चितवन ।  चितवन रामपुरमा बन्ने प्रस्तावित गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको अस्थायी बारमा डोजर लगाएको आरोपमा प्रहरीले प्रकाश कँडेललाई पक्राउ गरेकाे छ । मुख्य आरोपितका रूपमा चर्चामा आएका कँडेल घटना भएको १२ घण्टापछि समातिएका हुन्।

Advertisement

जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लका अनुसार लुक्दै भाग्दै हिँडेका कँडेल बुधबार मध्यरातमा भरतपुरबाट समातएिका हुन्।

कँडेल सत्तारूढ नेकपाका स्थानीय नेतासमेत हुन्। कँडेलसहित यो घटनाका १७ जना आरोपित पक्राउ परेका छन्। पक्राउ पर्नेमा एकजना महिला पनि छन्। महिलाकाे स्वास्थ अवस्थालाई ख्याल राखेर दैनिक हाजिर हुने गरेर परिवारको जिम्मा लगाएको र अरूलाई हिरासतमै राखेको एसपी मल्लले बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!