धादिङ, १८ मंसिर । धुनिबेँसी नगरपालिका–६ चालिसेमा सोमबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

Advertisement

बैरेनीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ७४०७ नँम्बरको ट्रिपर पल्टिँदा गल्छी गाउँपालिका–६ बैरनीका २८ वर्षीय सहचालक राजेश विकको मृत्यु भएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए ।

विकको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको हो । सो घटनामा चितवनको खुरखुरे–११ घर भएका ट्रिपर चालक ३५ वर्षीय राजेश लामा घाइते भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!