काठमाडौं, २७ साउन । बहालवाला सहसचिव र सचिवहरुको स्वार्थअनुरुप निजामती कर्मचारीको अवकाश पाउने उमेर हद ६० पुर्याउने चलखेल तीव्ररुपमा अगाडि बढेको छ ।

Advertisement

निजामती कर्मचारीको अवकाश हुने उमेर लामो समयदेखि बहसको विषय बन्दै अएको सन्दर्भमा तिनै कर्मचारीको स्वार्थअनुरुप संघीय निजामती सेवा ऐनमा अवकाश पाउने उमेर ६० बर्ष प्रस्तावित गरिएको छ ।

ऐनको धारा ५० मा ६० बर्ष उमेर पूरा भएको निजामती कर्मचारीले निजामती सेवाबाट स्वतः अवकाश पाउने व्यवस्थ छ ।

यसअघि शेरबहादुर देउवा नेतृत्वको पालामा तत्कालिन समान्य प्रशासन मन्त्रालयले बनाएको विधेयकमा कर्मचारीको अवकाश उमेरहद ५८ बर्षबाट बढाएर ६० बर्ष बनाउन प्रस्ताव गरिएको थियो ।

विधेयक पुनरावलोकनका क्रममा ६० बर्ष उमेर हदको प्रस्तावलाई हटाएर पुनः ५८ बर्ष नै राखिएको थियो । अहिले फेरी ६० बर्ष प्रस्तवित गरिएको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ  ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!