मानिसपछि घोडा मात्र यस्तो जनावर हो, जसको शरीरबाट पसिना आउँछ ।

Advertisement
  •  घोडामात्र यस्तो जनावर हो, जसको मानिसको जस्तै केस हुन्छ ।
  •  घोडाले नाकबाट मात्र श्वास फेर्छ । श्वास फेर्दा घोडाले हामीलेजस्तो वा अन्य जनावरलेजस्तो मुख प्रयोग गर्दैन ।
  •  घोडा नरोकिई लगातार आठ घण्टासम्म दौडन सक्छ ।
  •  धेरै मानिसले घोडालाई बसेको अवस्थामा नदेखेका हुन सक्छन् । यसका पछाडि पनि वैज्ञानिक कारण छ । घोडाले उभिदाभन्दा बस्दा दोब्बर उर्जा खपत गर्छ । त्यसैले आफ्नो शरीरको उर्जा बचाउन घोडा बर्स्दैन ।
  •  एक अनुमानअनुसार अहिले संसारभर ६ करोडभन्दा बढी घोडा पाल्तू अवस्थामा छन् ।
  •  अन्य स्तनधारी जनावरको तुलनामा घोडाको आँखा उसको शरीरको अनुपातमा ठूलो हुन्छ ।
  •  संसारभर ३ सयभन्दा बढी प्रजातिका घोडा पाइन्छन् ।
  •  घोडाको औसत उमेर ३० वर्ष हो ।
  •  घोडामाथि लेखिएको पहिलो कृति ‘शालिहोत्र’लाई मानिन्छ । उक्त कृति महाभारतकालमा लेखिएको अनुमान गरिएको छ ।
  • एउटा घोडाले अधिकतम १४ दशमलव ९ अश्वशक्ति बराबरको उर्जा उत्फादन गर्न सक्छ । एक अश्वशक्ति बराबर ७ सय ४६ वाटशत्ति हुन्छ । यसैकारण अहिले पनि वैज्ञानिकहरू शक्ति अथवा उर्जालाई हर्षपावर अर्थात अश्वशक्तिका रुपमा परिभाषित गर्छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!