सुर्खेत २४ चैत । बाढी र पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका छन् । शनिबार बेलुका भारी असिना वर्षाले बाढी र पहिरो आएको छ ।

Advertisement

दैलखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाउँपालिकामा पर्ने दहीखोलामा पहिरो खसेको छ । पहिरो पन्छाउन ढिलाइ हुँदा दुई दिनदेखि यात्रु समस्यामा परेका छन् । दैलेखबाट गएको डोजरले शनिबार दहीखोलाको पहिरो हटाउन नसकेपछि यात्रुहरु अलपत्र परेका हुन् । कतिपय यात्रु जोखिम मोलेर पहिरो पार गरिहेका छन् । पहिरो गएको ठाउँ नजिक खानेकुरा र पानीसमेत नहुँदा बिचल्ली भएको यात्रुहरुको भनाइ छ ।

पानी बेलाबेलामा परिरहने र पहिरो पनि खसिरहने भएकाले बाटो खुलाउन समस्या भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए ।

अवरुद्ध राजमार्ग खुलाउन आइतबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सडक डिभिजन कार्यालयका कर्मचारी लागिरहेका छन् ।

यसैबीच सडक डिभिजन कार्यालय जुम्लाले बिभिन्न स्थानमा गएका पहिरो पन्छाउने प्रयास भइरहेको जनाएको छ । डिभिजन कार्यालय जुम्लाकाअनुसार यस पटक पनि गगनेखोलाको पहिरोले बाटो अवरुद्ध भएको छ । गगनेखोलाको पहिरोले वर्र्षेनी दुःख दिने गरेको यात्रुहरु बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!