायिक वन पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । सामुदायिक बन सम्बन्धि समाचार प्रकाशन गरि सामुदायिक बनको बिकासमा योगदान पुर्याएको भन्दै भण्डारीलाई पुरस्कृत गरिएको हो । राजधानीमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बन तथा वातावरण मन्त्रि शक्तिबहादुर बस्नेतले भण्डारीलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरे । बन तथा वाता...
प्रदेश ७ को नाम दशरथचन्द राख्न सुझाव

प्रदेश ७ को नाम दशरथचन्द राख्न सुझाव

बैतडी, २७ साउन । प्रदेश नं ७ को नाम सहिद दशरथचन्दको नामबाट नामाकरण गर्न सुझाव दिइएको छ । प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि संसदीय समितिले सुझाव सङ्कलन गरिरहेका बेला बैतडीवासीले यो प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न सुझाव दिएका हुन् । सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको वार्षिक साधारणसभामा सहभागी राजनीतिक दलका पदाधिकारी र सर्वसाधारणले प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न उपयुक्त हुने सुझाव...
उपचारमा लापरबाही गर्ने डाक्टरलाई अब जन्मकैद

उपचारमा लापरबाही गर्ने डाक्टरलाई अब जन्मकैद

काठमाडौं, २७ साउन । चिकित्सकले उपचारमा लापरबाही गरी बिरामीको ज्यान गए ‘जन्मकैद’ सजाय हुने भएको छ । यसअघि लापरबाही गरी बिरामीको मृत्यु भए पवा अंगभंग भए चिकित्सकलाई पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो । अब उपचारमा लापरवाही गरी बिरामीको ज्यान गए वा शरीरमा कुनै क्षति पुगे उपचारमा संलग्न चिकित्सकले जन्मकैद सजाय भोग्नुपर्नेछ । यो व्यवस्था भदौ १ बाट लागु हुनेछ ...
बौद्ध धर्मावलम्बीको एक महिने ‘गुँला पर्व’ सुरु

बौद्ध धर्मावलम्बीको एक महिने ‘गुँला पर्व’ सुरु

भक्तपुर, २७ साउन । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आइतबारदेखि शुरु भएको छ । नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । गुँला पर्वको अवसरमा विशेषगरी नौँ बाजा बजाउने प्रचलन रहेको छ । गुँला पर्व विशेषगरी बौद्धमार्गीको पर्व भएता पनि गुँला पर्वमा अन्य धर्...
वैदेशिक रोजगारमा सिन्डिकेट : खाडी जाने कामदारबाट साढे ५ अर्ब ठगी

वैदेशिक रोजगारमा सिन्डिकेट : खाडी जाने कामदारबाट साढे ५ अर्ब ठगी

काठमाडौं, २७ साउन । वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारबाट सिन्डिकेटका नाममा दुई दशकको अवधिमा करिब साढे ५ अर्ब रुपैयाँ ठगी भएको पाइएको छ । साउदी अरेबिया, ओमन र बहराइन गएका १२ लाख १८ हजार ४ सय ४२ जना कामदारबाट गाम्का नेपाल नामक सिन्डिकेटआबद्ध मेडिकल संस्थाहरूले सो रकम ठगी गरेका हुन् । यी तीन मुलुकमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरी गाम्का नेपालआबद्ध १२ मेडिकल स...
सवारी दुर्घटनामा परी दुईको मृत्यु

सवारी दुर्घटनामा परी दुईको मृत्यु

नवलपरासी, २७ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा शनिबार भएको सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा प्यूठानको लिवाङ–८ घर भई हाल पूर्वी नवलपरासी कावासोती नगरपालिका–१६ बस्ने ३३ वर्षीय जगतबहादुर परियार र उनका भान्जा १० वर्षीय विजय परियारको मृत्यु भएको दुम्कीबास प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालक प्रहरीको निय...
अवकाश उमेर ६० पुर्याउन कर्मचारीको चलखेल

अवकाश उमेर ६० पुर्याउन कर्मचारीको चलखेल

काठमाडौं, २७ साउन । बहालवाला सहसचिव र सचिवहरुको स्वार्थअनुरुप निजामती कर्मचारीको अवकाश पाउने उमेर हद ६० पुर्याउने चलखेल तीव्ररुपमा अगाडि बढेको छ । निजामती कर्मचारीको अवकाश हुने उमेर लामो समयदेखि बहसको विषय बन्दै अएको सन्दर्भमा तिनै कर्मचारीको स्वार्थअनुरुप संघीय निजामती सेवा ऐनमा अवकाश पाउने उमेर ६० बर्ष प्रस्तावित गरिएको छ । ऐनको धारा ५० मा ६० बर्ष उमेर पूरा भएको निजामती कर्मचारीले निजामती से...
अब गुपचुपमा नजरबन्दी बनाउन नपाइने

अब गुपचुपमा नजरबन्दी बनाउन नपाइने

काठमाडौं, २७ साउन ।  सरकारले गुपचुप रुपमा जसलाई जति समय पनि नजरबन्दमा राख्न सक्ने प्रचलन अब हट्ने भएको छ । सार्वजनिक सुरक्षासम्बन्धी ऐन २०४६ संशोधन विधेयकमा कसैलाई गुपचुप नजरबन्दमा राख्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ । संसदमा दफावार छलफलसमेत भई पारित हुने अवस्थामा पुगेको विधेयकमा उल्लेख छ– ‘कुनै व्यक्तिलाई नजरबन्दमा राखिए स्थानीय अधिकारीले त्यसरी नजरबन्दमा राखिएको चौबीस घण्टाभित्र त्यस्तो ...
हिमश्रृंखलाबाट बग्ने स्वच्छ पानी अन्तर्राष्ट्रिय बजारमा : मन्त्री मगर

हिमश्रृंखलाबाट बग्ने स्वच्छ पानी अन्तर्राष्ट्रिय बजारमा : मन्त्री मगर

पोखरा, २७ साउन । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले नेपालका हिमश्रृंखलाबाट बग्ने पानीलाई अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्न सकिने बताउनुभएको छ । पोखरामा वितरित खानेपानीको मर्दी मुहान शुद्धीकरण परियोजनाद्वारा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं ४ सेतीमर्दी दोभानमा निर्मित शवदहन गृहको शनसबार यहाँ आयोजित हस्तान्तरण तथा वृक्षरोपण कार्यक्रममा उहाँले हिउँ पग्लेर बगेको सिधै पिउन सकिने प...
पाख्रीवासमा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

पाख्रीवासमा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

धनकुटा, २६ साउन । धनकुटाको पाख्रीबास नगरपालिका–४ स्थित एक घरमा तास खेलिरहेको अवस्थामा शनिवार आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय छिरिङ शेर्पाको घरमा तास खेलिरहेको अवस्थामा घरधनी शेर्पासहित पाख्रीबास–३ का रमेश बहादुर बस्नेत, नगेन्द्र बस्नेत, थर बहादुर कटुवाल, पाख्रीबास–४ का राजेन्द्र खनाल, शेर बहादुर थापा, छथर जोरपाटी गाउँपालिका १ का बिरबहादुर लिम्बू र इलाम फाकफोक गाउँपालिकाका हरिप्रसाद ...
अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

काठमाडौँ, २६ साउन । अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्रालयले स्थानीय तहहरुलाई लेखेको पत्रमा कार्यालयका विभिन्न सूचना एवं जानकारी अडियो नोटिस बोर्डबाट निः...
श्रीमतीले परपुरुषसँग यौन सम्बन्ध राखे पुरुषले सम्बन्ध विच्छेद गर्न पाउने

श्रीमतीले परपुरुषसँग यौन सम्बन्ध राखे पुरुषले सम्बन्ध विच्छेद गर्न पाउने

काठमाडौँ, २६ साउन । आगामी भदौ १ गतेदेखि नयाँ ऐन लागू हुँदैछ । मुलुकी अपराध (संहिता) ऐनमा प्रत्येक व्यक्तिलाई कानूनको अधीनमा रही विवाह गर्ने, परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रता दिएको छ । विवाहित पुरुषलाई बहुविवाह गर्न प्रतिबन्ध लगाइएको छ । विवाहित पुरुषले अर्को विहे गरे त्यस्तो विवाह स्वतः बदर हुनुका साथै कारबाहीको भागीदार हुने व्यवस्था गरिएको छ । विवाहित पुरुषसँग जानीजा...
भारतबाट बिजुली किन्दै अाएकाे नेपालले बंगलादेशलार्इ ‘बिजुली बेच्ने’ !

भारतबाट बिजुली किन्दै अाएकाे नेपालले बंगलादेशलार्इ ‘बिजुली बेच्ने’ !

काठमाडौँ, २६ साउन । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्य हुने भएको छ । ऊर्जामन्त्री वर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले शुक्रबार काठमाडौं ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेसँग यो ढोका खुलेको हो । विद्युत् अभाव टार्न भारतबाट दैनिक चार सय मेगावाट बिजुली किन्दै आएको नेपालले बंगलादेशलाई ‘बिजुली बेच्न’ सम्झौता गरेको हो । नेपालसँग ऊर्जा समझदारीमा हस्ताक्षर गर्ने बंगल...
धनकुटामा एकल चित्रकला प्रदर्शनी

धनकुटामा एकल चित्रकला प्रदर्शनी

धनकुटा, २६ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर शुक्रवारबाट धनकुटामा एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । जिल्ला युवा समितिको संयोजनमा हाम्रो बहुमुखि पाठशाला र हुसाडेक नेपालले प्रदर्शनी आयोजना गरेका हुन् । आगामी ३१ गतेसम्म चल्ने प्रदर्शनीमा कलाकार डिल्लीकृष्ण आलेले बनाएका धनकुटाको साँस्कृतिक प्रस्तुती र मौलिक पहिचान झल्कने करिब सय भन्दा बढि चित्रहरु राखिएका छन् । कार्यक्रमको उद्घाटन स...
जुगेडी पुलबाट ट्रक खस्दा दुई जनाको मृत्यु, एक घाइते

जुगेडी पुलबाट ट्रक खस्दा दुई जनाको मृत्यु, एक घाइते

रत्ननगर, २६ साउन । चितवनको नारायणगढ­मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन् । आज बिहान ४ः४० बजे भारतबाट काठमाडाैँ जाँदै गरेको एमएच-४२-टी -०३४३ नम्बरको चाउचाउ र पापड बोकेको भारतीय ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटन...
धनकुटामा चेपाङ समुदायको पुस्तक विमोचन

धनकुटामा चेपाङ समुदायको पुस्तक विमोचन

धनकुटा, २६ साउन । अधिवक्ता ठगिन कुमार राईको ‘चेपाङ समुदायको वर्तमान अवस्था’ नामक पुस्तक धनकुटामा बिमोचन गरिएको छ । उच्च अदालत विराटनगरको धनकुटा इजलासका मुख्य न्यायधिस विनोद कुमार शर्माले पुस्तक विमोचन गरेका हुन् । विमोचन कार्यक्रममा बोल्दै मुख्य न्यायधिस शर्माले पश्चिम नेपालमा मात्रै बसोबास गर्ने सिमान्तकृत जाति चेपाङको बारेमा पुस्तक निकाल्नु निकै कठिन काम भएको बताए । कार्यक्रममा पुस्तकको बारेम...
धनकुटामा विपत ब्यवस्थापनका बिषयमा अन्तरक्रिया

धनकुटामा विपत ब्यवस्थापनका बिषयमा अन्तरक्रिया

धनकुटा, २६ साउन । धनकुटा नगरपालिका ४ नं. वडा कार्यालयले विपद व्यवस्थापनमा युवाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पूर्व तयारी भएमा विपदबाट बच्न सकिने बताए । फरक प्रसंगमा उनले नगर प्रमुखमा निर्वाचित हुँदा धेरै गर्न सकिएला भन्ने लागेको भएपनि सिमित बजेटका कारण सोचेजति काम गर्न नसकिएको उल्लेख गरे । अन्तर्राष्ट्रिय युवा दि...
६६ वर्षीय बृद्ध झाँक्रीद्वारा ५ वर्षीय बालकमाथि यौन दुव्र्यवहार

६६ वर्षीय बृद्ध झाँक्रीद्वारा ५ वर्षीय बालकमाथि यौन दुव्र्यवहार

कञ्चनपुर, २६ साउन  । कञ्चनपुरमा ५ वर्षीय बालकमाथि ६६ वर्षका झाँक्रीले यौन दुव्र्यवहार गरेका छन् । अहिलेसम्म महिला तथा बालिकाहरु बलात्कृत भएको घटना घट्दै आएकोमा झाँक्री धामीले भने बालकको मुखमा लिंग घुसाएका हुन् । झारफुक पेशा गर्दै आएका गोपालले बिहीबार मध्यरातमा बालकको मुखमा लिंग घुसाएर ‘माउथ सेक्स’ गरेको पीडित परिवारले जनाएको छ ।छोरो बिरामी भएपछि उनका बुबाले ती धामीलाई झारफुक गर्नका लागि बिहीबार...
हवाई आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु

हवाई आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु

यमन, २५ साउन । उत्तरी यमनमा विद्रोहीको बलियो प्रभाव रहेको एक बजार इलाकामा साउदी अरेबियाआवद्ध क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु भएको छ । साउदी अरेबियाआवद्ध संयुक्त गठबन्धनले यो आक्रमण गरेको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले जानकारी दिएको छ । संयुक्त गठबन्धनका प्रवक्ता तुर्कि अल–मलिकीले साउदी अरेबियामाथि हुथी बिद्रोहीले घातक क्षेप्यास्त्र प्रहार गरेको बदलामा कारबाही...
‘अहिलेको तीजैमा, आँखा गयो नयाँ चिजैमा’ गीतको एल्बम सार्वजनिक (भिडियोसहित)

‘अहिलेको तीजैमा, आँखा गयो नयाँ चिजैमा’ गीतको एल्बम सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, २५ साउन ।  सञ्चारकर्मी कल्पना भण्डारीको तीज गीतको एल्बम ‘अहिलेको तीजैमा, आँखा गयो नयाँ चिजैमा’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियोमा सञ्चारकर्मीले भण्डारी अभिनयमा समेत भूमिका निर्वाह गरेकी छिन् । विपीन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको उक्त गीत किरण क्रियशनले बजारमा ल्याएको हो । रामकुमार केसीको छायाङ्कन र राज महर्जनको कोरियोग्राफी रहेको उक्त गीतको म्यूज...
शहर कब्जा गर्नेक्रममा चौध सुरक्षाकर्मी मारिए

शहर कब्जा गर्नेक्रममा चौध सुरक्षाकर्मी मारिए

काबुल, अफगानिस्तान, २५ साउन । पूर्वी अफगानिस्तानको घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नीलाई कब्जा गर्ने उद्देश्यले शुक्रबार राति आक्रमणको योजना बनाउन भेला भएका तालिवान आतङ्ककारी समूहले बिहीबार राति कम्तीका १४ सुरक्षाकर्मीको हत्या गरेका छन् । आक्रमणमा परी कम्तीमा २० सुरक्षाकर्मी घाइते भएका घाज्नी अस्पतालका प्रशासक बाज मोहम्मद हेमटले बताए । प्रहरी प्रमुख फरिद अहमद मसालका अनुसार दोहोरो भिडन्त...
भोजपुरमा न्यायिक समितिको भूमिका प्रभावकारी: टुटेको सम्वन्ध जोडिदै

भोजपुरमा न्यायिक समितिको भूमिका प्रभावकारी: टुटेको सम्वन्ध जोडिदै

भोजपुर, २५ साउन । रामप्रसाद राई गाउँपालिका–८, बासीखोराका मिलन राई र खोटाङकी निशन राईको सात वर्ष अघि धुमधामका साथ गाउँमै विवाह भयो । विवाह गरेको महिना दिन नपुग्दै निशनकी श्रीमान भारतीय सेनामा भर्ती भए । श्रीमान भारतीय सेनाको जागिरे भएपछि केहि गर्ला की भन्ने सोच श्रीमतिलाई थियो । तर, केहि वर्ष नपुग्दै दुई दम्पतीबीच पैसा र जग्गाको विषयमा मनमुटाव सुरु भएपछि उनीहरूको सम्बन्धमा छुट्ने अवस्थामा पुग्यो...
धनकुटामा पर्यटन प्रवद्र्धन गर्न अभियान चलाइने

धनकुटामा पर्यटन प्रवद्र्धन गर्न अभियान चलाइने

धनकुटा, २५ साउन । धनकुटामा पर्यटन प्रवद्र्धनका लागि अभियान सञ्चालन गरिने भएको छ । धनकुटा पर्यटन विकास समितिको शुक्रवार बसेको बैठकले पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । धनकुटाका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार तथा अरु पर्यटकीय क्षेत्रहरुको खोजी गरी पर्यटन क्षेत्रहरुको सम्वद्र्धन र प्रवद्र्धन गर्ने निर्णय भएको पर्यटन विकास समितिका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए । ...
धनकुटामा युवा दिवसको अवसर पारेर रक्तदान

धनकुटामा युवा दिवसको अवसर पारेर रक्तदान

धनकुटा, २५ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर शुक्रवार धनकुटामा रक्तदान कार्यक्रम गरिएको छ । युवा दिवस बिशेष तीन दिवसीय कार्यक्रम अनरुप धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्सले रक्तदान कार्यक्रम गरेको हो । जिल्ला युवा समितिको संयोजनमा भएको रक्तदान कार्यक्रममा ४० यूनिट रगत संकलन भएको छ । उद्योग वाणिज्य संघकी जिल्ला उपाध्यक्ष तारा तितुङ, जिल्ला युवा समितिका अध्यक्ष अर्जुन छाराहाङ, शसस्त्...
ऊर्जा क्षेत्रमा लगानी गर्न नेपाल–बंगलादेशबीच समझदारी

ऊर्जा क्षेत्रमा लगानी गर्न नेपाल–बंगलादेशबीच समझदारी

काठमाडौँ, २५ साउन । नेपाल र बंगलादेश ऊर्जा क्षेत्रमा मिलेर काम गर्न सहमत भएका छन् । लामो समयदेखि चर्चामा रहेको ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा आज दुई देशबीच हस्ताक्षर भयो । द्विपक्षक्षीय समझदारीपत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गर्नुभएको छ । नेपालको ऊर्जा क्षेत्रमा बंगलादेशले लाम...
error: Content is protected !!