धनकुटामा गुडिरहेको बसमा आगो लागेपछि यात्रुको भागाभाग (भिडियोसहित)
धनकुटा, २८ असोज । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ घण्टे नजिक शनिवार दिउँसो गुडिरहेको बसमा आगो लागेको छ । तेह्रथुमबाट धरान जाँदै गरेको को.१ ख.४८८९ नम्बरको रेसम फिलिलि नामको यात्रुबाहक बसमा तार सट भएर आगो लागेको हो ।
गुडिरहेको बसमा अचानक आगो सल्किएर धुवाको मुस्लो निश्किएपछि यात्रुहरु अत्तालिएका थिए । चालकले बस रोक्नासाथ यात्रुहरुको भागाभाग भयो । लगत्तै पुगेको प्रहरी, स्थानीयबासी, यात्रु लगायतले के...
























