हलिउड फिल्म ‘एभेन्जर्स’ का तीन वटा श्रृंखलाले दर्शकलाई भरपुर मनोरञ्जन दियो। मार्भल स्टुडियोजले श्रृखंलावद्ध बनाएका यी फिल्म संसारमै धेरै कमाउने फिल्मको सूचीमा परे। अब भने यो श्रृंखलाको अन्तिम भाग रिलिज हुँदैछ।

Advertisement

‘एभेन्जर्सः एन्ड गेम’ अप्रिल २४ मा जर्मनीमा रिलिज हुँदै छ भने अरू देशमा अप्रिल २६ मा हुनेछ। फिल्म रिलिज हुन तीन साता बाँकी भए पनि दर्शकमा ‘एभेन्जर्स क्रेज’ लागिसकेको छ।

फ्यान तथा दर्शक यो फिल्म हेर्न कति उत्सुक छन् भन्ने बुझ्न टिकट बुकिङ प्रक्रिया हेरे पुग्छ। दुई दिनअघि एभेन्जर्सको अनलाइन टिकट बुकिङ खुला भएको थियो। यसको केही समयपछि नै बुकिङ साइट क्र्यास भयो। धेरैले टिकट बुक गर्न पाएनन्।

यसअघि यस्तै क्रेज फिल्म ‘स्टार वार्स’ को श्रृंखला फिल्मको टिकट बुकिङमा देखिएको थियो। तर ‘एभेन्जर्सः एन्ड गेम’ को टिकट बिक्रीले ‘स्टार वार्स’ लाई निकै पछाडि पारेको सञ्चारमाध्यमले जनाएका छन्।

यति मात्र होइन, ‘एभेन्जर्सः एन्ड गेम’को टिकटको माग यति धेरै भएको छ, यो ब्ल्याकमा बिक्न थालेको छ। अनलाइन बुकिङ गर्न नपाएकाहरूले अब धेरै पैसा तिरेर आफ्नो टिकट सुनिश्चित गर्दैछन्।

साधारणतया ब्ल्याकमा बिक्ने टिकटको मूल्य माग कति छ भन्ने आधारमा तय हुन्छ। यस्तो अवस्थामा फिल्मको टिकट ब्ल्याकमा किन्नुपरे कति पैसा पर्ला? दुई गुणा? चार गुणा?

‘एभेन्जर्सः एन्ड गेम’को टिकटको मूल्य यतिमा सीमित छैन।

सञ्चारमाध्यमहरूका अनुसार ‘एभेन्जर्सः एन्ड गेम’ का टिकट ५०० अमेरिकी डलरसम्म पुगेको छ। अर्थात् ५० हजार रूपैयाँभन्दा धेरै।

अहिले योभन्दा पनि बढी मूल्यमा टिकट बिक्री भइरहेको हुनसक्ने पनि अनुमान गरिएको छ।

अमेरिकाका टिकट बेच्ने वेबसाइट फैनडेन्गो र एटमका अनुसार ‘एभेन्जर्स: एन्ड गेम’ को टिकट संख्याले पहिलो दिनमै अहिलेसम्मकै रेकर्ड तोडिसकेको छ। यी वेबसाइटले टिकट संख्या भने खुलाएका छैनन्।

फ्यानडेन्गो वेबसाइटका प्रबन्ध सम्पादक एरिक डेविसका अनुसार पहिले सबभन्दा बढी टिकट २४ घन्टामा बिकेको थियो। यो रेकर्ड ‘एभेन्जर्सः एन्ड गेम’ले ६ घन्टामै तोडेको छ।

‘एभेन्जर्सः एन्ड गेम’ मा मार्भल श्रृंखलाकाका करिब २२ फिल्मका सुपरहिरोहरू एकैसाथ देखिनेछन्।

यो फिल्म हिन्दी, तेलेगु र तमिल भाषामा पनि रिलिज हुनेछ। यी भाषाका फिल्मका लागि भारतीय संगीतकार एआर रहमानले संगीत कम्पोज गरेका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!