कञ्चनपुर, १६ चैत । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मछेली शिविरमा बस्दै आएका ५५ वर्षीय छेदालाल चौधरीको गएराति जलेर मृत्यु भएको छ ।

दमका दीर्घरोगी रहेका चौधरीले चुरोट खाँदै गर्दा तन्नामा आगो लागेर जलेर गम्भीर घाइते भएपछि महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरतसिंह धामीले बताउनुभयो ।

Advertisement

चौधरीको मुख र छाती जलेर अवस्था गम्भीर भएपछि महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पु¥यायौँ, उहाँले भन्नुभयो, “उपचारकै क्रममा राति १२ बजेको समयमा उनको मृत्यु भएको छ ।” प्रहरीका अनुसार छोरा बुहारी लामो समयदेखि घरमा नहुँदा चौधरी एक्लै बस्दै आएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!