काठमाडौँ, ५ माघ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राष्ट्रिय सभा निर्वाचन र पार्टी एकीकरणका विषयमा छलफल भएको छ ।

ओली निवास भक्तपुर बालकोटमा भएको उक्त छलफलमा कार्यदलले राष्ट्रियसभा गठनका विषयमा दिएको प्रतिवेदनमा छलफल भएको र त्यसलाई आवश्यक परेमा सामान्य हेरफेर गरेर अन्तिम रुप दिने निर्णय भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभएको छ ।

उहाँहरुबीच प्रदेश सरकार गठन र पार्टी एकता विषयमा छलफल भएको र यसलाई अन्तिम रुप दिनका लागि माघ ६ गते पुनः अध्यक्षहरुबीच थप गृहकार्य गर्ने गरी छलफल गर्ने सहमति भएको छ । दुवै दलका अध्यक्षबीच आजको छलफलपछि यही माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय भएको जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!