काठमाडौं, १८ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कलंकीका दुई जना कर्मचारीलाई घुस लिँदालिँदै पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा कार्यालयका नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाल छन् ।

उनीहरुलाई जग्गा धनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!