काठमाडौं, २७ साउन । हामीकहाँ वायु प्रदूषणले कतिको मृत्यु हुन्छ ? यसको ठ्याक्कै तथ्यांक छैन । वायु प्रदूषणको कारण निम्तने रोग र त्यही रोगको कारण ज्यान गुमाउनेहरुको लेखाजोखा छैन । किनभने वायु प्रदूषणले एउटा मात्र रोग लाग्दैन । यसले नाक, कान, घाँटीमा समस्या ल्याउनेदेखि फोक्सोको क्यान्सरसम्म हुने गर्छ । छालामा समेत वायु प्रदूषणको सोझो असर पर्छ ।
काठमाडौं लगायत शहरी क्षेत्रमा वायुप्रदूषणको कारण उकुसमुकुस छ, जसले हरेकको श्वसयन्त्रमा केही न केही समस्या ल्याएकै छ । यसै सन्दर्भमा हाम्रो मुलुकसँग सीमा जोडोडिएको उत्तरी छिमेकी चीनको तथ्यांकले भयाभित बनाउन सक्छ, जहाँ वायु प्रदूषणले बर्षेनी लाखौंको ज्यान लिने रहेछ ।
हिन्दी बिबिसी अनलाइनमा प्रकासित समाचार अनुसार चीनमा हरेक बर्ष १६ लाखको मृत्यु हुने गरेको छ, वायु प्रदूषणले । यो भनेको चीनमा हुने कुल मृत्युको १७ प्रतिशत हो ।
बेइजिङ र शहरी क्षेत्रमा कोइला उत्खनन र स्टील उत्पादनको कारण यति धुँवा यति कुहिरीमण्डल हुने गरेको छ कि, त्यसले आकास नै ढाक्ने गरेको छ ।
चीनको एउटा कुनादेखि अर्को कुनासम्म धुँवाको बादलले ढाकिएको छ, जहाँ सास फेर्न मुस्किल छ । सडकमा मानिसहरु माक्स लगाएर हिँडिरहेका देखिन्छन् । यी मानिसहरुलाई थाहा छ कि पिएम २. ५ वा १० के हो ?
पिएम २.५ अर्थात पार्टिकलको त्यो अंश हो, जो यति सुक्ष्म हुन्छ कि फोक्सोसम्म सजिलै पुग्छ ।
ओजन प्रदूषणको समस्या
यसका साथै अर्को एक समस्या छ, ओजन प्रदूषण ।
ग्रीनपीससँग जोडिएको एक वेबसाइट ‘अनअथ्र्ड’का अनुसार जमिनमा ओजनको प्रदूषणको कारण सन् २०१६ मा चीनमा ७० हजार मानिस आफ्नो उमेरभन्दा अगाडि नै मर्ने गरेका छन् । अनअथ्र्डका अनुसार जहाँ ओजन अल्ट्राभाइलेट रेडिएशनले रोकेर पृथ्वीमा जीवनलाई सुरक्षा प्रदान गर्छ, जमिनमा ओजनको प्रतिशत बढ्नाले सास सम्बन्धी केही समस्या निम्तने गर्छ । त्यही कारण कम उमेरमै मृत्यु हुने खतरा रहन्छ ।
नाइट्रोजक अक्साइड र भोलाटाइल अर्गानिक कम्पाउन्डबीच सूर्यको किरणमा रासयनिक प्रतिक्रियाको कारण ओजन बन्छ ।
चीनमा स्थानियवासी भन्छन्, पछिल्लो केही बर्षदेखि सरकारले प्रदूषणमाथि लगाम लगाउनका लागि कडा कदम उठाएका छन् । शहरमा विद्युतिय कार, ट्याक्सी र बस गुडेको देख्न पाइन्छ । शहरवासीहरु भन्छन् कि, प्रदूषणको मात्रा बढेमा सरकारले कलकारखाना बन्द गर्नमा कतिपनि कञ्जुस गरेको छैन । कोइलामा निर्भर बिजुली बनाउने फ्याक्ट्री बन्द गरिएको छ ।
घर-घरमा प्युरीफायर
चीनको समाचार एजेन्सी जिन्हुआमा पीकिंग युनिभर्सिटीको स्कुल अफ पब्लिक हेल्थलाई उद्गृत गर्दै एक रिसर्चमा भनिएको छ, सन् २०१३ र २०१७ का बीच पिएम २.५ पिएम १०, सल्फर डाइ अक्साइडको औसत जम्मा क्रमस ३३.३ प्रतिशत, २७.८ प्रतिशत र ५४.१ प्रतिशतसम्म कमी आएको छ ।
सन् २०१३ मा चीनमा एयर पोलुसन एन्ड कन्ट्रोल एक्सन प्लासनको सुरुवात गरिएको थियो ।
इन्जिनियर जोहानस लाओसन बर्षौंदेखि यस्तै धूलो, धुँवामा रहेका थिए, जब उनको घरमा छोरीले जन्म लिइन्, तब उनले पहिला प्यूरिफायर खरिद गरे । प्लाष्टिकले बनेको यो स्थानिय प्युरीफायर उनलाई मन परेन । उनले आफै एयर प्युरिफायर बनाउने निर्णय लिए ।
लाओसन भन्छन्, ‘कतिपटक त प्रदूषणको स्तर यति धेरै थियो कि, हामी पुरै हप्ता छोरीसँग घरबाहिर निस्कन सकेनौं ।’
बेइजिङमा उनले भाडामा दुई वटा कोठा लिएर वर्कशप खोलेका छन् । त्यही फ्यरिफायर बनाएर विक्री गर्छन् । उनले यस्तो प्युरिफायर बनाए कि जसले १०० देखि १५० स्क्वेयर मिटर घर सफा राख्छ । कोठामा हावाको वहकावलाई व्यवस्थापन गर्छ । कोठाको तापमान सन्तुलनमा राख्छ । यसभित्र एक कम्प्युटर छ, जसले प्युरिफायरलाई म्यानेज गर्छ ।
अहिले बेइजिङको घर, कार्यलय, विद्यालय, कलेज, गाडी जहाँ पनि एयर प्युरिफायर पाइन्छ ।
प्रदूषण कम गर्ने प्रयास
लाओसन भन्छन्, ‘पछिल्लो दुई बर्षमा विद्युतिय कार, ट्रक, बसलाई बढाव दिइएको छ । प्रदूषण धेरै बनाउने कारखाना बन्द गरिदैछ । बिद्युतिय गाडी चार्ज गर्नका लागि चार्जर सामुदायिक भवन, सपिङ मल हरेक स्थानमा पाउन सकिन्छ । जाडो याममा कोइला बाल्नका लागि पनि कडा नियम लगाइएको छ ।’
चीनमा वायु प्रदूषणको प्रत्यक्ष असरबाट बच्नका लागि माक्स कम्पनीको पनि स्थापना गरिएको छ ।
बेइजिङका भारतिय पत्रकार सैबल दासगुप्ताका अनुसार शहरमा प्रदूषण क मगर्नका लागि विद्युतिय कारलाई बढाव दिइएको छ । तर विद्युत उत्पादनका लागि ६५ प्रतिशत कोइलाको प्रयोग गर्नुपर्नेछ ।
साथै चीनको कोइलाले धेरै धुँवा पैदा गर्छ । किनभने त्यो निकै कमसल हुने गरेको छ । त्यही कारण चीनले इन्डोनेसिया र अष्ट्रेलियाबाट कोइला मगाएर त्यसमा कोक मिसाएर धुँवा कम गर्ने प्रयास गरिरहेको छ ।
चीनमा विश्वकै सबैभन्दा ठूलो सोलर प्यानल उद्योग छ । सबैभन्दा बढी हाइट्रोइलेक्ट्रिसिटीको ड्याम छ । यहाँ ब्याट्री अपरेटेड गाडी चल्छ । चिनियाँ कम्पनीले ब्याट्री अपरेटड गाडी उत्पादन गरिरहेको छ । ठाउँ-ठाउँमा ब्याट्री चार्जर स्टेशन छ ।