ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई पत्र

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई पत्र

काठमाडौँ, ३ फागुन । वाम गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्न दाबीपत्र प्रस्तुत गरेको छ । एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको सो पत्र केहीबेर अघि राष्ट्रपति कार्यालय, शीतल निवासमा बुझाइएको हो । गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्...
प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिए

प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिए

काठमाडौं, ३ फागुन ।  प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन् । नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि देउवाले देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि वाम गठबन्धनले दाबी पेश गरिसकेको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा उनले तीनै चरणको निर्वाचन सम्पन्न गरेको र संविधान कार्यान्वयन ...
सरकार गठनको उद्देश्य पूरा गरेको निष्कर्ष: मन्त्रिपरिषद् बैठक

सरकार गठनको उद्देश्य पूरा गरेको निष्कर्ष: मन्त्रिपरिषद् बैठक

काठमाडौँ, ३ फागुन । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद्ले आफ्नो उद्देश्य पूरा गरेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सरकार सञ्चालनमा सहयोग गर्ने सबैमा धन्यवादसमेत दिएको बैठकपछि खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँले संविधान कार्यान्वयन गर्ने प्रमुख कार्...
जिल्ला प्रहरी कार्यालय इलामको भवन उद्घाटन

जिल्ला प्रहरी कार्यालय इलामको भवन उद्घाटन

मंगलबारे, इलाम, ३ फागुन ।  जिल्ला प्रहरी कार्यालय, इलामको नवनिर्मित भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । भवनको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उद्घाटन गर्नुभएको हो । विसं २०७२/७३ देखि पहिलो चरणमा निर्माण कार्य शुरु गरिएको भवन उद्घाटन भएको हो भने दोस्रो चरणमा पुनः अर्को भवन निर्माण भइरहेको छ । पहिलो चरणअन्तर्गत निर्मित भवनमा साना–ठूला गरी २२ वटा कोठा रहेका छन् । यसको अनुमानि...
प्रदेश १ मा मन्त्रिपरिषद गठनको तयारी

प्रदेश १ मा मन्त्रिपरिषद गठनको तयारी

विराटनगर, ३ फागुन  ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सपथग्रहणसँगै सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् । मुख्यमन्त्री राईले दिउँसो ३ बजे सपथ लिनेछन् । लगतै मन्त्रिपरिषद् गठन गर्ने एमाले र माओवादीको तयारी छ । तर, गठबन्धनमा सहभागी माओवादी केन्द्रले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दाबी नछाडेकाले पहिलो चरणमा सहभागी हुने मन्त्रीको नाम टुंगो लागेको छैन । मुख्यमन्त्री राईले भने आन...
लोपोन्मुख गिद्धको बासस्थान पहिचान

लोपोन्मुख गिद्धको बासस्थान पहिचान

ठिनी, मुस्ताङ ३ फागुन ।  मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिकाका सात स्थानमा लोपोन्मुख मांसाहारी पक्षी हिमाली गिद्धको बासस्थान पत्ता लागेको छ । ग्लोबल प्राइमेट नेटवर्क र मोडिफिकेशन जोमसोमले ड्रोन क्यामेराको सहायताले गरेको अध्ययनका क्रममा सात स्थानमा ४९ वटा हिमाली गिद्धका गुँड भेटिएको हो । लोपोन्मुख पक्षीको सूचीमा रहेको प्रकृतिका कुचिकार मानिने गिद्धको बासस्थान पहिचान गरी संरक्षणको काम गर्ने उद्...
हात्तीपाइले रोग विरुद्ध औषधि खुवाइने

हात्तीपाइले रोग विरुद्ध औषधि खुवाइने

भोजपुर, ३ फागुन ।  भोजपुर जिल्लामा हात्तीपाइले (फाईलेरिया) रोग विरुद्धको औषधी खुवाइने भएको छ । हात्तीपाइले रोग निवारण समन्वय समितिको आज बसेको बैठकले फागुन १२, १३ र १४ गते औषधि खुवाउने निर्णय गरेको हो । यस वर्ष भोजपुरमा एकलाख ५० हजार ४०० लाई औषधि खुवाइन लागेको जनस्वास्थ्यका फोकल पर्सन विनोद मिश्रले जानकारी दिनुभयो । यसमा ८० हजार ७७ महिला र ७० हजार ४१७ पुरुष रहेका छन् । औषधि खुवाउनका लागि एक ह...
मुख्यमन्त्री राईले आज शपथग्रहण गर्ने

मुख्यमन्त्री राईले आज शपथग्रहण गर्ने

उर्लाबारी, मोरङ, ३ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै हुनुहुन्छ । आज अपराह्न ३ बजे विराटनगरमा रहेको वीरेन्द्र सभागृहमा शपथग्रहणको तयारी भइरहेको १ नं प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । बुधबार प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले राईलाई मु्ख्यमन्त्रीको नियुक्तिपत्र प्रदान गर्नुभएको थियो । राई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्...
देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, राजीनामा दिने तयारी

देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, राजीनामा दिने तयारी

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा राजीनामा दिने तयारीमा लागेका छन् । उनले आफ्नो बहिर्गमनअघि देशवासीका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री देउवाले बुधबार नै देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए । तर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाउन अबेर गरेपछि सरेको थियो । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बिहीबार बिहा...
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, स्थानीयवासी हर्षित

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, स्थानीयवासी हर्षित

सल्लेरी, सोलुखुम्बु, ३ फागुन । सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लाको खुम्बु क्षेत्रसहित नेले, काँगेल, सोताङ, काकु, बासा लगायतका क्षेत्रमा अत्यधिक हिमपात भएको छ । सगरमाथाको काखमा रहेको चौँरीखर्क, नाम्चेमा मंगलबारदेखि नै हिउँ परेको लुक्लाबाट लाखवीर तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मंगलबारदेखि हिउँ परेको छ ।” वुधबार पनि हिउँ परेको उहाँले बताउनुभयो । हिमपातसँगै हल्का...
ठेकेदारको लापरबाहीले गर्दा सुनकोशी पुलको पिलरसमेत बन्न सकेन

ठेकेदारको लापरबाहीले गर्दा सुनकोशी पुलको पिलरसमेत बन्न सकेन

गाईघाट, उदयपुर, ३ फागुन । ठेकेदारको लापरबाहीका कारण गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा चार वर्षअघि निर्माण शुरु भएको सुनकोशी पुलको अहिलेसम्म सामान्य पिलरको जग पनि बन्न सकेको छैन । चार वर्षअघि गौरापार्वती कन्सट्रक्सन जेभी प्रालि निर्माण कम्पनीले टेण्डर प्राप्त गरेर निर्माण कार्य शुरु गरेको उक्त सुनकोशी पुलको अहिलेसम्म पनि सुनकोशी वार...
मेडिकल शिक्षाका लागि बाहिरियो २२ अर्ब

मेडिकल शिक्षाका लागि बाहिरियो २२ अर्ब

काठमाडौं, ३ फागुन । मेडिकल शिक्षा अध्ययनका लागि पछिल्ला पाँच वर्षमा मुलुकबाट २२ अर्ब रुपैयाँ बिदेसिएको छ। स्वदेशी मेडिकल कलेजमा अध्ययन गर्न पर्याप्त सिट नभएपछि विदेशी मेडिकल कलेज तथा शैक्षिक संस्थामा भर्ना भएका विद्यार्थीबाट उक्त रकम बाहिरिएको हो। सरकारी तथ्यांकअनुसार मुलुकबाट पछिल्ला पाँच वर्षमा चार हजार तीन सय ४६ जना विद्यार्थी एमबीबीएस तथा बीडीएस अध्ययनका लागि विदेश गएका छन्। शिक्षा मन्त्रा...
काठमाडौंमा ७.८ रेक्टरको भूकम्प गए दोब्बर क्षति

काठमाडौंमा ७.८ रेक्टरको भूकम्प गए दोब्बर क्षति

काठमाडौं, ३ फागुन । कारोबार दैनिकका अनुसार तीन वर्षअघि गोर्खा केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्प दोहोरिए राजधानी काठमाडौंमा मात्रै ७ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको क्षति हुने अध्ययनले देखाएको छ । यस्तो भूकम्पले २२ हजारभन्दा बढी मानवीय क्षति हुने सरकारी अध्ययनको दाबी छ । सहरी विकास मन्त्रालय अन्तर्गतको भूकम्प विपद् जोखिम मूल्यांकन परियोजनाले जापानी सहयोग नियोग –जाइका) सँग मिलेर गरेक...
प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने

प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने भएका छन् । निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गरेपछि प्रधानमन्त्रीले बिहीबार राजीनामा दिने भएका हुन् । कानुनतः निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष निर्वाचन परिणाम बुझाएपछि स्वतः नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ । देउवाले बिहीबार बिहान ९ बजे मन्त्रिपरि...
ओली-प्रचण्ड : ‘दुवै अध्यक्ष, दुवै प्रधानमन्त्री’

ओली-प्रचण्ड : ‘दुवै अध्यक्ष, दुवै प्रधानमन्त्री’

काठमाडौं, ३ फागुन । एमाले–माओवादी केन्द्रबीच एकीकरण गर्न गठित पार्टी एकता संयोजन समितिले एकीकृत पार्टीमा केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त नेतृत्व रहने मोडालिटी टुंगो लगाएको छ । दुवै अध्यक्षले बैठकको अध्यक्षता र सरकारको नेतृत्व आलोपालो गर्ने मोडालिटी तय भएको छ । ललितपुरमा बुधबार बसेको संयोजन समिति बैठकले एकीकृत पार्टीको मूल नेतृत्व र तत्कालीन सैद्धान्तिक–वैचारिक कार्यदिशामा पनि सहमति ...
२०७४ फागुन ३ गते बिहीबारको राशिफल

२०७४ फागुन ३ गते बिहीबारको राशिफल

वि.सं. २०७४ साल फागुन ३ गते। बिहीबार। इश्वी सन् २०१८ फेब्रुवरी १५ तारिख। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– औंसी, २६:१८ बजेउप्रान्त प्रतिपदा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विभिन्न अवसर प्राप्त भए पनि काममा अरूको मुख ताक्नाले पछि परिनेछ। फाइदाका लागि पुरुषार्थी कदम अघि बढाउनुपर्ला। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। प्रयत्न...
देउवाको राजीनामा र ओलीको नियुक्ति एकै दिन

देउवाको राजीनामा र ओलीको नियुक्ति एकै दिन

काठमाडाैं, २ फागुन । चुनावी जनमत वाम गठबन्धनको पक्षमा आएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले अझैसम्म राजीनामा दिएका छैनन् । एमाले र माओवादीले राजीनामा मागेपनि राष्ट्रियसभा निर्वाचन र निर्वाचन आयोगले औपचारिक रुपमा चुनावी परिणाम नबुझाएको भन्दै देउवाले टारे । आयोगले बुधबार परीणाम बुझाउने भएपछि देउवाले देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका थिए । तर, ढिला भएको भन्दै भोलिलाई सारिएको छ । ...
राष्ट्र्पतिसक्षम प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन प्रस्तुत

राष्ट्र्पतिसक्षम प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन प्रस्तुत

काठमाडौँ, २ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ । शीलत निवासस्थित राष्ट्रपति कार्यालयमा आज साँझ अबेर प्रमुख निर्वाचन आयुक्तसहित आयोगका पदाधिकारीको टोलीले राष्ट्रपति भण्डारीसमक्ष प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० विजयी उम्मेदवारको नामसहितको प्रतिवेदन ...
एमाले–माओवादी एकता बैठकः प्रधानमन्त्रीका लागि तत्काल दाबी गर्ने

एमाले–माओवादी एकता बैठकः प्रधानमन्त्रीका लागि तत्काल दाबी गर्ने

काठमाडौँ, २ फागुन । एकता प्रक्रिया खाकालाई निष्कर्षमा पु¥याउन बसेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता संयोजन समितिको बैठकले नयाँ प्रधानमन्त्री चयनका लागि तत्काल राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने सहमति गरेको छ । एकता प्रक्रियाको ठोस खाकामा बुँदागत सहमति आउने अपेक्षा गरिएको सो बैठकले त्यसबारेमा बिहीबार निर्णय गर्ने समझदारी गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाच...
नेपालको क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित, विश्वकप खेल्न पाउने

नेपालको क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित, विश्वकप खेल्न पाउने

काठमाडौँ, २ फागुन । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडामाथि एक विकेटको सनसनी जित निकाल्दै नेपालले सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकपको छनोट खेल्न पाउने भएको छ । नामिबियास्थित वान्डरर्स स्टेडियममा भर्खरै सम्पन्न खेलमा खराब सुरुवात गरे पनि आठौँ नम्बरमा क्रिजमा आएका करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै नेपालले अन्तिम बलमा जित निकाल्न सफल बन्यो । करणले ४ ...
राष्ट्रकवि घिमिरेलाई मानार्थ सहायक रथीको दज्र्यानी चिह्न प्रदान

राष्ट्रकवि घिमिरेलाई मानार्थ सहायक रथीको दज्र्यानी चिह्न प्रदान

महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा राष्ट्रकवि घिमिरेलाई सहायक रथीको दज्र्यानी चिह्न प्रदान गरिएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । साहित्यका माध्यमबाट राष्ट्रिय एकतालाई बलियो तुल्याउँदै राष्ट्रिय प्रेमले ओतप्रोत, राष्ट्रियता र स्वाभिमानलाई प्रवद्र्धन र उजिल्याउने काम गरेबापत उहाँलाई सरकारले माघ २६ गते सहायक रथीको मानार्...
प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ, २ फागुन । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि भोलि बिहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । बिहीबार बिहान मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको उहाँले बता...
राईको राजनीतिक यात्रा: कान्छो सांसददेखि मुख्यमन्त्रीसम्म

राईको राजनीतिक यात्रा: कान्छो सांसददेखि मुख्यमन्त्रीसम्म

उर्लाबारी, मोरङ, २ फागुन । विसं २०२७ फागुन ११ गते भोजपुरको साविक थिदिंखा–५, पसलभञ्ज्याङ (हाल आमचोक गाउँपालिका–३) मा जन्मनु भएका शेरधन राई नेकपा (एमाले) बाट प्रदेश नं १ को मुख्यमन्त्रीमा आज नियुक्त हुनुभयो । प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । राई एमाले र नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्रीमा निय...
खोटाङ ४४ औँ पूर्ण साक्षर जिल्ला घोषीत

खोटाङ ४४ औँ पूर्ण साक्षर जिल्ला घोषीत

खोटाङ, २ फागुन । ‘समग्र खोटाङ समुन्नतिको निकास, ज्ञान, सीप, संस्कार, साक्षरताको विकास’ भन्ने नारासहित खोटाङ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका जनसंख्या मध्येमा गरिएको साक्षरता मूल्याङ्कनमा ९६ दशमलव ५६ प्रतिशत साक्षर भएको पाइएपछि आज औपचारिक रुपमा पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो । दिक्तेलस्थित स्थानीय हेलिप्याडमा आयोजना गरिएको एक कार्य...
धनकुटे सांसदको मागः राजधानीको क्षतिपूर्तिका लागि मन्त्री चाहियो

धनकुटे सांसदको मागः राजधानीको क्षतिपूर्तिका लागि मन्त्री चाहियो

इटहरी, २ फागुन । आफ्नो जिल्लालाई प्रदेश १ को राजधानी बनाउनुपर्ने माग गर्दै आएका धनकुटाका दुबै प्रदेशका सांसदहरुले ‘क्षतिपूर्ति’ स्वरुप मन्त्री पदको नयाँ माग अघि सारेका छन् । धनकुटाबाट प्रत्यक्ष निर्वाचित दुईवटै प्रदेशका सांसद इन्द्रमणि पराजुली र निरन राईले धनकुटालाई मन्त्री दिनुपर्ने माग गरेका हुन् । प्रदेशको मुकामका लागि जनस्तरबाट भएको संघर्षका बाबजुद राजधानी नबनाइएकाले अब मन्त्री बनाउनैपर्ने...
प्रदेश १ : माओवादीले माग्यो गृह र अर्थसहित चार मन्त्रालय

प्रदेश १ : माओवादीले माग्यो गृह र अर्थसहित चार मन्त्रालय

विराटनगर, २ फागुन । माओवादी केन्द्रले प्रदेश १ मा गृह र अर्थसहित चार मन्त्रालय दाबी गरेको छ । तर, एमालेले गृह (आन्तरिक मामिला तथा कानुन) मन्त्रालय दिन चाहेको छैन । प्रदेश १ को मुख्यमन्त्रीमा बुधबार मात्र एमाले संसदीय दलका नेता शेरधन राई नियुक्त भएका छन् । राईले भोलि सपथ लिनेछन् । लगतै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ । तर, मन्त्रालय भागवण्डा मिलेको छैन । दुई दलका नेताहरुबीच बुधबार ...
दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन फागुन ४ देखि

दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन फागुन ४ देखि

पोखरा, २ फागुन । अन्तर्राष्ट्रिय युथ समिट नेपालको आयोजनामा पर्यटकीय नगरी पोखरामा यही फागुन ४ देखि ८ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने भएको छ । ‘दिगो विकासका लागि सहभागितामूलक युवा नेतृत्व’ भन्ने नाराका साथ आयोजित पाँच दिवसीय सम्मेलनमा विभिन्न १८ राष्ट्रका २५० जनाको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलनमा राष्टिय युवा परिषदका नेताहरू,विभिन्न राजनीति...
अपहरणकारी पाण्डे र विकलाई १६ वर्ष कैद

अपहरणकारी पाण्डे र विकलाई १६ वर्ष कैद

काठमाडौँ, २ फागुन । जिल्ला अदालत काठमाडौँले वर्दियाका विशाल चौधरीको अपहरण गर्ने विष्णुप्रसाद पाण्डे र राजु विकलाई १६ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । न्यायाधीश कविप्रसाद न्यौपानेको इजलासले अपहरण तथा शरीर बन्धक मुद्दामा सुनुवाइपछि आज चौधरीलाई अपहरण गर्ने पाण्डे र विकलाई १६ वर्ष कैद, रु एक/एक लाख जरिवाना र जनही दुई/दुई हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका श्रेष्तेदार कृष्णप्रसाद नेपालले...
एमाले माओवादी एकता निर्णायक हुँदै

एमाले माओवादी एकता निर्णायक हुँदै

काठमाडौँ, २ फागुन । पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आन्तरिक गृहकार्यलाई निर्णायक बनाएका छन् । आज बस्ने पार्टी एकता संयोजन समितिको बैठक पूर्व दुवै पार्टीको छुट्टाछुट्टै स्थायी कमिटी र केन्द्रीय कार्यालय बैठक चलिरहेको छ । ललितपुरको मानभवनस्थित एक निजी घरमा एमाले स्थायी कमिटीको बैठक बसिरहेको सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेत...
एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्ने एमालेको निर्णय

एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्ने एमालेको निर्णय

काठमाडौँ, २ फागुन । नेकपा (एमाले)ले भावी प्रधानमन्त्रीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्ने निर्णय गरेको छ । ललितपुरको मानभवनस्थित एक निजी घरमा आज बसेको एमाले स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकमा अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको ‘वान टु वान’ बैठकमा भएका छलफलका विषयमा...
प्रदेश १ को उपसभामुख पदमा एकल मनोनयनपत्र दर्ता

प्रदेश १ को उपसभामुख पदमा एकल मनोनयनपत्र दर्ता

विराटनगर, २ फागुन ।  प्रदेश नं १ को उपसभामुख पदमा आज एकल उम्मेदवारी दर्ता भएको छ । नेकपा (माओवादी केन्द्र) की प्रदेशसभा सदस्य सरस्वती पोखरेलले आज प्रदेश सचिवालयमा दिउँसो आफ्नो मनोनयनपत्र दर्ता गराउनुभयो । उहाँको प्रस्तावकमा प्रदेशसभा सदस्य रामकुमार राई र समर्थकमा इन्द्रमणि पोखरेल रहनुभएको प्रदेश सचिवालयले जनाएको छ । सुनसरी जिल्लाबाट समानुपातिकबाट प्रदेशसभा सदस्य हुनुभएकी पोखरेल नेकपा (म...
error: Content is protected !!