एजेन्सी । बलिउड अभिनेता रणबिर कपूर र आलिया भट्टले गुपचुप रुपमा इन्गेजमेन्ट गरेको खबर यतिबेला चर्चामा छ । साथै आलिया र रणबिरले भारतमा नभइ स्वीट्जरल्याण्डमा इन्गेजमेन्ट गरेको बताइएको छ । रणबिर कपूरले आलियाका अगाडि घुँडा टेक्दै स्वीटजरल्याण्डको सेन्ट मोरिसमा प्रपोज गरेका चर्चा यतिबेला भइरहेको छ ।

रणबिर कपूरले हालै आयोजित एक अवार्ड शो मा आलियाका अगाडि घुँडा टेक्दै आफ्नो माया दर्शाएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार रणबिरले स्वीट्जरल्याण्डमा पनि त्यसरी नै घुँडा टेक्दै आलियालाई प्रपोज गरेको बताइएको छ । आलिया र रणबिरले आफ्ना नजिकका साथीहरुलाई इन्गेजमेन्ट पछि भव्य पार्टी पनि आयोजना गरेको पनि चर्चा रहेको छ ।

यस विषयमा आलिया र रणबिर वा उनीहरुका परिवारको तर्फबाट कुनै पनि बयान आएको छैन । तर रणबिरका बुवा ऋषि कपूर छिट्टै नै स्वास्थ्य उपचार पूरा गरेर अमेरिकाबाट भारत फर्कने तयारीमा छन् । ऋषि कपूर भारत फर्किएपछि आलिया र रणबिरको विवाह हुने चर्चा पनि रहेको छ ।

आलिया र रणबिर पनि एकअर्काको प्रेममा रहेको कुरा सार्वजनिक रुपमै ब्यक्त गरिरहेका छन् । पछिल्लो समयमा कसैको प्रवाह नगरी सार्वजनिक रुपमै एकअर्कासँग हातमा हात राख्दै कार्यक्रममा उपस्थित हुनेदेखि लिएर स्टेजमा रोमान्टिक डान्स गर्दै रणबिर र आलियाले आफ्नो प्रेम दुनियाको अगाडि दर्शाइरहेका छन् । यस कुराबाट पनि अब उनीहरु छिट्टै नै विवाहको तयारीमा रहेको चर्चा भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!