नागरिक

काठमाडौं, ५ माघ। प्रदेश प्रमुखहरुको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा निजी सञ्चार माध्यमका सञ्चारकर्मीहरुलाई अवरोध गरिएको छ। समाचार संकलको लागि शीतल निवास पुगेका पत्रकारहरुलाई गेटमा रोकिएको छ। पत्रकारहरुले त्यसको विरोधमा प्रदर्शन समेत गरेका छन्।

Advertisement

प्रवेश नदिएपछि फोटो पत्रकारहरुले शीतल निवासको गेटमा क्यामेरा राखेर विरोध जनाएका थिए। सरकारी सञ्चारमाध्यमका पत्रकारहरुलाई मात्र सपथमा प्रवेश दिइएको थियो।

लोकतन्त्रमा पनि सार्वजनिक कार्यक्रमको समाचार संकलन र तस्बिर खिच्न रोकिनु दु:खद भएको पिजे क्लवका अध्यक्ष विकास कार्कीले बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!