काठमाडौं, ५ माघ। मंसिर १० र २१ गते भएको प्रदेशसभा निर्वाचनका समानुपातिक सांसदलाई निर्वाचन आयोगले आज निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने भएको छ ।

Advertisement

प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ३३० सांसदले यसअघि नै विजयको प्रमाणपत्र पाइसकेका भए पनि प्रदेश प्रमुखको नियुक्तिमा विलम्ब हुँदा समानुपातिकतर्फका २ सय २० सांसद प्रमाणपत्र पाउनबाट वञ्चित हुँदै अाएका थिए । प्रदेश प्रमुखको नियुक्ति भएसँगै आयोगले शुक्रबार विजयी प्रदेशसभाका समानुपातिक सांसदलार्इ प्रमाणपत्र दिन लागेको हो ।

निर्वाचित उम्मेदवारहरुलाई प्रमाणपत्र लिन यसअघि नै सूचनामार्फत आग्रह गरेको आयोगले शुक्रबार बिहान १० बजेबाट प्रमाणपत्र वितरण गरिने जानकारी दिएको छ ।

संविधानअनुसार, निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्छ । प्रदेश प्रमुखले निर्वाचन परिणाम आयोगबाट पाएपछि सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!