प्रजातन्त्र बलियो भएमात्र मुलुक समृद्ध बन्छ :सिंह
काठमाडौँ, २४ असोज । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्र बलियो भएमात्र मुलुक समृद्ध हुने बताउनुभएको छ ।
गैरआवसीय नेपाली संघ (एनआरएन)को अन्तरराष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज आफ्नै निवास ठमेलस्थित चाक्सीबारीमा आयोजित चियापानमा नेता सिंहले प्रजातन्त्र बलियो बनाउन एनआरएनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको हो ।
“नेपालको राष्ट्रिय राजनीति चुनावी माहोलमा होमिए...

















