दाङमा जारी आमहडताल आज राति ११ बजेपछि फिर्ता हुने

दाङमा जारी आमहडताल आज राति ११ बजेपछि फिर्ता हुने

तुलसीपुर, दाङ, ६ माघ। प्रदेश नं ५ को अस्थायी राजधानीको माग गर्दै विगत पाँच दिनदेखि दाङमा जारी आमहडताल आज राति ११ बजेपछि फिर्ता हुने भएको छ । संघर्ष समितिको लमहीमा केहीबेर अगाडि बसेको बैठकले आन्दोलनका अन्य कार्यक्रम भने जारी रहने संघर्ष समितिका सचिव एवं माओवादी केन्द्र दाङका नेता निर्मल आचार्यले जानकारी दिनुभयो । आइतबार बिहानदेखि यहाँका शिक्षण संस्था, यातायातका साधन, उद्योग तथा कलकारखाना, ब...
रेडक्रसले विपद्मा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने

रेडक्रसले विपद्मा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने

काठमाडौँ, ६ माघ। विपद् वा संकटको परिस्थितिमा पानीजन्य रोगको उपचारलाई अझ सहज बनाउन आपत्कालीन स्वास्थ्य क्लिनिक सञ्चालनमा आउने भएको छ । विपद्का समयमा जुनसुकै स्थानमा देखापर्नसक्ने त्यसप्रकारका रोगलाई नियन्त्रणमा लिई स्वास्थ्य सेवा पु¥याउन नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा पहिलो पटक स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउने तयारी पूरा गरेको छ । यसका लागि आपतकालीन अस्पताल एवं...
सीमा विवाद छानबिन गर्न नापी विभागको टोली वीरगञ्जमा

सीमा विवाद छानबिन गर्न नापी विभागको टोली वीरगञ्जमा

पर्सा, ६ माघ। वीरगञ्ज महानगरपालिका– १ छपकैयामा देखिएको सीमा विवादबारे छानबिन गर्न नापी विभागको टोली आज वीरगञ्ज आएको छ । छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को सहायक पिलर ठीक ठाउँमा नलगाएका कारण ५० बिगाहाभन्दा बढी नेपाली जग्गा भारततर्फ जान लागेको भन्दै स्थानीयवासीले सीमास्तम्भ निर्माण कार्यको विरोध गरेपछि यथार्थ बुझ्न नापी विभागका निर्देशकको नेतृत्वमा टोली वीरगञ्ज आएको हो । नापी विभागका निर्दे...
थ्री स्टार सेमिफाइनलमा

थ्री स्टार सेमिफाइनलमा

इटहरी, ६ माघ। इटहरी रङ्गशालामा भएको मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलअन्तर्गत आज भएको खेलमा रुस्लान थ्री स्टार क्लब काठमाडौँ विजयी भएको छ । थ्री स्टारले सशस्त्र प्रहरीको एपिएफलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । थ्री स्टारका लागि दुवै गोल अजयी मार्टिनले गरेका थिए । थ्री स्टारकै पिटर सेमनले आत्माघाती गोल गरेका थिए । आत्माघाती गोल गरेपछ...
राष्ट्रपति भण्डारीद्वारा फुटबल खेल उद्घाटन

राष्ट्रपति भण्डारीद्वारा फुटबल खेल उद्घाटन

इटहरी, ६ माघ। राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभर देशको छवि र समृद्धिको शिखर उचाइमा पु¥याउनका लागि खेल जगत्ले महत्वपूर्ण योगदान पु¥याउने भएकाले यस क्षेत्रप्रति राज्य अतिसंवेदनशील भएर अघि बढ्न जरुरी रहेको कुरामा सवैको ध्यानाकर्षण गराउनु भएको छ । राष्ट्रपति भण्डारीले इटहरीको सबैभन्दा पुरानो राष्ट्रिय जागृति क्लबको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजन र मदन भण्डारी प्रतिष्ठानको सहयोगमा ...
धनकुटामा कांग्रेसका सवैले दिए राजिनामा, कालो झण्डा गाडेर पार्टी कार्यालय बन्द

धनकुटामा कांग्रेसका सवैले दिए राजिनामा, कालो झण्डा गाडेर पार्टी कार्यालय बन्द

धनकुटा, ६ माघ । कांग्रेस नेतृत्वको सरकारले धनकुटालाई उपेक्षा गर्दै भारतीय सिमा क्षेत्रमा १ नम्बर प्रदेशको अस्थायी मुकाम तोकेको भन्दै धनकुटामा कांग्रेसका सवैले राजिनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले धनकुटालाई अन्याय गरेको भन्दै त्यसको विरोधमा कांग्रेस जिल्ला सभापतिसहित सवै पदाधिकारी र सदस्यहरुले सामुहिक राजिनामा दिएका हुन् । नेपाली कांग्रेस धनकुटाले आज साँझ पत्...
प्रादेशिक राजधानी तोक्ने निर्णय नसच्चिएसम्म आन्दोलन कायमै: नेता महरा

प्रादेशिक राजधानी तोक्ने निर्णय नसच्चिएसम्म आन्दोलन कायमै: नेता महरा

तुलसीपुर, दाङ, ६ माघ। नेकपा(माओवादी केन्द्र)का नेता तथा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका कृष्णबहादुर महराले सरकारले प्रादेशिक राजधानी तोक्ने सरकारले गरेको निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने बताउनुभएको छ । आज दाङको लमहीमा प्रदेश नं ५ को राजधानी दाङलाई नै बनाउनुपर्ने माग गर्दै जनसंघर्ष समितिले थालेको बृहत् सभालाई सम्बोधन गर्दै उहाँले आन्दोलनको स्वरुप भने परिवर्तन ग...
विमान भित्र्याउने प्रतिस्पर्धामा वायु सेवा प्रदायक

विमान भित्र्याउने प्रतिस्पर्धामा वायु सेवा प्रदायक

काठमाडौँ, ६ माघ।  मुलुकभित्र सुविधा सम्पन्न विमानस्थलको अभाव भइरहेको बेला निजी वायु सेवा प्रदायक कम्पनी भने नयाँ विमान भित्र्याउने होडबाजीमा लागेका छन् । सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले पनि नयाँ विमान ल्याउन विभिन्न खालका तयारी गरिरहेको बेला निजी सेवा प्रदायक एक पछि अर्को गर्दै नयाँ विमान भित्र्याउन लागिपरेका हुन् । नेपालमा प्रतिष्ठित बुद्ध एयर, यति एयर, श्रीलगायतका निजी वायु सेवा प्...
धनकुटामा निषेधाज्ञा र आमहड्तालले जनजीवन अस्तब्यस्त

धनकुटामा निषेधाज्ञा र आमहड्तालले जनजीवन अस्तब्यस्त

धनकुटा, ६ माघ । प्रशासनले जारी गरेको निषेधाज्ञा र आन्दोलनकारीले गरेको अनिश्चितकालिन आमहड्तालका कारण धनकुटाको जनजीवन अस्तब्यस्त बनेको छ । प्रदेशको अस्थायी मुकाम नतोकेको बिरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि धनकुटा बजार क्षेत्रमा प्रशासनले बिहीबार बिहानबाट लगाएको निषेधाज्ञा आज पनि जारी छ । चार दिन देखि जारी आमहड्ताल र तीन दिनयताको निषेधाज्ञाका कारण धनकुटाको जनजीवन अस्तब्यस्त बन्दै गएको हो । हिजो स...
अस्थायी मुकामलाई लिएर आन्दोलन गर्नु अनुचित – वरिष्ठ नेता खनाल

अस्थायी मुकामलाई लिएर आन्दोलन गर्नु अनुचित – वरिष्ठ नेता खनाल

काठमाडौँ, ६ माघ। नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले प्रदेशको अस्थायी मुकामको विषयलाई लिएर अहिले विवाद, बखेडा झिकेर आन्दोलन गर्नु उपयुक्त नहुने बताउनुभएको छ । रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो– अस्थायी राजधानी स्थायी रहँदैनन् । प्रदेशले यो बारेमा आफैँले निर्णय गर्नेछ, यद्यपि प्रदेशको राजधानी तोक्नेबारेमा सरकारले भने राम्रो ढंगले बुद्धि पु¥याएन । प्रदे...
राष्ट्रियसभाका लागि एमाले २ नं प्रदेशबाट ५५ जना सिफारिश

राष्ट्रियसभाका लागि एमाले २ नं प्रदेशबाट ५५ जना सिफारिश

लहान, ६ माघ । नेकपा (एमाले) २ नं प्रदेश संगठन समितिले राष्ट्रियसभाका लागि सो प्रदेशबाट ५५ जनाको नाम सिफारिश गरेको छ । एमाले प्रदेश संगठन समितिको राजविराजमा शुक्रबार सम्पन्न बैठकले प्रदेश नं २ बाट निर्वाचित हुने आठ राष्ट्रियसभा सदस्यका लागि ती नाम सिफारिश गर्ने निर्णय गरेको एमाले २ नं प्रदेश संयोजक एवं स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिनुभयो । सोअनुसार सिरहाबाट रामचन्द्र यादव, जय...
घरदैलोमा सिंहदरबार पुग्दा पनि सास्ती

घरदैलोमा सिंहदरबार पुग्दा पनि सास्ती

दुनै, डोल्पा, ६ माघ। सिंहदरबारको अधिकार घरदैलोमा भन्ने कुरा डोल्पाली जनताको हकमा भने लागू हुन सकेको छैन । विकट हिमाली जिल्ला डोल्पामा काम परेका बेला जनप्रतिनिधि र कर्मचारी नभेटिने गरेपछि जनताले पहिलेकै जस्तो सास्ती खेप्नुपरेको छ । यतिखेर जिल्लाका आठ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा सचिव र अध्यक्ष कार्यालयमा नभेटिने गरेपछि जनतालाई पञ्जीकरण, सिफारिशलगायत सुविधा लिन समस्या भएको छ । दुई नगरप...
वडाध्यक्षबाट दृष्टिविहीनलाई सहयोग

वडाध्यक्षबाट दृष्टिविहीनलाई सहयोग

  दोलखा, ६ माघ। तामाकोशी गाउँपालिका वडा नं १ का वडाध्यक्षले आफ्नो भत्ताबापतको रकम दृष्टिविहीन बालकलाई शुक्रबार प्रदान गर्नुभएको छ । अध्यक्ष महेश्वर काफ्लेले सोही वडाका दुई दृष्टिविहीन बालकलाई भत्ताबापतको रु आठ हजार ७७५ र अमेरिका निवासीसानु शेर्पाको रु पाँच हजार गरी एकमुष्ट रु १३ हजार ७७५ सहयोग गर्नुभएको हो । विभिन्न तालीम गोष्ठीबाट आफूलाई भत्तास्वरुप प्राप्त रकम विपन्न तामाकोशी – १ माझीगाउ...
भाइरल पत्ता लगाउन नमूना संकलन

भाइरल पत्ता लगाउन नमूना संकलन

सल्लेरी, सोलुखुम्बु, ६ माघ।  महाकुलुङ गाउँपालिका वडा नं २ का भाइरल प्रभावित ४५८ जनाको उपचार गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डा सन्डु शेर्पासहितको टोलीले आइतबारदेखि शुक्रबारसम्म गरी ४५८ जनाको उपचार गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयबाट प्रभावित क्षेत्रमा पुगेको ¥यापिड रेसपोन्स टिमका सम्पर्क व्यक्ति स्वास्थ्य सहायक कुमार केसीले बिरामीको अवस्था सुधारोन्मुख रहेको जानकारी दिनुभयो । अ...
अस्पतालले चढायो अर्कै समूहको रगत, दुवै मिर्गौला फेल

अस्पतालले चढायो अर्कै समूहको रगत, दुवै मिर्गौला फेल

काठमाडौं, ६ माघ । भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । रक्तस्राव भएपछि उपचार गर्न आएकी उनलाई अर्कै समूहको रगत चढाइएपछि जीवनमरणको दोसाँधमा पुगेकी छिन् । महिनावारी हुँदा अत्यधिक रक्तस्राव भएपछि परिवारले रुमालाई गत २१ पुसमा अस्पताल भर्ना गरेको थियो । ‘ओ’ पोजेटिभ रगत समूह भएकी उनलाई अस्पताल...
२३ माघअघि सबै प्रदेशसभाको अधिवेशन, ३ फागुनभित्र मुख्यमन्त्री

२३ माघअघि सबै प्रदेशसभाको अधिवेशन, ३ फागुनभित्र मुख्यमन्त्री

काठमाडौं, ६ माघ। संविधानको धारा १८३ अनुसार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले २० दिनभित्र प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान गर्नेछन् । निर्वाचन आयोगले ३ माघमा अन्तिम नतिजा सार्वजनिक गरेको थियो । सोही दिनबाट गणना हुँदा २३ माघभित्र अधिवेशन बोलाइसक्नुपर्नेछ । प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थका अनुसार आइतबार प्रदेश सभा सदस्यको शपथग्रहण मात्रै हुनेछ । अधिवेशन कहिले...
एउटै वडामा सुन्तलाबाट तीन करोड आम्दानी

एउटै वडामा सुन्तलाबाट तीन करोड आम्दानी

पोखरा,  ६ माघ। पोखरा २१ का किसानले यस वर्ष सुन्तला बेचेर तीन करोड मूल्य गाउँ भित्र्याएका छन्। कृस्ति र निर्मलपोखरीका किसानले सुन्तला बेचेरै तीन करोड रुपैयाँ गाउँ भित्र्याउन सफल भएका हुन्। गत वर्ष सुन्तला बिक्री गरेर एक करोड ५० लाख रुपैयाँ आम्दानी गरेका त्यहाँका किसानले यस वर्ष दोब्बर बढी आम्दानी गरेको जिल्ला सुन्तला उत्पादन संघ कास्कीका उपाध्यक्ष उमानाथ सुवेदीले बताए। ‘गत वर्ष किलोको ६० देखि ७०...
एमाले-माओवादी एकता प्रक्रिया निर्णायक मोडमा

एमाले-माओवादी एकता प्रक्रिया निर्णायक मोडमा

काठमाडौं,  ६ माघ । एमाले-माओवादीबीच चार महिनायताको एकता प्रक्रिया अब निर्णायक मोडमा पुगेको नेताहरूले दाबी गरेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार बालकोटमा भेट्दै यसको अन्तिम खाका बनाएको उच्च स्रोतले जानकारी दियो ।एकताबारे ‘विभिन्न आशंका र षड्यन्त्रलाई चिरेर’ छोटो र छिटो विधिबाट पार्टी एकता टुंगोमा पुर्‍याउने समझदारी दुई शीर्ष नेताबीच भएको दाबी गरिएक...
तीन महिला सगरमाथा चढ्ने

तीन महिला सगरमाथा चढ्ने

काठमाडौँ, ६ माघ।  वैदेशिक रोजगारीबाट फर्किएका पीडित, दलित र एकल महिलालाई सहयोग गर्ने उद्देश्यले तीन महिलाले आगामी चैतमा पर्वतारोही सगरमाथा आरोहण गर्ने भएका छन् । ‘महिला आत्मनिर्भरताका लागि पर्वतारोहण’ भन्ने नाराका साथ लाक्पायाङ्जी शेर्पाको नेतृत्वमा याङ्डी शेर्पा सर्वाेच्च शिखरमा जाने पर्यटन पत्रकार संघको आयोजनामा शुक्रबार भएको पत्रकार सम्मेलनमा जनाइएको छ । सो अवसरमा लाक्पा याङ्जीले पर्यटन...
दुवै आँखा दान गर्ने घोषणा

दुवै आँखा दान गर्ने घोषणा

लहान, ६ माघ । मधेश आन्दोलनका अगुवा कृष्णबहादुर यादवले शुक्रबार ११औँ ‘बलिदानी दिवस’का अवसरमा नेत्रदानको घोषणा गर्नुभएको छ । लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा सम्झौता गरी यादवले मरणोपरान्त दुवै आँखा दान गर्ने घोषणा गर्नुभएको हो । विसं २०६३ माघ २ गते अन्तरिम संविधानको विरोधमा शुरु भएको आन्दोलनका क्रममा लहानमा रमेश महतोको मृत्यु भएको माघ ५को दिनलाई मधेशवादी दलले बलिदानी दिवसका रुपमा मनाउँदै आ...
२०७४ माघ ६ गते शनिबारको राशिफल

२०७४ माघ ६ गते शनिबारको राशिफल

वि.सं. २०७४ साल माघ ६ गते। शनिबार। इश्वी सन् २०१८ जनवरी २० तारिख। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– तृतीया, १२:०६ बजेउप्रान्त चतुर्थी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तर, प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। लाभको अवसर मिले पनि फाइदा जति अरूलाई सुम्पनुपर्ने हुन...
धनकुटेलीले सरकारलाई नागरिकता फिर्ता दिने, घर-घरमा कालो झण्डा गाडिने

धनकुटेलीले सरकारलाई नागरिकता फिर्ता दिने, घर-घरमा कालो झण्डा गाडिने

धनकुटा, ५ माघ । धनकुटाबासीले सरकारलाई नागरिकता फिर्ता दिने भएका छन् । बिराटनगरलाई प्रदेशको अस्थायी मुकाम तोकेपछि बिरोध प्रदर्शनलाई चर्काएका जिल्लाबासीले शनिवारबाट नागरिकता संकलन गरेर सरकारलाई फिर्ता पठाउँने भएका हुन् । शुक्रबार साँझ बसेको आन्दोलन परिचालन समितिको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले धनकुटेलीलाई नागरिक सरह ब्यवहार नगरेको भन्दै बिरोध स्वरुप जिल्लाबासीले नागरिकता फिर्ता दिने निर्ण...
फोटो पत्रकार क्लबको ध्यानाकर्षण

फोटो पत्रकार क्लबको ध्यानाकर्षण

काठमाडौँ, ५ माघ ।  नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा निजी सञ्चार माध्यमका फोटो पत्रकार र क्यामरा पत्रकारलाई प्रवेश निषेध गरिएको भन्दै फोटो पत्रकार क्लब, नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । क्लबका अध्यक्ष विकास कार्कीले आज प्रेस विज्ञप्ति जारी गरी समाचार संकलनका लागि शीतल निवास पुगेका फोटो पत्रकारलाई गेटमा रोकिनु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । संविधा...
बेपत्ताको छानबिन र सत्यनिरुपण आयोग अध्यादेश जारी

बेपत्ताको छानबिन र सत्यनिरुपण आयोग अध्यादेश जारी

काठमाडौँ, ५ माघ।  राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन), २०७४ अध्यादेश आज जारी गर्नुभएको छ । गत पुस २१ को मन्त्रिपरिषद्को बैठकको सिफारिश एवं नेपालको संविधानको धारा ११४ (१) अनुसार उक्त अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलापसम्बन्...
निर्वाचनको अनुकूल वातावरण बनाउन निर्वाचन आयोगको अपिल

निर्वाचनको अनुकूल वातावरण बनाउन निर्वाचन आयोगको अपिल

काठमाडौँ, ५ माघ।  नेपालको संविधानले व्यवस्था गरेअनुसार संघीय संसद्लाई पूर्णता दिने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अनुकूल वातावरण बनाइदिन निर्वाचन आयोगले अपिल गरेको छ । सरकारले यही माघ २४ गते बुधबारका दिन राष्ट्रियसभाको निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोकिएको व्यहोरा सबै सरोकारवालालाई स्मरण गराउँदै आयोगले सबै सरोकारवालासँग त्यस्तो अपिल गरेको हो । निर्वाचन आयोगमा प्रवक्ता एवं स...
दुई कोरियाले ओलम्पिकमा सहभागिता जनाउने विषयमा स्वागत

दुई कोरियाले ओलम्पिकमा सहभागिता जनाउने विषयमा स्वागत

काठमाडौँ, ५ माघ।  सरकारले गणतन्त्र कोरिया र प्रजग कोरियाले जारी तनाव सामान्यीकरण गर्ने उद्देश्यका साथ हिउँदे ओलम्पिकमा उनीहरुले सहभागिता जनाउने भएकामा स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी दक्षिण कोरियाको राजधानी सिउलमा हुने उक्त ओलम्पिक खेलमा उत्तर कोरियाको सहभागिताले दुई देशबीच आपसी सम्बन्ध सुधार हुने अपेक्षा गरेको छ । नेपालले उक्त कार्यले सकारात्मक वातावरण बनी ...
प्रदेशसभा सदस्यको शपथ आइतबार बिहान

प्रदेशसभा सदस्यको शपथ आइतबार बिहान

काठमाडौँ, ५ माघ। नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथपछि प्रदेशसभा सदस्यको शपथका लागि तयारी शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई आज पद तथा गोपनीयताको शपथ गराएलगत्तै निर्वाचन आयोगले उहाँहरुलाई राष्ट्रपति कार्यालयमै प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ । प्रदेश प्रमुखलाई प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रत...
न्यूरोडबाट चितुवाको छालासहित तीन पक्राउ

न्यूरोडबाट चितुवाको छालासहित तीन पक्राउ

काठमाडौँ, ५ माघ। महानगरीय अपराध महाशाखाले संरक्षित वन्यजन्तु चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले संरक्षित वन्यजन्तुको छाला ओसारपसार गरेको भन्दै बैतडीका महेशराम औजी, जनक महरा र सुरेन्द्र दयाललाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । महाशाखाले काठमाडौँको न्यूरोडस्थित भूगोल पार्कमा झोलाभित्र बोरामा प्याक गरी राखेको अवस्थामा पक्राउ गरेको हो । उक्त छाला ब...
करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

संखुवासभा, ५ माघ । सभाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सभापोखरी गाउँपालिका–६ बस्ने ३७ वर्षीय राजु राईको बिहीबार राति मृत्यु भएको छ । सभाखोलामा इन्भर्टर प्रयोग गरेर माछा मार्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी बाह्रबिसेले जनाएको छ । प्रहरीले घटनास्थलमा इन्भर्टर, ब्याट्री र माछा मार्ने जाली फेला पारेको छ ।
तेह्रौँ राष्ट्रिय उसु प्रतियोगिता प्रारम्भ

तेह्रौँ राष्ट्रिय उसु प्रतियोगिता प्रारम्भ

इटहरी, ५ माघ । सुनसरीको इटहरीस्थित रंगशालाको तेक्वान्दो एकेडेमी कबर्ड हलमा राखेप च्याम्पियनसिप तेह्रौँ राष्ट्रिय उसु खेल प्रतियोगिता २०७४ प्रारम्भ भएको छ । नेपालका पहिलेका पाँच विकास क्षेत्र र तीन विभागीय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका आर्मी गरी आठ टोलीका विभिन्न तौल समूहका ११० पुरुष र ७१ महिला खेलाडीको सहभागिता छ । उक्त राष्ट्रिय प्रतियोगिताअन्तर्गत सान्छौ खेलको पुरुषतर्फका ...
पोखरा विविले रोजगारीमूलक विषय सञ्चालन गर्ने

पोखरा विविले रोजगारीमूलक विषय सञ्चालन गर्ने

काठमाडौँ, ५ माघ । पोखरा विश्वविद्यालयले व्यवस्थापन प्रशासन संकायको स्नातकोत्तर तहमा नयाँ रोजगारीमूलक विषयको पठनपाठन शुरु गर्ने भएको छ । समयको माग र आवश्यकतानुसार विश्वविद्यालयले व्यवस्थापन प्रशासनमा स्नातकोत्तर तह नयाँ रोजगारमूलक कार्यक्रम एमबिए–उद्यमशील र खोजमूलक कार्यक्रममा पढाइ शुरु गर्ने विश्वविद्यालयका उपप्रशासक सानु घलेले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीलाई रोजगारी खोज्नेको सट...
error: Content is protected !!