आज मध्यरातिदेखि यातायात बन्द
काठमाण्डौ, २० मंसिर । दोस्रो चरणअन्तर्गत मंसीर २१ गते (बिहीबार) हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आज मध्यराति १२ बजेदेखि यातायात बन्द हुने भएको छ ।
सरकारले मध्यराति १२ बजेअघि नै आफ्नो गन्तव्यमा पुग्न सबै सवारी चालकलाई आग्रह गरेको छ । गृहमन्त्रालयका अनुसार दोस्रो चरणअन्तर्गत भोली मतदान हुने ४५ जिल्लामा गाडी चलाउन पाइने छैन । मतदान हुने दिन बेलुका सात बजेसम्मका लागि यातायातमा रोक लगाइएक...




















