मन्त्रिपरिष्द निर्णयः उद्योगग्राम, रंगशाला र प्राविधिक महाविद्यालय स्थापना गरिने

मन्त्रिपरिष्द निर्णयः उद्योगग्राम, रंगशाला र प्राविधिक महाविद्यालय स्थापना गरिने

काठमाडौँ, ३ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्येक स्थानीय तहमा उद्योगग्राम निर्माण गर्ने निर्णय गरेको छ । बैठकले प्रत्येक प्रदेशको सदरमुकाममा आधुनिक खेलग्रामसहितको रंगशाला बनाउने र प्रत्येक प्रदेशमा प्राविधिक/व्यावसायिक महाविद्यालय स्थापना गर्ने निर्णय पनि गरेको महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले जानकारी दिनुभयो । ब...
विकास र वातावरणलाई सन्तुलन कायम गर्नुपर्ने: लालबाबु पण्डित

विकास र वातावरणलाई सन्तुलन कायम गर्नुपर्ने: लालबाबु पण्डित

काठमाडौँ, ३ फागुन । नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले देश र जनताका पक्षमा इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभएको छ । आज साँझ अबेर पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “स्थायी सरकार गठन भएकाले अब डर र त्रसित मानसिकताले काम गर्नुपर्ने अवस्था आउने छैन, मन्त्रालयको जिम्मेवारी पूरा गर्ने सन्दर्भमा कोहीदेखि डराउनुपर्ने अवस्था रहने छ...
‘दुई वर्षभित्रै सबै स्थानीय तहमा प्राविधिक शिक्षालय’: प्रम

‘दुई वर्षभित्रै सबै स्थानीय तहमा प्राविधिक शिक्षालय’: प्रम

काठमाडौँ, ३ फागुन । सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)ले मान्यता दिएका प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ पदबहाली गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई प्राविधिक रुपमा दक्ष बनाउन र रोजगारीको अवसरसमेत सिर्जना गर्ने लक्ष्यका साथ सबै स्थानीय तहमा त्यस्त...
नेपाल डिभिजन–२ को उपविजेतामा सीमित

नेपाल डिभिजन–२ को उपविजेतामा सीमित

काठमाडौँ, ३ फागुन । आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाल संयुक्त अरब इमिरेट्स (युएइ) सँग पराजित हुँदा उपविजेतामा सीमित बनेको छ । नामिवियास्थित विन्डहोकस्थित वन्डर्रस क्रिकेट मैदानमा भएको खेलमा नेपाल युएइसँग सात रनले पराजित भएको थियो । दुई सय ७८ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभर पूरै खेल्दै आठ विकेट क्षतिमा २७० रनमा समेटिएको थियो । नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट पारी गर्दै शत...
चिनियाँ प्रधानमन्त्रीद्वारा प्रम ओलीलाई बधाई ज्ञापन

चिनियाँ प्रधानमन्त्रीद्वारा प्रम ओलीलाई बधाई ज्ञापन

काठमाडौँ, ३ फागुन । चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङले  केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री लीले आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीको कार्यकालमा चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउनका साथै पारस्परिक लाभका द्विपक्षीय सहयोगका क्षेत्रमा मिलेर काम गर्ने बताउनुभएको छ । सन्देशमा च...
बंगलादेश भ्रमण गर्न प्रम ओलीलाई निम्तो

बंगलादेश भ्रमण गर्न प्रम ओलीलाई निम्तो

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नेपालको प्रधानमन्त्री हुनुभएकामा बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई बंगलादेशका प्रधानमन्त्रीले आज बधाई सन्देश पठाउँदै नेपाल र नेपाली जनताको कल्याणका निम्ति नेता ओलीले निर्वाह गर्नुभएको भूमिकाको नेपाली नागरिकले उच्च मूल्यांकन गरेको बताउनुभएको छ । बंगलादेशको स्...
प्रदेश १ का शहीदभूमिमा ऐतिहासिक बस्ती निर्माण गरिने

प्रदेश १ का शहीदभूमिमा ऐतिहासिक बस्ती निर्माण गरिने

विराटनगर, ३ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री राईले सरकारका प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री राईका अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले शहीदहरुको सम्झनामा एक–एक नमूना गाउँ बस्ती निर्माण गर्ने निर्णय गरेको छ । प्रदेश नं १ मा प...
प्रमद्वारा कीर्तिपुरस्थित पुष्पलालको शालिकमा माल्यार्पण

प्रमद्वारा कीर्तिपुरस्थित पुष्पलालको शालिकमा माल्यार्पण

काठमाडौँ, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित चम्पादेवीमा पुगेर नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथलगत्तै प्रधानमन्त्री ओलीले शहीद उद्यान, लैनचौरमा पुगी शहीदप्रति पुष्पगुच्छा अर्पण गरेपछि पार्...
नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्यः उपराष्ट्रपति पुन

नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्यः उपराष्ट्रपति पुन

तुलसीपुर, दाङ, ३ फागुन ।  उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताउनुभएको छ । दाङ उद्योग वाणिज्य संघद्वारा दाङको घोराहीमा आयोजित “व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृषि प्रदर्शनी– २०७४” को आज उद्घाटन गर्दै उहाँले भन्नुभयो – “जलविद्युत्, कृषि, खनिज, पर्यटन र उद्योग कलकारखानाबाट नै नेपाल समृद्ध मुलुक बन्न सक्छ ।” उपराष्ट्रपति पुनले पछिल्...
माओवादी जनयुद्धका तस्वीर प्रदर्शनी शुरु

माओवादी जनयुद्धका तस्वीर प्रदर्शनी शुरु

काठमाडौँ, ३ फागुन । तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको ‘जनयुद्ध’को समयमा खिचिएका विभिन्न तस्वीरको प्रदर्शनी आजदेखि नेपाल कला परिषद् बबरमहलमा शुरु भएको छ । ‘माओवादी जनयुद्धको दुई दशक’ शीर्षकमा सांस्कृतिक संग्रहालय नेपालको आयोजनामा शुरु भएको सो प्रदर्शनीमा माओवादीले ‘जनयुद्ध’ शुरु गरेको विसं २०५२ फागुन १ गते सार्वजनिक गरेको पोस्टर, माओवादीका लडाकु, महत्वपूर्ण बैठक तथा प्रशिक्षणका तस्वीर सम...
मुख्यमन्त्री राईद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

मुख्यमन्त्री राईद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

विराटनगर, ३ फागुन ।  प्रदेश नं १ का प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले आज अपराह्न मुख्यमन्त्री शेरधन राईलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नेकपा (एमाले) प्रदेश नं १, संसदीय दलका नेता उहाँ भोजपुर जिल्लाबाट प्रदेशसभामा निर्वाचित हुनुभएको हो । राईको जन्म २०२७ साल फागुन महिना ११ गते भोजपुर आमचोक गाउँपालिका–३ मा भएको हो । पिता जागीरमान र माता राम्रीमायाका सुपुत्र उहाँले समाजशास्त्रमा स्...
प्रधानमन्त्री ओलीबाट शहीदप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्री ओलीबाट शहीदप्रति श्रद्धाञ्जलि

काठमाडौँ, ३ फागुन ।  नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद उद्यानमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथलगत्तै प्रधानमन्त्री ओलीले शहीद उद्यान पुगी शहीदप्रति पुष्पगुच्छाद्वारा श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । प्रधानमन्त्री ओलीसँगै नवनियुक्त...
झापा विद्रोहदेखि मुलुकको ४१ औँ प्रधानमन्त्रीसम्म

झापा विद्रोहदेखि मुलुकको ४१ औँ प्रधानमन्त्रीसम्म

काठमाडौँ, ३ फागुन । नेपालको संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो प्रधानमन्त्रीका रुपमा नियुक्त नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली मुलुकमा दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको छ । समृद्धि र स्थिरताको नारासहित निर्वाचनमा बहुमत हासिल गरेको वाम गठबन्धनको समर्थनमा नियुक्त प्रधानमन्त्री ओली झापा विद्रोह हुँदै लामो समय जेलनेलसमेत खेप्नुभएका आफ्नो अडानमा दृढ नेता मानिनुह...
राष्ट्रपति निर्वाचन फागुनभित्रै गर्ने सहमति

राष्ट्रपति निर्वाचन फागुनभित्रै गर्ने सहमति

काठमाडौँ, ३ फागुन । राष्ट्रपतिको निर्वाचन यही फागुन २१ गते गर्ने विषयमा दलहरुबीच सहमति भएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग आज गरेको छलफलमा राष्ट्रपतिको निर्वाचन फागुन २१ गते गर्ने आयोगको प्रस्तावमा सहमति भएको नेकपा (एमाले) का नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति घोषणा, निर्वाचनको तयारी, राजनीतिक...
लालबाबु पण्डित र थापा मन्त्रीमा नियुक्त

लालबाबु पण्डित र थापा मन्त्रीमा नियुक्त

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डित(मोरङ) लाई जनसङ्ख्या तथा वातावरण र थममाया थापा(म्याग्दी)लाई महिला, बालबालिका र समाजकल्याणमन्त्रीमा आज नियुक्त गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । मन्त्री पण्डित यसअघि सामान्य प्रशासनमन्त्री हुनुहुन्थ्यो । ...
उपाधिका लागि नेपाललाई युएईले दियो २७८ रनको लक्ष्य

उपाधिका लागि नेपाललाई युएईले दियो २७८ रनको लक्ष्य

काठमाडौं, ३ फागुन । आईसीसी विश्व लिग क्रिकेट लिग डिभिजन टू को उपाधिका लागि नेपाललाई युएईले २ सय ७८ रनको लक्ष्य दिएको छ । नेपालले डिभिजन टू को चालु प्रतियोगितामा पाएको यो सबैभन्दा धेरै स्कोरको लक्ष्य हो । निर्धारित ५० ओभरको खेलमा युएईले ४ विकेट गुमाएर १७७ रन बनाएको हो। उसका लागि अस्फाक अहमदले सतकीय पारी खेले। १२३ बलमा उनले १० चौका र ३ छक्कासहित ११४ रन बनाए। यस्तै अर्का ओपनर रोहन मुस्ताफाले ५१ र...
४१ औँ प्रधानमन्त्रीकारुपमा ओलीद्वारा शपथ ग्रहण

४१ औँ प्रधानमन्त्रीकारुपमा ओलीद्वारा शपथ ग्रहण

काठमाडौँ, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम आज साँझ पद तथा गोपनीयताका शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उहाँले शपथ लिनुभएको हो । शपथ ग्रहण कार्यक्रममा राष्ट्रिपति, उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, प्रधानमन्त्री शेरबहादुर देउवा राजनीतिक दलका शिर्ष नेता तथा विभिन्न कूटनीति...
सरकार गठनसँगै शेयर बजार उकालोतर्फ

सरकार गठनसँगै शेयर बजार उकालोतर्फ

काठमाडौँ, ३ फागुन । नयाँ सरकारलाई धितोपत्र बजारले स्वागत गरेको छ । लामो समयदेखि ओरालो लाग्दै आएको बजार आज हालसम्मकै सबैभन्दा बढी अंकले उकालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार ३६.०१ बिन्दुले उकालो लागेर एक हजार ४२४.९५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ७.७२ बिन्दुले उकालो लागेर ३०१.३० बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज १६५ कम्प...
प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल फागुन ६ गतेदेखि

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल फागुन ६ गतेदेखि

काठमाडौँ, ३ फागुन ।  प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, २०७४ यही फागुन ६ देखि १२ गतेसम्म सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्र लगनखेलमा हुने भएको छ । नेपाली सेनाद्वारा आयोजित सो तेस्रो संस्करणको प्रतियोगितामा तीन विभागीय टोली (त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल) सहित पाँच विकास क्षेत्रका आठ टोलीले प्रतिष्पर्धा गर्नेछन् । सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मे...
प्रदेश १ मा ५ सदस्यीय मन्त्रिपरिषद विस्तार

प्रदेश १ मा ५ सदस्यीय मन्त्रिपरिषद विस्तार

विराटनगर, ३ फागुन । प्रदेश १ मा ५ सदस्यीय मन्त्रिपरिषद विस्तार गरिएको छ । मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेश प्रमुख गोविन्द सुब्बाले एमालेका हिक्मत कार्कीलाई गृह (आन्तरिक मामिला तथा कानुन), माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अर्थ (आर्थिक मामिला तथा योजना), एमालेका जगदिश कुशियतलाई उद्योग, पर्यटन, वन तथा वातावरण र जीवन घिमिरेलाई सामाजिक विकास मन्त्री नियुक्त गरेका हुन् । मुख्य मन्त्र...
प्रदेश नं १ को उपसभामुखमा सरस्वती पोखरेल सर्वसम्मत

प्रदेश नं १ को उपसभामुखमा सरस्वती पोखरेल सर्वसम्मत

विराटनगर, ३ फागुन।  प्रदेश नं १ को उपसभामुख पदका एकल उम्मेदवार सरस्वती पोखरेललाई प्रदेश सांसदको बैठकले सर्वसम्मत अनुमोदन गरेको छ । संसद्को आजको बैठकमा उहाँको नाम अनमोदनका लागि प्रस्ताव टेबुल भएको थियो ।इन्द्रमणि पराजुलीको समर्थनमा प्रस्तावक रामकुमार राईले उहाँलाई उपसभामुख पदमा मनोनयन गर्न प्रस्ताव गर्नुभएको थियो । आजै प्रदेश नं १ को कार्यलय प्राङ्गणमा आयोजित कार्यक्रममा सभामुख प्रदीपकुमार भण...
श्रीमान्द्वारा श्रीमतीको कुटपिट गरी हत्या

श्रीमान्द्वारा श्रीमतीको कुटपिट गरी हत्या

भीमदत्तनगर, ३ फागुन । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ दयाअमरपुर मुक्तकमैया शिविरका ४८ वर्षीय बिरु डगौराले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । बुधबार राति मजदुरी गरेर घर फर्किएका बिरुले ४५ वर्षीया श्रीमती लाहु डगौरालाई कुटपिट गरी हत्या गरेका हुन् । “घरमा श्रीमती मादक पदार्थ सेवन गरेर खाना नपकाई बसेको भन्दै श्रीमान्ले हातले कुटपिट गरेको देखिन्छ,” इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब नि...
प्रदेश नं ६ मा सात वटा मन्त्रालय स्थापना

प्रदेश नं ६ मा सात वटा मन्त्रालय स्थापना

सुर्खेत, ३ फागुन ।  प्रदेश नं ६ मा  बिहीबार सात वटा मन्त्रालय स्थापना गरिएका छन् । प्रदेश मुख्यसचिव सुरेश प्रधानले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित छ मन्त्रालय स्थापना गरिएको बताउनुभयो । प्रदेश नं ६ प्रदेशमा सात वटा मन्त्रालय रहने छन् । दुई साताअघि नै क्षेत्रीय प्रशासन कार्यालय भवनमा मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद्को कार्यालय सञ्चालन भइसकेको छ । प्रदेशमा मुख्यमन्त्री तथा मन्...
प्रदेश नं ७ को मुख्य मन्त्रीमा सांसद भट्ट नियुक्त

प्रदेश नं ७ को मुख्य मन्त्रीमा सांसद भट्ट नियुक्त

धनगढी, ३ फागुन । प्रदेश नं ७ को मुख्य मन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता त्रिलोचन भट्ट आज नियुक्त हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८को उपधारा २ बमोजिम माओवादी संसदीय दलका नेता भट्टलाई मुख्य मन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्य मन्त्रीको शपथ ग्रहण भने यही फागुन ५ गते गर्ने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले ...
नवनियुक्त प्रधानमन्त्री अोलीको चार बजे सपथ कार्यक्रम

नवनियुक्त प्रधानमन्त्री अोलीको चार बजे सपथ कार्यक्रम

काठमाडाैँ, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री अाेलीले अाजै अपराह्न चार बजे पद तथा गाेपनियताकाे सपथ ग्रहण गर्ने कार्यक्रम रहेकाे छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालका अनुसार सपथको समय दिउँसो ४ बजेका लागि तोकिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा बुझाएपछि  राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। ओलीलाई प्रधानमन्त्री नियुक्त गर...
डिभिजन टू को उपाधि होड, नेपाल र युएई भिड्दै

डिभिजन टू को उपाधि होड, नेपाल र युएई भिड्दै

काठमाडाैँ, ३ फागुन । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल खेलमा नेपालले युएईसँग टस हारेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। नामिवियाको एन्डरर्स मैदानमा युएईले टस जितेर नेपाललाई पहिलो बलिङको निम्तो दिएको हो। यसअघि समूह चरणको अन्तिम खेलमा क्यानडामाथि १ विकेटको रोमाञ्चक जित निकालेको नेपाल लिगको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। समूह चरणमा भएका ५ मध्ये नेपालले ४ खेलमा जित निकालेको छ भने ...
अमेरिकाको एक विद्यालयमा बन्दुकधारीद्वारा १७ विद्यार्थीको हत्या

अमेरिकाको एक विद्यालयमा बन्दुकधारीद्वारा १७ विद्यार्थीको हत्या

वासिङ्टन, ३ फागुन । अमेरिकाको फ्लोरिडामा अवस्थित एक विद्यालयमा बुधबार बन्दुकधारीले गोली चलाउदा कम्तीमा १७ जना विद्यार्थीको ज्यान गएको दुःखद समाचार छ । स्थानीय प्रहरीले सो विद्यालयमा बुधबार भएको बन्दुक हमलामा परी १७ जनाको ज्यान गएको पुष्टी गरेको छ । प्रहरीकाअनुसार फ्लोरिडा राज्यको पार्कल्याण्डमा रहेको मर्जाेरी स्टोनम्यान स्कुलमा सो गोलीकाण्ड भएको हो । सोही विद्यालयका एकजना १९ वर्षीय पूर्व व...
संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पूरा भएको छ: प्रधानमन्त्री देउवा (पूर्णपाठसहित)

संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पूरा भएको छ: प्रधानमन्त्री देउवा (पूर्णपाठसहित)

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्ने आफ्नो जिम्मेवारी पूरा भएको बताउनुभएको छ । देशवासीको नाममा आज सम्बोधन गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सफल कार्यान्वयनका लागि आवश्यक तीनै तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेको बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “यसबाट मुलुकलाई समृद्धिको मार्गमा निर्...
जलविद्युत् उत्पादनका लागि चिनियाँ कम्पनीलाई स्वीकृति

जलविद्युत् उत्पादनका लागि चिनियाँ कम्पनीलाई स्वीकृति

काठमाडौँ, ३ फागुन । उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा रु २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ । औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम मन्त्रालयमा सोमबार बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको २२४ औँ बैठकले चीनको हाइड्रो चाइना कर्पोरेशनलाई सो जविद्युत उत्पादनका लागि स्वीकृति प्रदान गरेको हो । विदेशी लगा...
विद्युत् चोरीमा संलग्न भएको आरोपमा आठ पक्राउ

विद्युत् चोरीमा संलग्न भएको आरोपमा आठ पक्राउ

विराटनगर, ३ फागुन ।  विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत मोरङको कटहरी गाउँपालिका–६ बाट नेपाल विद्युत् प्राधिकरण र प्रहरीको संयुक्त टोलीले विद्युत् चोरीमा संलग्न भएको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको छ । प्राधिकरण विराटनगर र मोरङ जिल्ला प्रहरी कार्यालयबाट बुधबार राति ११ बजे निस्किएको संयुक्त गस्ती टोलीले हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्राधिकरणले जनाएको छ । यसर...
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं, ३ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए । निर्वाचन आयोगले बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको ...
error: Content is protected !!