पाल्पा, १८ मंसिर । माथागढी गाउँपालिका–२, रूप्से देउरालीका सुरेश नेपालीको घरमा गएराति अज्ञात समूहले लुटपाट गरेका छन् ।

Advertisement

घरमूली सुरेशसहित गाउँका नौजना युवा भलिबल खेल्न बाहिर गएको मौका छोपी तीन जनाको समूहमा आएका युवाले खुकुरी देखाएर लुटपाट गरेका हुन् ।

श्रीमान् नभएको समयमा बेलुकीपख आएका लुटेराले झुम्का, मंगलसूत्र, औँठी, मडवरी, चन्द्रमा र मोबाइलसमेत लुटेर लगेको सुरेशकी श्रीमती कल्पना नेपालीले बताए ।

“खुकुरी देखाएर मुखमा कपडा कोच्यो, हात खुट्टा बाँध्यो र मेरो नाक कानका गहना, र छिमेकी नन्दहरूको गहना थुत्यो, ३ वर्षको छोरोको कानको मुन्द्रीसमेत थुतेर लग्यो”, कल्पनाले भने, “बच्चाको भुड्की, कोर्ट, पाइन्ट, चस्मा, लत्ताकपडा, चार र पाँच तोला सुन र नगद चोरी गरेर लगेको छ ।”

लुटपाटको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगी तथ्य संकलन गरी फर्केको छ । त्यस क्षेत्रमा रातभरि गाडी ओहोरदोहोर गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!