जनकपुरधाम, २८ असोज । सामूहिक बलात्कारको आरोपमा धनुषाका ५ युवक बिहार प्रहरीको हिरासतमा रहेका छन् ।

रोजगारीको सिलसिलामा भारतको बिहार हुँदै गुजरात जाने क्रममा स्टेशन यार्डमा राखिएको ट्रेनमा भारत विहार सितामढीकी एक युवतीलाई सामुहिक बालात्कार गरेको आरोपमा पाँचै जनालाई राजकीय रेल पुलिसले हिरासतमा लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका वडा नं. ९ का  ओजेन्द्र कुमार यादव, नागेन्द्र कुमार यादव, श्याम सुन्दर यादव, रामस्वार्थ यादव र श्याम कुमार रहेको  जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!