धनकुटा, १८ मंसिर । निर्वाचन प्रचारको अन्तिम दिन सोमबार धनकुटा बजारमा बाम गठबन्धनले तामझामका साथ चुनावी घरदैलो अभियान सञ्चालन गरेको छ । उम्मेदवारसहित झण्डा र ब्यानर बोकेर सयौको संख्यामा नेता–कार्यकर्ताहरु अभियानमा सहभागि थिए ।
नौमती बाजासहित नाचगान गर्दै नेता–कार्यकर्ताहरु अभियानमा निश्किएका हुन ।
स्थानीय मदनचौकबाट सुरु भएको घरदैलो अभियान हुलाकटोल, बीचबजार, भीमनारायण चौक, तल्लोकोप्चे, माथ्लोकोप्चे, जिरोपईन्ट, सिरवानी लगायत क्षेत्रमा सञ्चालन गरिएको थियो ।
अभियानका क्रममा बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्र राई र प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार निरन राईले मतदातासामु पुगी धनकुटाको विकासका लागि आफुलाई जिताउँन आग्रह गरेका थिए ।
भिडियो हेर्नुहोस्…