झापा । अशोक शर्माको निर्माण निर्देशन रहने नयाँ फिल्म ‘रातो टिका निधारमा’ को अहिले झापाको अर्जुनधारा जलेश्वर धाममा छायाँकन भइरहेको छ । शीर्ष गीत ‘रातो टिका निधारमा’को लागि भव्य सेट बनाएर फिल्मको छायांकन सुरु गरिएको हो ।

Advertisement

‘रातो टिका निधारमा’ गीत शर्माकै निर्देशन रहेको दशक अगाडिको सुपरहिट फिल्म ‘अल्लारे’ मा समावेश थियो । त्यतिबेला अभिनेत्री करिश्मा मानन्धर र अभिनेता राजेश हमालले नृत्य गरेको यो गतिमा अहिले अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह र नव अभिनेता अंकित शर्माले नृत्य गरिरहेका छन् । अंकित निर्देशक शर्माका छोरा हुन् । उनले यसै फिल्मबाट अभिनयमा डेब्यू गर्दैछन् ।

नेपाली पहिरनमा सजिएका कलाकारको निधारमा रातो टिका लगाएर छायांकन भइरहेको गीतमा साम्राज्ञी र अंकितका अलवा अभिनेत्री खुस्बु खड्का, बुद्धी तामाङ, नीता ढुंगाना, खुश्बु खड्का, बुद्धि तामाङ, रविन्द्र झा, शिवहरि पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाल लगायतका कलाकारहरुको पनि नृत्य रहेको छ ।

पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्मको यो गीतमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ । वसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन रहने फिल्मका गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको छ ।

गीत सकिएपछि फिल्मको अन्य दृश्यहरु झापाबाटै छायांकन थालिने निर्देशक शर्माले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!