भक्तपुर, १८ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ आँशिकको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

Advertisement

परीक्षामा सम्मिलित १ लाख १ हजार ३ सय ७५ मध्ये उक्त संख्यामा विद्यार्थी उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक डम्बर कुमार बतासले जानकारी दिए । यो ३५ दशमलब ५८ प्रतिशत हो । परीक्षामा सहभागी मध्ये २१ जना विद्यार्थीको परीक्षा रद्ध भएको छ । नतिजामा चित्त नबुझ्ने विद्यार्थीले रु. ५ सय तिरी १५ दिन भित्र आवेदन गर्न सक्ने बतासले बताए ।

गत बर्ष कक्षा ११ को आँशिकमा ३९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । गत बर्ष १ लाख ७ हजार ९ सय ९५ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ४२ हजार ७ सय ९९ उत्तीर्ण भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!