रसुवा, १५ चैत । विभिन्न सञ्चारमाध्यममा काम गर्ने यहाँका पत्रकारको समस्या र पारश्रमिकसम्बन्धी विषयमा आज सुझाव संकलन भएको छ ।

Advertisement

श्रमजीवी पत्रकारसम्बन्धी ऐनको कार्यान्वयन, यहाँका पत्रकारले भोग्नुपरेको समस्या र समाधानका विषयमा सुझाव संकलन गरिएको न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य युवराज विद्रोहीले बताउनुभयो ।

सुझाव संकलनका क्रममा ‘रासस’, ‘नेपाल टेलिभिजन’, ‘कान्तिपुर’, ‘टिभी टुडे’ र ‘नयाँ पत्रिका’का साथै स्थानीयस्तरमा प्रसारण भइरहेका ‘लाङटाङ एफएम’ र ‘रसुवा रेडियो एफएम’मा कार्यरत संवाददाताको सहभागिता थियो ।

सम्बन्धित सञ्चारगृहले पत्रकारलाई कम्तीमा रु १९ हजार ५०० पारिश्रमिक दिनुपर्ने र यसमा स्थानीयस्तरको महँगीसमेत दृष्टिगत गरी समयसापेक्ष पुनरवलोकन गर्नुपर्ने सुझाव पत्रकारले दिएका थिए ।

दुर्गम जिल्लामा काम गर्ने पत्रकारका सुझाव संकलनलाई निरन्तर दिनुपर्ने नेपाल पत्रकार महासंघ रसुृवाका सभापति खतिवडाले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!