जनकपुर । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा ‘शक्तिशाली’ हुने अन्धविश्वासले अढाई वर्षीय बालककाे बलि दिएकाे खुलेकाे छ । ढल्केवरका शम्भु साहका छोरा आर्यनको शव वैशाख २४ को बिहान घरनजिकैको बाँसघारीमा भेटिएको थियो । उक्त शव बलि दिएर फालेकाे प्रहरी अनुसन्धानमा पुष्टि भएकाे हाे ।

Advertisement

मृतक बालककी आमा रेणुदेवी साह घाँस काट्न गएका बेला घरकाे ढाेकामै खेलिरहेका बालकलाई ५५ वर्षीय छिमेकी शत्रुधन महताेले ललाई फकाई अपहरण गरी बन्धक बनाएर राति २ बजे हत्या गरेकाे प्रहरी अनुसन्धानमा खुलेकाे जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले बताए।

महताेले गर्ने धामीझाक्रीकाे काममा दखल बढाएर शक्तिशाली हुने अन्धविश्वासले आप्नै आँगनमा धारिलाे हतियारले रेटेर बालककाे हत्या गरेकाे खुलेकाे हाे। प्रहरीले महताेले हत्याका बेला लगाएका लुगा र प्रयाेग गरिएकाे धारिलाे हतियार समेत बरामद गरेकाे छ।

बालकको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेेर अनुसन्धान गरिरहेकाे थियाे।शव भेटिएकाे अघिल्लो साँझ हराएका बालकलाई आफन्तले अबेर रातिसम्म खोजतलास गर्दा भेटेका थिएनन् । बिहान उनकै घरदेखि करिब ७५ मिटरपूर्वको बाँसघारीमा शव भेटिएको थियो । घाँटीको पछाडिको भाग काटिएको अवस्थामा शव फेला परेको थियो । अनुसन्धान बलितिरै केन्द्रित रहे पनि घटनास्थल र समयबारे अभियुक्तहरूको फरक–फरक बयानले छानबिन लम्बिएको थियाे ।

प्रहरीले आर्यन हत्या प्रकरणमा शंका लागेका करिब ५० जनालाई हिरासतमा लिएर सोधपुछ गरेर छाडेको थियाे । साहका छिमेकी धामी शत्रुघन महतोलाई प्रहरीले पक्राउ गरेपछि अनुसन्धानले नयाँ मोड लिएको हो ।

मिथिला नगरपालिका–८ कुसुमबिछौनाका ५२ वर्षीय जंगवीर महतो राजमार्ग क्षेत्रका चर्चित धामी हुन् । हालै झारफुक र टुनामुना सिकेका शत्रुघन उनकै सालो हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!