मंगलबारे, इलाम, १५ चैत। एनसिएलको टावरमा आगलागी गराएको आशंकामा आज दुई जनालाई जिल्ला प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिका– १ साजेजुङमा रहेको टावरमा आज बिहान आगलागी गराएको आशंकामा विशाल राई र विमल राईलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहान करिब ३ बजे आगलागी भएको थियो । आगलागीपछि खोजतलास गर्ने क्रममा सोही ठाउँ निवासी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख विपीन कर्माचार्यले जानकारी दिनुभयो ।

Advertisement

पक्राउ परेकामध्ये विशाल किराँत मुक्तिमोर्चाका जिल्ला अध्यक्ष समेत भएको र उनी गएको चुवानमा पनि पक्राउ परेका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

आगलागीबाट जेनेरेटर, टावर, उपकरण र तारमा क्षति पुगेको र क्षतिको यकिन तथ्यांक आउन बाँकी रहेको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!