- देवकला कार्की/संगालोखबर

धनकुटा, १७ मंसिर । आगामी बिहिवार हुँने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागी धनकुटाका सवै मतदान केन्द्रमा भोलीसम्ममा मतदान अधिकृतसहित कर्मचारी पुग्ने भएका छन् । जिल्लाका १ सय १७ मतदान स्थलमा रहेका १ सय ५३ मतदान केन्द्रमा निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी पुग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

आज सवै मतदान अधिकृतलाई निर्वाचन सामग्री बुझाईएको र भोली सवै मतदान केन्द्रमा कर्मचारी पुग्ने जिल्ला निर्वाचन कार्यालयका नायव सुव्वा एवं सूचना अधिकारी केशव पौडेलले संगालोखबरलाई जानकारी दिएका छन् । आज मतदान अधिकृतले मतदाता परिचयपत्रसहित निर्वाचन सामग्री वुझेका हुन् ।

Advertisement
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको निर्वाचन सामाग्री मिलाईदै । तस्वीर : संगालोखबर

स्थानीय तहको निर्वाचन पछि जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका र छुटेकाहरुलाई आगामी मंगलबार र बुधबार मतदाता परिचयपत्र वितरण गरिने सुचना अधिकारी पौडेलले बताएका छन् ।

उनका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई यस अघि दुई दिने मतदान तथा मतगणना सम्बन्धी प्रशिक्षण दिईसकिएको छ । धनकुटामा ५३ हजार २ सय ५४ महिला र ५१ हजार ९ सय ३४ पुरुष गरी कुल १ लाख ५ हजार १ सय ८८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!