एजेन्सी

काठमाडौं, २७ साउन । नोबेल पुरस्कार विजेता साहित्यकार सर भिएस नायपालको निधन भएको छ । ८५ वर्षका विश्व चर्चित साहित्यकार नायपालको लण्डन स्थित घरमै निधन भएको पावारिक स्रोतले जानकारी दिएको छ ।

Advertisement

उपन्यासकार नायपलाको ट्रिनिडाडको ग्रामीण क्षेत्रमा सन् १९३२ मा जन्म भएको थियो ।नायपालले बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका हुन् । उनका धेरै चर्चित पुस्तक छन्। त्यसमध्ये ‘अ बेन्ड इन द रिभर’ र ‘अ हाउस फर मिस्टर विश्वास’ सबैभन्दा चर्चित पुस्तकका रुपमा रहेका छन् ।

उनले ३० भन्दा धेरै पुस्तक लेखेका छन् । नायपालले सन् १९७१ म बुकर प्राइज तथा सन् २००१ मा साहित्य तर्फको नोबेल पुरस्कार पाएका थिए । उनले नोबेल पुरस्कार ग्रहण गरेपछि आफ्ना पुर्खा नेपालबाट आएको हुन सक्ने बताएका थिए ।निधन पश्चात उनकी श्रीमती नादिराले भनेकी छन्, ‘उनले सिर्जनशीलता र उद्यमले भरिएको जीवन बाँचे ।

अन्तिम सास लिने बेलामा उनलाई माया गर्ने र उनले माया गर्ने सबै व्यक्ति साथमा थिए ।’सन् १९५० मा उनले सरकारी स्कलरसिप पाएका थिए, त्यसपछि उनी अध्ययनका लागि अक्सफोर्ड विश्वविद्यालय गए ।

विद्यार्थी जीवनमा उनी डिप्रेशनमा पनि गएका थिए, जसले गर्दा नायपालले आत्महत्याको प्रयास पनि गरेका थिए ।नायपालको पहिलो पुस्तक ‘द मिस्टिक म्यासर’ सन् १९५१ मा प्रकाशित भएको थियो । त्यसको एक दशकपछि उनको सबैभन्दा चर्चित उपन्यास ‘अ हाउस फर मिस्टर विश्वास’ प्रकाशित भयो ।

नायपालले तीन वर्ष लगाएर यो उपन्यास लेखेका थिए ।नोबेल कमिटिले साहित्यको माध्यमबाट बितेको इतिहासका बारेमा रहेको भ्रामक बुझाइलाई स्पष्ट पारेकोमा सन् २००१ मा नोबेल पुरस्कार दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!