काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तथा कांग्रेसका तर्फबाट काठमाडौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गगन कुमार थापामाथि लोकतन्त्र विरोधीहरुले बम प्रहार गरेको जनाएको छ ।

Advertisement

चुनावी प्रचारप्रसारमा रहेका थापालाई लक्षित गरेर सोमबार बिहान काठमाडौको चपलीमा बम प्रहार भएको थियो । बमको छर्रा लागेर थापालाई कान, ढाड र खुट्टामा सामान्य चोट लागेको छ ।

घटनापछि कांग्रेस कार्यलयका सचिव कृष्ण पौडेलले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति निन्दा र भत्र्सना गर्दै यस्ता घटनाबाट रतिभर विचलित नहुन नेता कार्यकर्ता र मतदातालाई आग्रह गरेका छन् ।

कांग्रेसले घटनाले शानितपुर्ण एवं निर्वाध निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको अधिकारको उल्लंघन र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको जनाएको छ । साथै कांग्रेसले घटनामा दोषि रहेकाहरुलाई खोजी कडा कारवाही तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!