भोजपुरको हतुवागढी गाउँपालिकामा मोबाइल एप्स
भोजपुर, ३ फागुन । हतुवागढी गाउँपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकामार्फत सञ्चालन हुँदै आएका हरेक सेवासुविधा सर्वसाधारणलाई सजिलै जानकारी गराउनका लागि बुधबारदेखि मोबाइल एप्स सञ्चालनमा ल्याएको गाउँपालिकाका सूचना प्रविधि दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त एप्समा गाउँपालिकाका नौवटै वडा कार्यालयको विवरण, कर्मचारी विवरण, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो...






























