काठमाडौं । भुमरीयुक्त हावाहुरीले बारा र पर्सामा भत्काएका सम्पूर्ण घर सरकारले बनाइदिने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले बर्खाअघि नै घर बनाइसक्ने निर्णय गरेको हो ।

Advertisement

‘भत्किएका सबै घर बर्खाअघि नै बनाइसकिनेछ,’ सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, ‘तदारुकतासाथ निर्माण गर्न नेपाली सेनालाई जिम्मा दिने सरकारले निर्णय गरेको छ ।’ उनका अनुसार सबै घर जनता आवासका ढाँचाका हुनेछन् ।

निर्माण कार्यको समन्वय र सहजीकरण गर्न प्रदेशका प्रमुख सचिवलाई तोकिएको छ । त्यसका लागि सहरी विकास र रक्षामन्त्रालयका प्रतिनिधि तथा बारा र पर्साका प्रमुख जिल्ला अधिकारी रहने समिति बनाइएको छ । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!