- संगालोखबर सम्वाददाता

धनकुटा, १८ मंसिर । धनकुटा बजार नजिक आज बिहान बिस्फोटको ठुलो आवाज सुनिएपछि स्थानीयबासी त्रसित भएका छन । तर, के बिस्फोट भएको भन्ने यकिन हुन सकेको छैन ।

बिहान करिव ३ बजेर ४५ मिनेटको समयमा बिस्फोटको ठुलो आवाज सुनिएको थियो । लगत्तै बन्दुक पड्किएको जस्तो आवाज सुनियो । धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले के–बिस्फोट भएको भन्ने यकिन गर्न आसपासका सवै क्षेत्रमा प्रहरी परिचालन गरिएको संगालोखबरलाई बताएका छन ।

Advertisement

‘बजारदेखि दक्षिण पश्चिमको एरियामा डुम्म गरेर ठुलो आवाज आयो, पछि फेरी भरुवा बन्दुक पड्किएको जस्तो आवाज सुनियो ।’ प्रहरी प्रमुख राजभण्डारीले संगालोकर्मीसँग भने ‘के–पड्किएको हो भन्ने यकिन भएको छैन । पत्ता लगाउँनका लागि सवै तिर प्रहरी खटाएका छौ ।’

डाँडागाउँबाट देखिएको धनकुटा बजार । फाईल तस्वीर : संगालोखबर

बिस्फोटको आवाजले स्थानीयबासी त्रसित

एकाबिहानै बिस्फोटको ठुलो आवाज सुनिएपछि धनकुटा बजारबासी त्रसित भएका छन । मदनचौकका सोवित श्रेष्ठले बिस्फोटको ठुलो आवाज सुनिएपछि आफुहरु त्रसित भएको बताएका छन । ‘सिलिण्डर बम नै पड्किए जस्तो सुनियो ।’ श्रेष्ठ भन्छन ‘त्यही डरले हामी त मर्निङ वाक पनि गएनौ ।’

भीमनारायण चौकका सुरज श्रेष्ठ र हुलाकटोलका अर्जुन छाराले पनि बिस्फोटको आवाजले त्रसित बनाएको बताएका छन । अधिकांसले सामाजिक सञ्जालमा पनि बिस्फोटको आवाज सुनिएको उल्लेख गरेका छन ।

यसअघि धनकुटाको साप्तिङटारमा पनि अज्ञात समुहले बाल्टिन बम बिस्फोट गराएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!