नागढुङ्गा-कोटेश्वर-धुलिखेल मेट्रो रेलको डीपीआर बनाउने जिम्मा लगानी बोर्डलाई

नागढुङ्गा-कोटेश्वर-धुलिखेल मेट्रो रेलको डीपीआर बनाउने जिम्मा लगानी बोर्डलाई

काठमाडौं, २७ कात्तिक । लगानी बोर्डले नागढुङ्गादेखि कोटेश्वर हुँदै धुलिखेलसम्मको रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीअार)  तयार गर्ने भएको छ । सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकले लगानी बोर्डलाई विस्तृत सम्भाव्यता अध्ययन गर्दै यसको निर्माण अघि बढाउन जिम्मा दिएको छ । हालै मात्रै लगानी बोर्डले रेलको बारेमा एक अध्ययन रिपोर्ट तयार पारेको थियो । जसलाई सोमबार बसेको बोर्डको बैठक...
प्रधानमन्त्रीको गाउँपालिकामा नै छैन विजुली र टेलिफोन सेवा !

प्रधानमन्त्रीको गाउँपालिकामा नै छैन विजुली र टेलिफोन सेवा !

काठमाडौं, २७ कात्तिक । डडेलधुरा जिल्लाको गन्यापधुरा  गाउँपालिकामा विजुली वत्ति छैन । टेलिफोन लाग्दैन  । जुन यथार्थ अरु कसैको नभएर प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँको हो । गन्यापधुरा  गाउँपालिकामा अहिलेपनि ८० प्रतिशत भूभागमा टेलिफोन सेवा छैन । विजुली पुग्ने कहिले हो कहिले केहि थाहा छैन । वडा नं २का लोकन्द्र कार्कीले भने ‘टेलिफोन छैन । संसार आधुनिकताको चरम चुलिमा छ हामी भने अन्धकारमा बस्न बाध्...
कंगोमा रेल दुर्घटनामा ३४ जनाको मृत्यु

कंगोमा रेल दुर्घटनामा ३४ जनाको मृत्यु

किन्सासा, २७ कात्तिक । दक्षिण पूर्वी कंगोमा आइतबार साँझ भएको एक रेल दुर्घटनामा परी कम्तीमा पनि ३४ जनाको ज्यान गएको समाचार छ । गुडिरहेको रेलले लिग छोडेर बाहिर निस्किँदा भएको उक्त दुर्घटनामा परी अरु कम्तीमा पनि २६ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ । रेलले लिग छोडेर बाहिरिएपछि बाटोमा गुडिरहेका अरु पनि कैयाँ कारलाई हानेको थियो । मारिनेमा ती कारमा रहेका व्यक्ति पनि परेका छन् । दुर्घटनाको कारणबार...
इराक र इरानको सीमा क्षेत्रमा भूकम्प : १४१ को मृत्यु, एक हजार भन्दा बढी घाइने

इराक र इरानको सीमा क्षेत्रमा भूकम्प : १४१ को मृत्यु, एक हजार भन्दा बढी घाइने

तेहरान, २७ कात्तिक ।  इराक र इरानको पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा परी कम्तीमा १ सय ४१ जनाको मृत्यु भएको समाचार छ । उक्त क्षेत्र इराक इरानको सीमा क्षेत्रमा पर्दछ । उक्त क्षेत्रका साथै कुवेतमा पनि भूकम्पको धक्का महसुश भएको अधिकारीहरुले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश इरानी छन् । उक्त भूकम्पमा परी इराकमा पनि ६ जनाको ज्यान गएको बताइएको छ । भूकम्प ७.३ म्याग्निच्युड मापन गरिएको...
गुल्मीमा ट्रयाक्टर दुर्घटना, एकको मृत्यु

गुल्मीमा ट्रयाक्टर दुर्घटना, एकको मृत्यु

गुल्मी, २७ कात्तिक । गुल्मीको जोहाङ्ग खैरेनी र चोरकाटेको विचमा पर्ने घुसे भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । एक जना  घम्भीर घाईते भएका छन् ।  सोमबार विहान करिव साढे १० बजे  खैरेनीबाट चोरकाटेतर्फ जाँदै गरेको लु १ त १८१७ नम्वरको ट्याक्टर सडकबाट करिव ७० मिटर तल खस्दा बाँके जिल्ला साविकको नौवत गाविसका अन्दाजी ४५ वर्षिय हरिशकुमार शाहको मृत्यु भएको हो ।  ईलाका...
७२ रुपैयाँमै आलिसान घर किन्न पाइने

७२ रुपैयाँमै आलिसान घर किन्न पाइने

काठमाडौं, २७ कात्तिक । पत्याउनु हुन्न ? पत्याउनुहोस् । त्यो पनि कुनै गरिब देशको अनकन्टार दुर्गम ठाउँमा होइन । इटालीका चारवटा इलाकामा त्यहाँको सरकारले केवल ७२ रुपैयाँमा घर किन्नका लागि अफर गरेको छ । जिन्दगीमा एउटा घर सबैको सपनाको विषय हो । कैयौं मानिस यसलाई पूरा गर्न सक्छन् त कसैले सक्दैनन् । तर इटाली सरकारको यो घोषणा विश्वभर चर्चित बनेको छ । समाचार अनुसार इटालीको गाँगी, केरेगा लिगर, पिडमान्ट तथ...
माओवादीका वाईसीएल र क्रान्तिकारीको धम्कि आक्रमण नरोकिए प्रतिकार गर्छौं

माओवादीका वाईसीएल र क्रान्तिकारीको धम्कि आक्रमण नरोकिए प्रतिकार गर्छौं

काठमाडौं, २७ कात्तिक । माओवादी केन्द्र निकट वाईसीएल र अखिल (क्रान्तिकारी)ले त्रसादीपूर्ण धम्कि दिएका छन् । आफ्ना नेताहरुमाथि आक्रमण नरोकिएमा आफुँहरुपनि खतरनाक प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् । उनीहरुले चुनावी अभियानमा रहेका नेता, कार्यकर्ता र जनताको सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग पनि गरेका छन् । वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित ताम...
रक्तश्राव भएकी सुत्केरीलाई हेलिकप्टरबाट उपचार गरेर उम्मेदवारले ज्यान बचाइदिए

रक्तश्राव भएकी सुत्केरीलाई हेलिकप्टरबाट उपचार गरेर उम्मेदवारले ज्यान बचाइदिए

काठमाडौ, २७ कात्तिक ।  जाजरकोटमा प्रतिनिधिसभाका उम्मेदवार राजिव विक्रम शाहले एक सुत्केरी महिलाको ज्यान बचाएका छन् । उच्च रक्तश्रावबाट पीडित कुशेगाउँपालिका(८ रिजापहाडाकी ३० वर्षकी चन्द्रादेवी रोका मगरलाई शाहले हेलिकप्टर मगाएर उद्धार गरी नेपालगञ्ज पठाएका हुन् । १८ घण्टासम्म लगातार रक्तश्राव नरोकिएपछि मगरलाई शाहको पहलमा थप उपचारका लागि हेलिकप्टरद्वारा नेपालगंज पुर्‍याइएको हो । मगर ९ दिनअघि दुर्गम ...
पेट्रोल भण्डारण गरेको ठाउँमा आगलागी

पेट्रोल भण्डारण गरेको ठाउँमा आगलागी

काठमाडौ, २७ कात्तिक । ललितपुरको एकान्तकुनामा रहेको सुजुकी ड्राइभिङ सेन्टरमा लागेको आगो निभाइएको छ । पेट्रोल भण्डारण गरेको ठाउँमा आगो लागेको हो । आगो के कारणले लागेको हो भन्ने थाहा हुन नसकेको सुजुकी ड्राइभिङ सेन्टरका सञ्चालक राजन क्षेत्रीले बताउनुभयो । आगोले एक हजार लिटर पेट्रोल नष्ट्र भएको उहाँले बताउनुभयो । पेट्रोल राखेको कोठा नजिकै शौचालय भएको र त्यहाँ चुरोटका ठुटा भेटिकाले चुरोटबाटै आगो सल्...
१४० मेगावाटका लागि तनहुँ जलविद्युतले पायो लाइसेन्स, उत्पादनमा कति लाग्ला समय?

१४० मेगावाटका लागि तनहुँ जलविद्युतले पायो लाइसेन्स, उत्पादनमा कति लाग्ला समय?

तनहुँ, २७ कात्तिक ।  १४० मेगावाटको तनहुँ जलशाययुक्त जलविद्युत् आयोजनाको निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को अर्ध जलशाययुक्त (पिकिङ रन अफ रिभर) आयोजनाको लाइसेन्स पाएको छ। कम्पनीलाई १०४ मेगावाटको तल्लो सेती (तनहुँ) जलविद्युत् आयोजनाको लाइसेन्स दिइएको विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए। ‘ऊर्जा मन्त्रालयको १२ कात्तिकको निर्णयबाट आयोजनाको सर्वे लाइसेन्स कम्प...
हिन्दूराष्ट्र पुनःस्थापनाको लागि भन्दै पशुपतिमा पूजापाठ

हिन्दूराष्ट्र पुनःस्थापनाको लागि भन्दै पशुपतिमा पूजापाठ

काठमाडौँ, २७ कात्तिक ।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले मुलुकमा हिन्दू राष्ट्रको माग गर्दै पशुपतिनाथको मन्दिरमा विशेष पूजा गरेको छ । आज पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मन्दिर परिसरमा पूजा शुभारम्भ गर्दै मुलुकमा पाँच हजार वर्ष पुरानो हिन्दू सभ्यता र संस्कृतिको अभ्यासलाई निरन्तरता दिन हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष लोहनीले देशमा बढ्दै गए...
चुनावको मुखमा  प्रचण्ड सरकारको निर्णय उल्ट्याइयो : ज्ञानेन्द्रले ढाँटे, कमलले पोल खोले

चुनावको मुखमा प्रचण्ड सरकारको निर्णय उल्ट्याइयो : ज्ञानेन्द्रले ढाँटे, कमलले पोल खोले

काठमाडौं, २७ कात्तिक ।  शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचनका मुखमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेका महत्वपुर्ण निर्णय उल्ट्याएको छ । देउवा सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण चिनियाँ कम्पनीलाई दिने प्रचण्ड नेतृत्वको सरकारले गरेको निर्णय सोमबार खारेज गरेको हो । व्यवस्थापिका संसदका विभिन्न संसदीय समितिको निर्देशन बमोजिम भन्दै सरकारले पुर्ववर्ति...
५५ स्थानमा टेलिकमको निःशुल्क इन्टरनेट

५५ स्थानमा टेलिकमको निःशुल्क इन्टरनेट

काठमाडौं, २७ कात्तिक ।  नेपाल टेलिकमले भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । वाइम्याक्स, इभिडिओ तथा थ्रिजी प्रविधिमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ । सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबिपिएस गतिको अनलिमिटेड इन्टरनेट सेवा दुई वर्षसम्म निःशुल्क चलाउन पाउने छन् । कम्पनीका अनुसार भूकम्प प्रभावित सिन्धुपाल्चोकका १२, नुवाकोटका २६, काभ...
गोरखाका सिडियोः बरु कुर्सी छाड्छु, अपराधी छाड्दिनँ

गोरखाका सिडियोः बरु कुर्सी छाड्छु, अपराधी छाड्दिनँ

‘हेवीवेट’ उम्मेदवारका कारण सुरक्षा चुनौती बढेको भन्दै गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले त्यसको सामना गर्न तयार रहेको बताएका छन्। सुरक्षास्थित कायम राख्न कुर्सी नै छाड्नु परेपनि आफुले आपराधीलाई नछाड्ने उनको भनाई छ। हालै भीमसेन गाउँपालिका धावाबाट गोलीसहित पेस्तोल बरामद भएको र भीमसेन गाउँपालिकाको केन्द्र घ्याम्पेसाल सार्ने निर्णयपछि खुकुरी प्रहारजस्ता घटना घटेको उल्ल्ेख गर्दै बस्नेत...
महिनावारी भएका महिलालाई मदिरामा छुट

महिनावारी भएका महिलालाई मदिरामा छुट

जेरूसेलम, २७ कात्तिक ।  इजरायलका विभिन्न बारहरूले महिनावारीका समयमा महिलाहरूलाई रक्सीमा २५ प्रतिशत छुट दिने घोषणा गरेका छन् । महिनावारी भएका महिलाहरूलाई साँझ तथा बेलुकाको समयमा रक्सीमा विशेष छुट दिने व्यवस्था इजरायलका शहरहरूमा सञ्चालित  विभिन्न बारहरूले गरेका हुन् । महिलाहरूमा प्राकृतिक रूपमा हुने मासिक चक्र अर्थात् महिनावारीका समयमा मनोरञ्जन तथा अन्य कार्यमा उनीहरूको मन कम जाने भएकाले इजरायलक...
मतदाताको गोठमा गाई दुहुदै भोट मागे रवीन्द्र अधिकारीले

मतदाताको गोठमा गाई दुहुदै भोट मागे रवीन्द्र अधिकारीले

पोखरा, २७ कात्तिक । कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले घरदैलोको क्रममा मतदाताको घरमा गाई दुहेका छन्। पोखरा लेखनाथ महानगरपालिकाको मासपारमा आइतबार घरदैलोको क्रममा गाई दुहेका हुन्। निर्वाचनमा मत आफ्नो पक्षमा पार्न उम्मेदवारले जनतालाई काममा सहयोग गर्ने गरेका छन्। अधिकारीले पनि उनले चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रमलाई तिव्र बनाएका छन्। उनीसंगै प्र...
कालिकोटवासीले नेतालाई राखे एउटै सर्त पानी खान देऊ, भोट लैजाऊ

कालिकोटवासीले नेतालाई राखे एउटै सर्त पानी खान देऊ, भोट लैजाऊ

कालिकोट, २७ कात्तिक । जिल्लाको पचालभरना गाउँपालिका ८ का तोलीभीर ठूलाचौरका स्थानीयवासीले आफूहरूलाई पानी दिनेलाई मात्र भोट दिने बताएका छन्। गाउँमा लामो समयदेखि खानेपानी व्यवस्था नभएका कारणले पानी दिनेलाई मात्र भोट दिने बताएका हुन्। गाउँमा कुनै राजनीतिक दलका उम्मेदवार मत माग्न नआएको तर, गाउँमा कोही पार्टीको उम्मेदवार भोट माग्न आएमा पहिलो प्राथमिकता खानेपानी माग गर्ने रहेको यहाँका स्थानीयले बताएका ...
‘पिंजडा ब्याक अगेन’को गीत सार्वजनिक : निखिल र सारा आधाआधा, भिडियो

‘पिंजडा ब्याक अगेन’को गीत सार्वजनिक : निखिल र सारा आधाआधा, भिडियो

काठमाडौं, २७ कात्तिक । माघ ४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'पिंजडा ब्याक अगेन'को गीत रिलिज भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश 'तिमी पनि आधा म पनि आधा' बोलको गीत सार्वजनिक गरिएको हो। उक्त गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् भने अर्जुन र अन्जु पन्तको स्वर दिएका छन्। सुन्दर लोकेसन देखिएको भिडियोमा फिल्मका मुख्य कलाकार निखिल उप्रेती र सारा सिर्पाली फिचरिङ छन...
सुनको भाउमा बढ्यो

सुनको भाउमा बढ्यो

काठमाण्डौ, २७ कात्तिक । सातको दोश्रो दिन आज (सोमबार) सुनको भाउ बढेको छ । आईतबार प्रतितोला ५५ हजार ९ सयमा कारोबार भएको सुन आज प्रतितोला १ सय रुपैयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चादीँको मुल्य पनि बढेको छ आज चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । पूर्वका झापा, माेरड, सुनसरीमा भने अाज सुन प्रतितोला ५६ हजा...
प्रहरीको गाडीबाट हामफाल्दा थुनुवाको मृत्यु

प्रहरीको गाडीबाट हामफाल्दा थुनुवाको मृत्यु

रुपन्देही, २७ कात्तिक । रुपन्देहीमा प्रहरीको गाडीबाट हाम फाल्दा एक थुनुवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारतको सिद्धार्थनगर थाना नौतनवाका २५ वर्षीय विजयकुमुार खटिकको मृत्यु भएको हो। जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी अनुसन्धानका लागि ना१ग ६१३ नं.को जीपमा लैजाँदै गर्दा आइतबार साँझ ५ बजे लुम्बिनी रोडमा गाडीबाट हाम फालेका थिए। त्यसक्रममा अर्को गाडीले ठक्कर दिँदा उनको...
झापामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

झापामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

भद्रपुर (झापा), २७ कात्तिक । झापामा मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। विर्तामोड नगरपालिका वडा नम्बर १ निवासी ३९ वर्षीय दिलबहादुर तामाङको ज्यान गएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। बिर्तामोड नगरपालिका– ६ स्थित रेखापुलनजिकै आइतबार साँझ ना३ख ४४६३ नम्बरको मालवाहक ट्रकले मे८प ९५१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटना परी गम्भिर घाइते भएका चालक तामा...
राप्रपालाई बोकेर कांग्रेसले गणतन्त्रप्रतिको प्रतिबद्धता भूल्न खोज्यो : प्रचण्ड

राप्रपालाई बोकेर कांग्रेसले गणतन्त्रप्रतिको प्रतिबद्धता भूल्न खोज्यो : प्रचण्ड

चितवन, २७ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले गणतन्त्रप्रतिको प्रतिबद्धता भुल्न खोजेको आरोप लगाएका छन्। पश्चिम चितवनको पार्वतीपुरमा सोमबार भएको चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले राजतन्त्र पक्षधर राप्रपालाई बोकेर अघि बढ्नु कांग्रेसको गल्ती भएको बताएका हुन्। राजा फाल्न र गणतन्त्र ल्याउन संघर्ष गरेको कांग्रेसले हलोमा भोट हाल्दा बिपी र गणेशमानकोस...
नेपालकी ११५ वर्षीया वृद्धा संसारभर हुँदैछिन् चर्चित, यस्तो छ कारण

नेपालकी ११५ वर्षीया वृद्धा संसारभर हुँदैछिन् चर्चित, यस्तो छ कारण

काठमाडौं, २७ कात्तिक । नेपालकी एक वयोवृद्ध महिला अहिले संसारभरका थुप्रै सञ्चारमाध्यममा ‘भाइरल’ बनिरहेकी छन् । उनी अस्वभाविक रूपमा ठूला–ठूला मिडियाका लागि समाचारको हेडलाइन बनिरहेकी हुन् । अहिले लगातार संसारभर नाम कहलिएका सञ्चारमाध्यमहरूले ती वृद्धबारे समाचार संप्रेषण गरिरहेका छन् । ती वृद्ध हुन्, धादिङमा जन्म भई हाल सिन्धुपाल्चोक गिरानचौर–१ मा बसोबास गर्ने ११५ वर्षीया बाटुली लामिछाने । उनी सुर्त...
रोल्पा बन्दले जनजीवन प्रभावित

रोल्पा बन्दले जनजीवन प्रभावित

रोल्पा, २७ कात्तिक । नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आह्वान गरेको बन्दका कारण रोल्पाको जनजीवन बिहानदेखि प्रभावित भएको छ । बन्दका कारण बिहानदेखि रोल्पाका बजार, यातायात, कलकारखाना र शिक्षण संस्था ठप्प रहेका छन् । जिल्ला इञ्चार्ज दलबहादुर खत्री र सेक्रेटरी सन्तोष सुवेदी लगायतका नेता कार्यकर्ता गिरप्तारीको विरुद्ध बन्द आह्वान गरेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले बताएको छ । सदरमुकाम लि...
मध्यरातमा आपत्तिजनक अवस्थामा वडाध्यक्ष पक्राउ

मध्यरातमा आपत्तिजनक अवस्थामा वडाध्यक्ष पक्राउ

गौशाला, २७ कात्तिक ।  जलेश्वर नगरपालिकाका एक वडा अध्यक्ष गएराति आफ्नै दलित महिला वडा सदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गए राति साढे १० बजेतिर जलेश्वर–८ स्थित दलित महिला वडा सदस्यको घरमा वडाध्यक्ष सिंह र दलित महिला वडा सदस्य दुवैलाई आपत्तिजनक अवस्थामा महि...
मोरङमा विद्युत् चोरी गर्ने आठजना पक्राउ

मोरङमा विद्युत् चोरी गर्ने आठजना पक्राउ

उर्लाबारी, मोरङ, २७ कात्तिक । विद्युत् चोरी नियन्त्रण गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङले गए राति आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कर्यालय मोरङ, सशस्त्र प्रहरी र विद्युत् प्रधिकरणको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा जिल्लाको ग्रामथान गाउँपालिका-२ बाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–२ बस्ने रञ्जित मण्डल, आशाराम माझी, बिल्लु पोदार, वीरनारा...
नगर प्रमुखको घर–जग्गा विप्लव समुहको नियन्त्रणमा

नगर प्रमुखको घर–जग्गा विप्लव समुहको नियन्त्रणमा

खोटाङ, २७ कात्तिक । नेपाल कम्यूनिष्ट पार्टी खोटाङले हलेसी–तुवाचुङ नगरपालिकाका नगर प्रमुख इबन राईको घर–जग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको घोषणा गरेको छ । गुण्डा र पैसाको बलमा चुनाव जितेर देश लुट्न लागि परेका नगर प्रमुख राई दलाल संसदीय व्यवस्थाको मतियार बनेको भन्दै शनिबार राती बिज्ञप्ति टाँसेर नेकपाले उक्त घोषणा गरेको हो । साबिकको मंगलटार–ं२ पर्ने हलेसी तुवाचुङ नगरपालिका–६ का नगरप्रमुख राईको न...
आमा डब्लम हिमालबाट हामफाल्दा किर्तिमानी रसियन बेसजम्परको मृत्यु

आमा डब्लम हिमालबाट हामफाल्दा किर्तिमानी रसियन बेसजम्परको मृत्यु

काठमाडौँ, २७ कात्तिक । रसियाका किर्तिमानी बेस जम्पर भालेरी रोजोभको नेपालमा रहेको आमा डब्लम हिमालबाट हामफाल्ने क्रममा निधन भएको छ । ५२ वर्षीय रोजोभ सात महादेशका सात अग्ला हिमालबाट हामफाल्ने योजनामा थिए । यो अभियानको आयोजना गर्ने सेभेन समिट क्लबका मिङ्मा गेलु शेर्पाले भने, ‘उनले हिमालबाट हामफाले पनि हिमालको भित्तामा ठोक्किए । उनको घटनास्थलमा नै मृत्यु भयो ।’ उनको शव काठमाडौँ ल्याई सकिएको पनि ...
आचारसंहिता विपरित भन्दै नोबेललाई स्वास्थ्य शिबिर संचालन गर्न रोक

आचारसंहिता विपरित भन्दै नोबेललाई स्वास्थ्य शिबिर संचालन गर्न रोक

मोरङ, २७ कात्तिक । बिराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड रिर्सच सेन्टरले निर्वाचन आचारसंहिता बिपरित  स्वास्थ्य शिबिर संचालन गर्न लागेको भन्दै प्रहरीले रोक लगाएको छ ।  नेपाली कांग्रेसको तर्फबाट मोरङ ३ नम्बर क्षेत्रमा प्रतिनिधि सभाको उम्मेदवार रहेका सुनिल  शर्मा संचालक रहेको नोबेलले आइतबार राखेको स्वास्थ्य शिविर सञ्चालनमा रोक लगाएको हो । नोबेलले आचारसंहिता बिपरित शिबिर संचालन गरेर मतदातालाई भ्रमम...
मृतकका परिवारलाई विदेशबाट सहयोग

मृतकका परिवारलाई विदेशबाट सहयोग

पथरी, मोरङ, २७ कात्तिक । एक महिनाअघि कतारमा बिल्डिङबाट झरेर मृत्यु भएका उर्लाबारी–९ दुर्गापुरीका २१ वर्षीय दीपक लिम्बू मादेनको परिवारलाई कतारमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । कर्मशील युवा मोरङ युवा बचत समूह कतारले मादेनको परिवारलाई लिम्बूको घरमा एक कार्यक्रमबीच रु एक लाख ३९ हजार ५५७ सहयोग गरेको हो । कतारबाट पठाइएको उक्त रकम उर्लाबारी–९ का वडाध्यक्ष बमबहादुर शर्मा, समाजसेवी तेजन खड्का लग...
रसुवामा दुई व्यवसायीको भिडन्त : नयाँ शक्तिको मत निर्णायक !

रसुवामा दुई व्यवसायीको भिडन्त : नयाँ शक्तिको मत निर्णायक !

रसुवा, २७ कात्तिक । मतदानको मिति नजिक आउँदै गर्दा रसुवामा वाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच कडा टक्कर पर्ने देखिन थालेको छ । दुवै पक्षले आफ्नो जित सुनिश्चित भएको दावी गर्दै नेता, कार्यकर्ता र उम्मेदवार सहित गाउँ गाउँमा भोट माग्ने अभियानलाई तिव्र बनाउनुका साथै चुनावी सभा गरेर शक्ति प्रर्दशन गरिरहेका छन् । केरुङ नाकाको कारण सधैं चर्चामा आइरहने रसुवा जिल्लामा यो पटकको निर्वाचन विगतको भन...
error: Content is protected !!