भारत– उत्तर प्रदेशको अमेठीमा विपक्षी कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीलाई आम निर्वाचनमा पराजित गरेकी भारतीय जनता पार्टी भाजपाकी प्रभावशाली नेतृ स्मृति इरानीका सहयोगीको गोली हानी हत्या भएको छ ।

Advertisement

इरानीका सहयोगी सुरेन्द्र सिंहलाई गोली हानी हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सिंह इरानीका नजिकका सहयोगी रहेको जनाइएको छ ।

सुतिरहेका बेला उनलाई अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । अमेठीमा भएको निर्वाचनमा इरानीले गान्धीलाई पराजित गरेकी थिइन् ।

अमेठीमा गान्धीको पराजयलाई पछिल्लो आम निर्वाचनकै सबैभन्दा अप्रत्याशित नतिजाका रुपमा अथ्र्याइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!