धनकुटामा मनाइयो पुष्पलाल स्मृति दिवस
धनकुटा । धनकुटामा पनि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस मनाइएको छ । श्रीवनीस्थित एमाले पार्टी कार्यालयमा पुष्पलालको तस्बिरमा माल्यार्पणसँगै उनको योगदानको चर्चा गरेर स्मृति दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले कम्युनिष्ट नेताहरूले देखाएको बाटोमा अघि बढ्नुपर्ने धारणा राखे । नेताहरूले परिकल्पना गरेका र बाँकी थुप्रै योजन...






























