गठबन्धनमा मुख्यमन्त्रीको बाँडफाँड कस्तो हुँदैछ ?

गठबन्धनमा मुख्यमन्त्रीको बाँडफाँड कस्तो हुँदैछ ?

काठमाडौँ, २५ असोज । प्रदेश र केन्द्रको चुनावमा ६० र ४० को अनुपातमा उम्मेद्वारी दिने सहमति गरेका बामगठबन्धनबीच कुन प्रदेशमा कसले मुख्यमन्त्री बनाउने भन्ने विषयमा पनि संवाद शुरु भएको छ । अहिलेसम्म एमालेले चार र माओवादीले तीन प्रदेशमा मुख्यमन्त्री लिने गरी छलफल भैरहेको स्रोतको भनाई छ । स्रोतका अनुसार १, ३, ४ र ७ प्रदेशमा एमालेले मुख्यमन्त्री र २, ५ र ६ मा माओवादीले मुख्यमन्त्री पाउने गरी छलफल भएक...
आज अन्तराष्ट्रिय बालिका दिवस: दुर्व्यवहारमा बालिका बढी पीडित

आज अन्तराष्ट्रिय बालिका दिवस: दुर्व्यवहारमा बालिका बढी पीडित

खोटाङ,२५ असोज । अक्टोवर–११ अर्थात छैटौं अन्तराष्ट्रिय बालिका दिवस मनाईरहँदा खोटाङमा हिंसा तथा दुरव्यवहारमा पर्ने बालबालिकामध्ये बालिकाको संख्या दोब्बर बढी पाईएको छ । बालिका हिंसा : महिला तथा बालबालिका कार्यालयमा गत बर्ष आएका १९ वटा सो सम्बन्धी घटनामध्ये १३ जना बालिका र ६ जना बालक तथा यो बर्षको हालसम्म आएको ४ घटनामध्ये ४ वटै बालिका हिंसा तथा दुरव्यवहार रहेको तथ्याङकमा उल्लेख छ । समस्या : ४९ दशम...
पोर्चुगल विश्वकपमा, नेदरल्याण्ड्स बाहिरियो

पोर्चुगल विश्वकपमा, नेदरल्याण्ड्स बाहिरियो

काठमाडौं,२५ असोज । युरोपियन च्याम्पियन पोर्चुगलले स्वीट्जरल्याण्डलाई हराएको छ र विश्वकपमा स्थान बनाएको छ । हार वा बराबरीले पोर्चुगललाई प्ले अफमा पुर्‍याउँथ्यो । तर, स्वीट्जरल्याण्डलाई २–० ले हराउँदै पोर्चुगल समूह बीको विजेता बनेको छ । लिस्बोनमा भएको खेलको पहिलो हाफमा घरेलु टोलीले उपहार गोलबाट अग्रता लियो । ४१ औं मिनेटमा स्वीट्जरल्याण्डका जोरुले आत्मघाती गोल गरे । खेलको ५७ औं मिनेटमा भेलान्टी स...
व्यवसायी सुनिल साहको हत्या: ब्याग नदिँदा गोली प्रहार

व्यवसायी सुनिल साहको हत्या: ब्याग नदिँदा गोली प्रहार

सर्लाही,२५ असोज । सर्लाहीको कबिलासी ३ पिपरिया मा अज्ञात समूहको आक्रमणबाट मंगलबार राति व्यवसायी सुनिल साहको हत्या भएको छ । २७ वर्षीय साह सुनचाँदी व्यवसायी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक एवम प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए । प्रहरीका अनुसार, -साह हरिपुर नगरपालिका पिडारी बजारमा व्यवसाय गर्दै आएका थिए । -उनी आफ्ना बुवासँगै पसल बन्द गरेर साँझ घर पिपरियातर्फ मो...
तेह्रथुमको आठराई विकासका लागि १५ वर्षे गुरुयोजना

तेह्रथुमको आठराई विकासका लागि १५ वर्षे गुरुयोजना

तेह्रथुम,२५ असोज । तेह्रथुमको आठराईको विकासका लागि १५ वर्षे गुरुयोजना तयार पारिएको छ । आठराई गाउँपालिकाको केन्द्र रहेको संक्रान्तिबजार क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक विकासका लागि गुरुयोजना तथा भौतिक योजना निर्माण गरिएको हो । बजारलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने, खानेपानी तथा ढल व्यवस्थापन, होमस्टे निर्माणको अवधारणालगायतका योजना गुरुयोजनाको मुख्य उद्देश्यमा रहेका छन् । व्यवस्थ...
संसद् कर्मचारीको खाजाखर्च १२ करोड !

संसद् कर्मचारीको खाजाखर्च १२ करोड !

काठमाडौं,२५ असोज । ८० प्रतिशत भत्ता खाइरहेका संसद्का कर्मचारीलाई दोहोरो सुविधा हुने गरी दैनिक खाजा भत्ता पनि दिएको भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजुमा राखेको १२ करोड रुपैयाँ रातारात फर्स्योट गर्ने प्रयास भइरहेको छ । अर्थ मन्त्रालयको स्वीकृतिविपरीत संसद्को व्यवस्थापन समितिले कर्मचारीलाई ८० प्रतिशत भत्ता र दैनिक (कार्यालयको दिन ६ सय र बिदाको दिन ७ सय ५०) रुपैयाँ खाजा भत्ता दिएको थियो । क...
२०७४ असोज २५ गते बुधबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

२०७४ असोज २५ गते बुधबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा केही चुनौती देखिए पनि मेहनत गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन । मन खुसि रहनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धेरैले बिश्वास गर्नेछन । सोचेको आटेको काममा सफलता मिल्नेछ । शत्रुहरू पराजित हुनेछन भने रमाइलो यात्राको योग रहेको छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रतिष्ठित काम गर्ने मौका छ । सन्त...
धरहरा बनाउन काठमाडौं महानगरपालिकालाई पत्याएन प्राधिकरणले

धरहरा बनाउन काठमाडौं महानगरपालिकालाई पत्याएन प्राधिकरणले

काठमाडौं,२४ असोज । भूकम्पले ध्वस्त बनाएको धरहरा पुनर्निर्माणको काम राष्ट्रिय पुननिर्माण प्राधिकरण आफैले गर्ने तयारी गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले धरहरा पुनर्निर्माणको काम प्राधिकरण आफैले गर्नुपर्ने अवस्था आएको बताए । उनले धरहरा पुनर्निर्माणको काम गर्ने दावी गर्दै आएको काठमाडौं महानगरपालिकाको क्षमतानै नभएको दावी समेत गरे । धरहरा पुनर...
२४ किलो अवैध लागु औषध अफिम र चरेससहित दुई पक्राउ

२४ किलो अवैध लागु औषध अफिम र चरेससहित दुई पक्राउ

काठमाडौं,२४ असोज । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अवैध लागु औषध अफिम र चरेससहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्यूरोको टोलीले बल्खुबाट धादिङ किरानचोक गाउँपालिका ८ धीरखर्क घर भएका ३६ वर्षीय दर्जबहादुर तामाङ र मकवानपुर राक्सीराग गाउँपालिका २ घर भएका ३६ वर्षीय राजकुमार मोक्तानलाई लागु औषध र नगदसहित पक्राउ गरेको हो । प्रहरीले धादिङका ...
धादिङमा बस दुर्घटना हुँदा ४३ जना घाइते

धादिङमा बस दुर्घटना हुँदा ४३ जना घाइते

धादिङ,२४ असोज । उत्तरी धादिङको गुम्दीबाट सदरमुकाम धादिङबेसीतर्फ आउँदै गरेको बा ३ ख ४७८ नम्बरको यात्रुबहाक बस मंगलबार दिउँसो नीलकण्ठ नगरपालिका वडा नम्बर १२ कुमालगाउँमा दुर्घटना हुँदा ४३ यात्रु घाइते भएका छन् । दुर्घटनापछि स्थानीयबासी, रेडक्रसकर्मी, नेपाल प्रहरी लगायतले उद्धार गरेका छन् । अहिले सबै घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको उद्धारमा खटिनुभएका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले बता...
माओवादी मन्त्रीलाई बर्खास्त गर्ने देउवाको तयारी

माओवादी मन्त्रीलाई बर्खास्त गर्ने देउवाको तयारी

काठमाडौं,२४ असोज । आफ्नो सरकारले स्पष्ट बहुमत पाएलगत्तै प्रधानमन्त्री शेरवबदुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारीमा जुटेका छन्। प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनका पार्टीका शीर्ष नेताहरुसँग 'वान टु वान' वार्ता र कानुन व्यावसायीसँग पनि छलफल गरेर माओवादी मन्त्रीहरुलाई बर्खास्तको तयारीमा गरेका हुन्। ‘बहुमतका लागि २ सय ९७ मत सुरक्षित भएलगत्तै प्रधानमन्त्रीज्...
अफगानिस्तानमा १८ आतंककारी मारिए

अफगानिस्तानमा १८ आतंककारी मारिए

मजार इ सरिफ,२४ असोज । अफगानस्तानको उत्तरी प्रान्त बाल्खमा मंगलबार अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा १८ आतंककारी मारिएका छन् । यस कारबाहीका क्रममा अरु १२ जना सशस्त्र हतियारधारी तालिबान घाइते भएका सो क्षेत्रका प्रहरी प्रवक्ता सयेद सर्वार हुसानीले जानकारी दिए । 'हवाई बलको सहयोगमा अफगान सुरक्षा बलले बाल्ख प्रान्तको चामताल जिल्लाको तालिबान लुकेर बसेका कैयौँ गाँउमा गरेको यस कारबाहीको क्रम...
धनकुटाबाट एमालेका २९ उम्मेद्वार सिफारिस (नामावलीसहित)

धनकुटाबाट एमालेका २९ उम्मेद्वार सिफारिस (नामावलीसहित)

धनकुटा, २४ असोज । आगामी मंसिर २१ गते हुँने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले धनकुटाले २९ जना उम्मेद्वारको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक तर्फ २४ जनाको नाम प्रदेश संगठन कमिटिमा सिफारिस गरिएको एमाले धनकुटाले जनाएको छ । प्रतिनिधिसभामा ८ र प्रदेशसभामा २१ जना उम्मेद्वारको नाम सिफारिस गरिएको एमाले प्रचार बिभाग प्रमुख नैन ...
अग्र्यानिक अकबरे बन्दैछ, तेह्रथुम छथरको कोसेली

अग्र्यानिक अकबरे बन्दैछ, तेह्रथुम छथरको कोसेली

तेह्रथुम,२४ असोज । छथर गाउँपालिकामा उत्पादन भएको अकबरे खुर्सानी यहाँको कोसेलीको रुपमा परिचित बनेको छ । यहाँ आएर फर्किने तथा देश विदेशमा रहनेले अकबरे खुर्सानी र यसका परिकारलाई कोसेलीको रुपमा प्रयोग गर्न थालेका हुन् । कृषकले व्यावसायिक रुपमा अकबरेखेती गर्न थालेपछि स्थानीयस्तरमै यसका विभिन्न परिकारसमेत तयार भइरहेका छन् । केहीवर्ष अघिसम्म आफ्नै लागि किनेर खुर्सानी प्रयोग गर्ने किसानले अहिले व्यावस...
भारतीय कैदीसँग लागु औषध तस्करको सोझै कनेक्सन

भारतीय कैदीसँग लागु औषध तस्करको सोझै कनेक्सन

काठमाडौं,२४ असोज । भारतीय जेलमा रहेका अनिष नारायण मुखिया, निशान सिंह, वाकिल लगायतले भरियालाई नेपाल पठाउँथे। नेपालमा रहेका दर्जबहादुर तामाङले अफिम, चरेसलगायत लागु औषध संकलन गर्थे र तीनै भरियाको जिम्मा लगाएर भारत पठाउँथे। भारतमा पुगेपछि उक्त लागु औषध ब्राउन सुगर, ह्वाइट सुगरलगायत महँगा लागु औषध कच्चा पर्दाका रुपमा प्रयोग हुन्थ्यो। प्रहरीको लागु औषध नियन्त्रण ब्युरो (एनसीबी)ले ठूलो परिमाणसहित पक्राउ...
एमालेका सबै शीर्ष नेता प्रत्यक्ष उम्मेदवार बन्ने

एमालेका सबै शीर्ष नेता प्रत्यक्ष उम्मेदवार बन्ने

काठमाडौं,२४ असोज । वामपन्थी गठबन्धनको नेतृत्व गरेको नेकपा एमालेले आफ्ना सबै शीर्षनेताहरुलाई प्रत्यक्ष चुनावी मैदानमा उतार्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीसहित मूल नेतृत्व प्रत्यक्ष उम्मेदवार बन्ने निर्णय गरेको हो । बैठकमा सबै शीर्षनेताहरु प्रत्यक्ष उम्मेदवार बन्दा देशभरिको समन्वय गर्ने नेता नहुने र सबै क्षेत्रमा ...
नेपाली कराते खेलाडी उज्ज्वल ठकुरी गिनिस बुक अफ वल्र्ड रेकर्डमा दर्ता

नेपाली कराते खेलाडी उज्ज्वल ठकुरी गिनिस बुक अफ वल्र्ड रेकर्डमा दर्ता

अमेरिका,२४ असोज । कराते खेलाडी उज्ज्वल ठकुरी गिनिस बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएका छन् । ठकुरीले गिनिज बुकमा रहेको भ्यानडम शैलीद्वारा पुरुषले अधिक वजन उठाउने विधामा ५० केजीको कीर्तिमान तोडेर ६३.५८ केजी उठाई नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् ।काठमाडौँमा ४२ वर्ष पहिला जन्मिएका ठकुरी अमेरिका १५ वर्ष अगाडि आएका थिए । कराते खेलमा लागेर धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जीत हासिल...
प्रमुख निर्वाचन आयुक्तले भने-निर्वाचनको मुखमा अप्रिय निर्णय नलिनु

प्रमुख निर्वाचन आयुक्तले भने-निर्वाचनको मुखमा अप्रिय निर्णय नलिनु

धुलिखेल,२४ असोज । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिरमा हुने निर्वाचनलाई अप्रिय हुने कुनै निर्णय नगर्न सरकारसँग आग्रह गरेका छन् । सरकारी तहमा चुनाव सार्ने कसरत भैरहेका बेला आयोगको यस्तो आग्रह आएको हो । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि सञ्चालित निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी दुईदिवसीय तालीम...
इलाममा एक युवकको हत्या

इलाममा एक युवकको हत्या

इलाम,२४ असोज । चुलाचुली गाउँपालिका–१ का १९ वर्षीय सन्दीप फागोको आज बिहान हत्या भएको छ । बिहान ४ बजेतिर उनी घरदेखि अन्दाजी एक किमी टाढा कमल भन्ने ठाउँमा धारिलो हतियारले घाँटी र पाखुरामा काटिई मृतास्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी पेल्टिमारीबाट प्रहरी टोली गई तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
महिलाको प्रजनन स्वास्थ्य सुधारमा राष्ट्रपतिको जोड

महिलाको प्रजनन स्वास्थ्य सुधारमा राष्ट्रपतिको जोड

बनेपा,२४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा व्याप्त गलत रुढीवादी परम्पराका कारण महिलाको स्वास्थ्यमा प्रतिकूल असर परेको बताउनुभएको छ । धुलिखेलमा स्त्रीरोग विशेषज्ञको अन्तरराष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले आफूमाथि हुने शारीरिक तथा मानसिक हिंसा, असुरक्षित गर्भपतन, स्वास्थ्य सेवाको अभाव तथा आर्थिक स्रोतमा न्यून पहुँच हँुदा थ्रुप्रै महिलाले अकालमा ज्यान गुमाउनुपरेकामा दुःख व्यक...
राणाको निधनमा शोक प्रस्ताव पारित

राणाको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ,२४ असोज । व्यवस्थापिका– संसद्को आजको बैठकले नेपाली काँग्रेसका तर्फबाट विसं २०५० मा तत्कालीन राष्ट्रिय सभाका सदस्य जगदीशचन्द्रशम्शेर जबराको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धा तथा मदन पुरस्कार विजेता राणाको भारतको चण्डीगढमा उपचारका क्रममा ८८ वर्षका उमेरमा सोमबार निधन भएको थियो । सभामुख ओनसरी घर्तीले सदनमा शोक प्रस्ताव प्रस्तुत गर्नुभएको...
खोटाङमा बसको ठक्करबाट वृद्धाको मृत्यु

खोटाङमा बसको ठक्करबाट वृद्धाको मृत्यु

खोटाङ,२४ असोज । बसको ठक्करबाट यहाँ एक वृद्धाको आज बिहान घटनास्थलमै मृत्यु भएको छ । दिक्तेलबाट जयरामतर्फ जाँदै गरेको बा ३ ख ६३३५ नं को बसले ठक्कर दिँदा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाकी ७७ वर्षीया जरीकन्या राईको मृत्यु भएको हो । वृद्धाको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध गरेका छन् । दोषीलाई कडा कारबाही र मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गदै आफन्तले दिक्तेल–हलेसी सडक अवर...
चुनाव सार्ने सरकारी तयारीप्रति एमाले बोल्यो

चुनाव सार्ने सरकारी तयारीप्रति एमाले बोल्यो

काठमाडौं,२४ असोज । सरकारले आगामी  मंसिर १० र २१ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सार्ने तयारी गरिरहेको भनिएको बेला नेकपा एमालेले  तोकिएकै  मितिमा चुनाव हुनुपर्नेमा जोड  दिएको छ । एमालेको  मंगलबार बसेको स्थायी समिति बैठकले  निर्वाचन सारिए लोकतन्त्रमाथि खतरा हुने निष्कर्ष निकालेको हो ।  ‘निर्वाचन सार्नु भनेको लोकतन्त्रमाथिनै खतरा हो । सरकारमा रहेका मन्त्रीहरु फिर्ता पठाइन खोजिनु  आचारसंहित...
निर्वाचन आयोग भन्छ–‘निर्वाचन सर्ने सम्भावनै छैन’

निर्वाचन आयोग भन्छ–‘निर्वाचन सर्ने सम्भावनै छैन’

काठमाडौ,२४ असोज । निर्वाचन मिति सर्ने चर्चासँगै निर्वाचन आयोगले मुख खोलेको छ । आयोग प्रवक्ता नवराज ढकालले बजारमा आएका समचारहरुप्रति आयोगको समेत ध्यान गएको भन्दै निर्वाचन सर्ने कुनैपनि सम्भावना नभएको बताए । रातोपाटीसँग कुरा गर्दै प्रवक्ता ढकालले मंसिर १० र २१ का लागि आयोगले तयारी तीव्र पारिसकेकाले आयोगले मिति सर्ने कल्पना समेत गर्न नसक्ने बताए । ‘सरकारले दलहरुको सहमतिमै मिति तोकेर त्यहि अनुसार ...
आयुर्वेद विभागको बेथिति : २४ वर्ष तलब भत्ता वितरणमै बित्यो, निःशुल्क वितरण गरिने ६८ वटा औषधि हटाइयो

आयुर्वेद विभागको बेथिति : २४ वर्ष तलब भत्ता वितरणमै बित्यो, निःशुल्क वितरण गरिने ६८ वटा औषधि हटाइयो

काठमाडौं,२४ असोज । जडीबुटी नेपालको आम्दानी गर्ने एउटा मुख्य स्रोत हो । नेपालमा भएका जडीबुटी सङ्कलन र प्रशोधन गर्ने हो भने मनग्य आम्दानी गर्न सकिन्छ । नेपालका अधिकांश स्थानका नागरिक कुनै न कुनै माध्ययनबाट आयुर्वेदिक औषधि अर्थात् जडीबुटी प्रयोग गर्नेमा पर्छन् । तथ्याङ्कलाई नै आधार मान्ने हो भने पनि ७० प्रतिशत नेपालीले औषधिको रूपमा आफ्नै गाउँठाउँमा पाइने जडीबुटी प्रयोग गर्दै आएका छन् । तर जडीबुटीक...
प्रधानमन्त्री पत्नी धनगढीबाट उम्मेदवार बन्ने चर्चा, कैलाली कांग्रेसमा हलचल

प्रधानमन्त्री पत्नी धनगढीबाट उम्मेदवार बन्ने चर्चा, कैलाली कांग्रेसमा हलचल

कैलाली,२४ असोज । प्रधानमन्त्री पत्नी तथा कांगेस नेतृ डा. आरजु राणा देउवा कैलाली क्षेत्र नम्बर ५ अर्थात धनगढीबाट प्रतिनिधि सभाको चुनाव लड्ने चर्चा चलेपछि कैलाली कांग्रेसमा भूकम्प गएको छ । कांग्रेसका लागि बलियो आधार मानिएको धनगढीमा प्रधानमन्त्री पत्नी राणाले आँखा गाडेपछि यहाँका नेताहरु आफूले टिकट नपाउने भन्दै असन्तुष्ट बनेका हुन् । स्थानीय स्तरमा एकसे एक क्षमतावान नेताहरु हुँदाहुँदै शक्तिकै भरमा...
राजविराजबाट ९ लाख ५० हजार लुटियो

राजविराजबाट ९ लाख ५० हजार लुटियो

सप्तरी,२४ असोज । हार्डवेयर पसल सञ्चालन गर्नका लागि बैंकबाट निकालिएको नौ लाख ५० हजार रुपैयाँ मंगलबार दिउँसो लुटिएको छ । राजविराज नगरपालिका–९ मलेठ, नहरचोक निवासी मोहमद इजलास मियाँले हार्डवेयर पसल सञ्चालन गर्नका लागि राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट लिएको रकम सनराइज बैंकमा राख्नका लागि जाँदै गरेका अवस्थामा अपरिचित व्यक्तिले राजविराजको मुख्य बजारबाटै लुटेर भागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जना...
अब कोरियाबाट नेपालमा रकम पठाउन सहज

अब कोरियाबाट नेपालमा रकम पठाउन सहज

असोज,२४ असोज । दक्षिण कोरिया सरकारले साना मनि ट्रान्सफर कम्पनीलाई पनि रकम पठाउने अनुमति दिएको छ । साना कम्पनीलाई पनि रकम पठाउन अनुमति दिएसँगै अब कोरियाबाट रकम पठाउन सहज हुने प्रवासी मजदुर संगठन (एमटियु) का प्रचारप्रसार विभाग प्रमुख मधुसुदन ओझाले बताउनुभयो । यसअघि बैंकहरुलाई मात्रै रकम ट्रान्सफर गर्ने अनुमती थियो । अनुमती पाएसँगै ग्लोबल मनि एक्सप्रेस (जिएमई) ले मंगलबार बाटै सेवा सुरु गरेको छ । अ...
सरकार पुर्नगठन र चुनाव सार्ने काम अमान्य : रावल

सरकार पुर्नगठन र चुनाव सार्ने काम अमान्य : रावल

धनगढी, २४ असोज । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले चुनावको मुखमा सरकार पुनर्गठन गरी चुनाव सार्ने काम भएमा आफूहरुलाई मान्य नहुने बताउनुभएको छ । एमाले प्रदेश नं ७ को निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एमाले ७ नं प्रदेशका सयोजक समेत रावलले वाम एकताको आलोचना गर्नुभन्दा अन्य दलसँग गठबन्धन बनाएर अगाडि बढ्न काँग्रेसलगायत दललाई सल्लाह दिनुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचन...
इलाममा दुई लाख १० हजार मतदाता

इलाममा दुई लाख १० हजार मतदाता

इलाम, २४ असोज । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि इलाममा दुई लाख १० हजार ५७५ मतदाता पुगेका छन् । जिल्ला निर्वाचन कार्यालय, इलामका अनुसार गत साउन १ गतेदेखि भदौै ३ गतेसम्म सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली संकलन कार्यबाट १७ हजार २७१ जना मतदाता थपिएका हुन् । निर्वाचन कार्यालयका अनुसार आठ हजार ७३८ पुरुष र आठ हजार ५३३ जना महिला मतदाता रहेका छन् । आगामी प्रदेश सभा र प्रतिनिधि ...
वामपन्थी दलबीचको एकता सकारात्मक : थापा

वामपन्थी दलबीचको एकता सकारात्मक : थापा

विराटनगर, २४ असोज ।  राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान सरकारको स्थायित्व र सुनिश्चितताका लागि आफ्नो पार्टीले समर्थन गरेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ‘नेकपा(माओवादी केन्द्र)ले विपक्षी दल नेकपा(एमाले)सँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने निर्णय गरेपछि वर्तमान सरकार अल्पमतमा पर्न सक्ने, मुलुकमा अस्थिरता उत्पन्न हुन सक्ने र निर्वाचन धरापमा पर्न सक्न...
error: Content is protected !!