काठमाडौं, २८ असोज । नवनियुक्त मन्त्रीहरुको सपथ आज साँझ हुने भएको छ ।

Advertisement

राष्ट्रपति विद्या भण्डारीले निर्वाचन आयुक्तहरुसँग परामर्श गरे लगतै सपथको समय तय भएको हो । राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार मन्त्रीहरुको सपथ साँझ ७ बजेका लागि तय भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

यस्तै राप्रपा नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । यस्तै कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । सबैको मन्त्रालय तोकिएको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!