नयाँ दिल्ली, २८ असोज । ब्लु गेमका कारण सुसाइट बढेको भन्दै भारतको केन्द्रीय सरकारले इन्टरनेटमा ब्लु गेम प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

Advertisement

उक्त गेमको प्रतिबन्धका लागि दिल्ली उच्च अदालतमा मुद्दा परेको थियो। भारत लगायत विश्वका अन्य देशहरूमा समेत यस्ता गेमले सुसाइट दरमा वृद्धि भएको दाबी भारत सरकारले गरेको छ।

भारतको प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल सम्बधी कम्पनीहरू गुगल इन्डिया ,वाट्स एप लगायतलाई यस्ता गतिविधिहरूमा तत्कालै बन्देज लगाउनका निर्देशन दिएको छ।

भारतका सूचना प्रविधिमन्त्री रविशंकर प्रसाद ने अनुसार यस्ता इन्टरनेटको सहायताले हेरिने यस्ता गेमले सुसाइट बढाउने भएकाले भारत सरकारले यस्तो गेममा प्रतिबन्ध लगाउने भएको हो। यस प्रतिबन्धमा विश्व समुदायको पनि समर्थन हुनु पर्ने उनको दाबी छ।

भारत सरकारले  विज्ञान तथा प्रविधिसँग सम्बधित  कम्पनीहरूलाई अगस्ट ११ देखि नै यस्ता गेममा प्रतिबन्ध लगाउनका लागि निर्देशन दिइसकेको थियो।

ब्लु गेम रूसका फिलिप बुडेकिनले सन् २०१३ मा आविष्कार गरेका थिए। यस्ता गेमका कारण सुसाइट हुने गरेको २०१५ मा खुलेको थियो।-एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!