काठमाडौं। नापी कार्यालय साँखु,काठमाडौंका सर्वेक्षक र एकजना लेखापढी व्यवसायीलाई अख्तियारको टोलीले घुससहित नियन्त्रणमा लिएको छ ।

Advertisement

नापी सर्वेक्षक श्यामकृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीलाई एक लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको हो ।

जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस मागेको सूचनाका आधारमा अख्तियारको कार्यालय टंगालबाट खटिएको टोलीले दुबैजनालाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!