विराटनगर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई वटा बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्न नहुने बताएका छन् ।

Advertisement

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने बताएका हुन् ।

‘अहिले राजनीति रुपले स्थिरता आएकै छ । एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्नु हुँदैन । बम आतङ्क फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने कुरा ठान्नु विल्कुल सही छैन,’ प्रचण्डले भने ।

अहिलोको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, जनताको चाहना, भावना, राष्ट्रको आवश्यकता बम पड्काउने नभएको भन्दै प्रचण्डले सबै मिलेर समाजवादको नयाँ ढंगले तयारी गर्नतर्फ लाग्नुपर्नेमा बताए ।

सरकारले प्रतिवन्ध लगाएको नेक्रवित्रम चन्द विप्लव समूहको पछिल्ला गतिविधि तर्फ केन्द्रीत गर्दे प्रचण्डले भने, ‘मलाई लाग्छ यो अन्तिम–अन्तिम हुनुपर्छ । उहाँहरु अन्ततः वार्तामा आउनुको विकल्प छैन शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प छैन ।’

आइतबार काठमाडौँमा विभिन्न स्थानमा भएका बम विस्पोट र सोमबारको बन्द तर्फ संकेत गर्दे प्रचण्डले हिजोका गतिविधिले विप्लवहरुले वार्ताको वातावरण तयार गरेको बताए ।

प्रचण्डले भनेका छन्, ‘बन्द इत्यादि जुन उहाँहरुले गरिरहनु भएको छ, सायद प्रकारान्तरले यो वार्ताको वातावरण बनाउनकै लागि गरिरहेको हो भन्ने मलाई लागिरहेको छ ।’

त्यस्तै प्रचण्डले वार्ताको पहल भैरहेको पनि संकेत गर्दे उनले भने, ‘सरकराबाट पहल भइरहेको होला नि, सीके राउतको पहल भइरहेको थाहा भएन एकैचोटी परिणाम आएपछि थाहा भयो ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!