न्यायिक समितिलाई मेलमिलापसम्बन्धी तालीम

न्यायिक समितिलाई मेलमिलापसम्बन्धी तालीम

भोजपुर, १८ फागुन । भोजपुर जिल्लास्थित स्थानीय तहका न्यायिक समितिलाई सामुदायिक मेलमिलापसम्बन्धी तालीम दिइएको छ । स्थानीय तहका उप (प्रमुख) को संयोजकत्वमा गठित तीन सदस्य न्यायिक समितिलाई लक्षित गरी सामुदायिक मेलमिलापसम्बन्धी आठ दिनको तालीम दिइएको हो । तालीम न्यायिक सदस्यलाई मेलमिलापसम्बन्धी काम गर्नका लागि सहज गराउने उद्देश्यका साथ सञ्चालन गरिएको आयोजक प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र न...
शासन ब्यक्तिको होइन विधिको हुनुपर्छ : मुख्यमन्त्री राई

शासन ब्यक्तिको होइन विधिको हुनुपर्छ : मुख्यमन्त्री राई

इटहरी, १८ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शासन ब्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने जेसीज युवाको उदाहरणीय सिद्धान्त एवं प्रजातान्त्रिक शैलीबाट राज्य बनाउने शिक्षा लिँदै देश निर्माणको पक्षमा लाग्ने बताउनुभएको छ । मुख्यमन्त्री राईले बिहीबार सुनसरी जिल्लाको रामधुनी नगरपालिकाको झुम्का जेसीजको १३ पदस्थापन तथा झुम्का जेसीजको नयाँ भवनको उद्घाटन समारोहपछि सो कुरा बताउनुभएको हो । उहाँले...
विष खुवाएर आफ्नै श्रीमानको हत्या

विष खुवाएर आफ्नै श्रीमानको हत्या

खजुरा, बाँके, १८ फागुन ।  बाँके जिल्लामा मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गर्ने श्रीमानलाई आफ्नै श्रीमतीले विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ । बाँके डुडुवागाउँपालिका–४ गडारियनपुरका ४० वर्षीया पतंगी गडरियाले आफ्नै ४५ वर्षीय श्रीमान् कुर्कुट गडरियालाई सर्वतमा सेल्फास नामक विष हालेर खुवाउँदा उनको मृत्यु भएको हो । बिहीबार विष खुवाएर मृत्यु भएपछि गाउँ नजिकै खेतमा शवलाई जलाउन लगेको बेल...
तराई र मधेसका जिल्लामा आज होली मनाइँदै

तराई र मधेसका जिल्लामा आज होली मनाइँदै

काठमाडौं, १८ फागुन । देशको तराई र मधेस क्षेत्रमा आज धुमधामका साथ फागु पूर्णिमा अर्थात् होली मनाइँदैछ । बिहीबार देशका पहाडी जिल्लाहरुमा होली पर्व मनाइएकोमा आज तराईका जिल्लाहरुमा मनाउन लागिएको हो । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र अबिर लगाएर आज होली पर्व मनाउँदैछन् । परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ । होलीले आपसी सद्भाव, भातृत्व ...
ठूलो परिमाणमा गाँजा बरामद गरी नष्ट

ठूलो परिमाणमा गाँजा बरामद गरी नष्ट

रत्ननगर, चितवन, १८ फागुन। सशस्त्र प्रहरी बल गढीमाई गण भण्डारा चितवनले ठूलो परिमाणमा गाँजा बरामद गरी नष्ट गरेको छ । गणको गस्ती टोलीले बिहीबार मकवानपुरको राक्सीराङ गाउँपालिका–६ डाबराङ गाउँमा पुगेर गाँजा बरामद गरेको हो । स्थानीय गोठमा लुकाई राखेको अवस्थामा १४ वटा बोरामा २०३ किलो गाँजा बरामद गरेको गणका सशस्त्र प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । गणका सशस्त्र प्रहरी नायब निरीक्षक...
पौडी खेल्न जाँदा नदीमा बेपत्ता

पौडी खेल्न जाँदा नदीमा बेपत्ता

चितवन, १८ फागुन।  फागुका दिन पौडी खेल्न नारायणीमा गएका एक युवक नदीमा डुबेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रत्ननगर नगरपालिकाको जयमंगला घर भई भरतपुर महानगरपालिका–१० मा डेरा गरी बस्ने २३ वर्षीय सुशील पन्त बिहीबार दिउँसो पौडी खेल्न जाँदा बेपत्ता भएका हुन् । भरतपुर महानगरपालिका–१६ स्थित ठूलोगडी नजिक नारायणी नदीमा पौडी खेल्न गएका उनी बेपत्ता भएको प्रहरीले जना...
बक्यौता नतिर्ने सरकारी कार्यालयको लाइन काटियो

बक्यौता नतिर्ने सरकारी कार्यालयको लाइन काटियो

इलाम, १८ फागुन । नेपाल विद्युत् प्राधिकरण इलामले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सरकारी कार्यालयको लाइन धमाधम काट्न थालेका छन् । तीन महिनाभन्दा लामो समयसम्म विद्युत् महशुल नतिर्ने मालपोत कार्यालय, आदर्श मावि, घरेलु तथा साना उद्योग विकास समिति, शीतभण्डारको लाइन काटिएको प्राधिकरणका इलेक्ट्रिक सुपरभाइजर तारा एक्तेनले जानकारी दिनुभयो । सबैभन्दा बढी इलाम नगरपालिकाको शीतभण्डारले रु सात लाख २८ हज...
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

उर्लाबारी, मोरङ, १८ फागुन । मोरङको धनपालथान गाँउपालिकास्थित रंगेली–विराटनगर सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गएराति पैदलयात्रीको मृत्यु भएको छ । को २३ प ६१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा धनपालथान गाउँपालिका–६ का ४५ वर्षीय विहारी रायको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । रायलाई राति ११ः३० बजेतिर धनपालथान गाउँपालिका–६ स्थित दादरबैरिया चोकमा ठक्कर दिएको थियो । ठक्कर दिने...
हुम्ला सदरमुकाममा हेलिकोप्टरबाट गाडी ल्याइयो

हुम्ला सदरमुकाममा हेलिकोप्टरबाट गाडी ल्याइयो

हुम्ला, १८ फागुन । राष्ट्रिय सडक सञ्जालले नजोडेको हुम्ला सदरमुकाम सिमिकोटमा हेलिकोप्टरबाट गाडी ल्याइएको छ । सुर्खेत विमानस्थलबाट सेनाको हेलिकोप्टर चार्टर गरेर सिमिकोट विमानस्थलमा गाडी ओरालिएको हो। व्यवसायी चिना रावतले सुर्खेतबाट सेनाको हेलिकोप्टरमा महिन्द्राको बोलेरो जिप ल्याएका हुन् । सदरमुकाममा सञ्चालनका लागि जिप ल्याएको व्यवसायी रावतले बताए । रावतका अनुसार सिमिकोट गाडी पुर्‍याउँदासम्म ३६ ला...
दुईबुँदे सहमति गर्दै फोरम सरकारमा जाने तयारी

दुईबुँदे सहमति गर्दै फोरम सरकारमा जाने तयारी

काठमाडौं, १८ फागुन । संघीय समाजवादी फोरम एमाले–माओवादीसँग दुईबुँदे राजनीतिक सहमति गरी सरकारमा जान तयार भएको छ । संविधान संशोधन गर्न सकिने विषय संयुक्त कार्यदलमार्फत गृहकार्य गर्दै जाने सहमति गर्दै फोरम सरकारमा सहभागी हुन तयार भएको नयाँ पत्रिका दैनिकमा समाचार छ । दुईतिहाइ मत पुर्याउने गृहकार्यसहित एमाले र माओवादी केन्द्रले एक सातादेखि लगातार छलफल गर्दै आएका छन् । प्याकेजमै विषय नटुंगिएकाले सरकार–फ...
चमेलिया जलविद्युत् आयोजनाले माग पूरा नगरेको भन्दै आमरण अनशन

चमेलिया जलविद्युत् आयोजनाले माग पूरा नगरेको भन्दै आमरण अनशन

दार्चुला, १८ फागुन ।  आफ्ना माग पूरा नभएको भन्दै शैल्यशिखर नगरपालिका–१ बारीलका स्थानीय चमेलिया जलविद्युत्को विद्युत् गृह नजिक बिहीबारबाट आमरण अनशनमा बसेका छन् । चमेलिया जलविद्युत् आयोजनाले निर्माण कार्य शुरु गरेदेखि नै आफूहरुसँग गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै उनीहरु आमरण अनशनमा बसेका हुन् । सो ठाउँका स्थानीय खानेपानी मूल संर्घष समिति गठन गरेर आमरण अनशनमा बसेका हुन् । संघर्ष समितिले आयोजना...
वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने

वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने

काठमाडौं, १८ फागुन । वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने भएको छ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको हो। फागुन २९ मा राष्ट्रपति निर्वाचन हुने कार्यक्रम छ। संघीय संसद् र प्रदेश संसद्का सांसदहरू राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता भएकाले गठबन्धन...
डाक्टरको लापर्बाहीले गर्भवतीको मृत्यु ,स्थानीयद्वारा तोडफोड

डाक्टरको लापर्बाहीले गर्भवतीको मृत्यु ,स्थानीयद्वारा तोडफोड

राजविराज, १८ फागुन । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा डाक्टरको लापर्बाहीले एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले तोडफोड गरेपछि अस्पताल तनावग्रस्त भएको छ । राजविराज–भारदह सडकखण्डअन्तर्गत अस्पताल गेटमा टायर बालेर यातायात अवरुद्ध पारेपछि अवस्था झन तनावग्रस्त भएको प्रहरीले जनाएको छ । सुत्केरी व्यथाले च्यापेपछि जिल्लाको विष्णुपुर गाउँपालिका–१ पिप्राहीकी २५ ...
२०७४ फागुन १८ गते शुक्रबारको राशिफल

२०७४ फागुन १८ गते शुक्रबारको राशिफल

वि.सं. २०७४ साल फागुन १८ गते। शुक्रबार। इश्वी सन् २०१८ मार्च २ तारिख। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– प्रतिपदा, २९:०० बजेउप्रान्त द्वितीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। व्याहारमा अलमलिनुपरे पनि लगनशीलत...
संघीय शिक्षा ऐन र निःशुल्क शिक्षासम्बन्धी कानुनको तयारी

संघीय शिक्षा ऐन र निःशुल्क शिक्षासम्बन्धी कानुनको तयारी

काठमाडौँ, १७ फागुन ।  नेपालको संविधानको कार्यान्वयनका लागि नेपाल सरकारले शिक्षासम्बन्धी दुई नयाँ कानूनको तर्जुमा शुरु गरेको छ । विसं २०२८ मा बनेको शिक्षा ऐन पटक पटक संशोधन हुँदै शैक्षिक व्यवस्थापन गरिएका सन्दर्भमा त्यसलाई विस्थापन गर्न नेपालको संविधानानुकूल नयाँ संघीय शिक्षा ऐन र माध्यमिक तहसम्म निःशुल्क शिक्षा हुनुपर्ने संविधानको मौलिक हकको कार्यान्वयन गर्न शिक्षा अधिकारसम्बन्धी अलग्गै कानून बन्...
सिरियाको घटनाप्रति प्रलेसको निन्दा

सिरियाको घटनाप्रति प्रलेसको निन्दा

काठमाडौँ, १७ फागुन ।  प्रगतिशील लेखक संघले अन्तर्राष्ट्रिय शक्ति केन्द्रको स्वार्थका कारण सिरियमा हिंसात्मक घटना भई सयौँ निर्दाेष नागरिकको ज्यान गएको भन्दै त्यसको निन्दा गरेको छ । संघका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डंगोलले आज विज्ञप्ति जारी गरी सिरियालाई संयुक्त राज्य अमेरिकालगायत अन्तर्राष्ट्रिय शक्ति केन्द्रको व्यापारिक स्वार्थको क्रिडास्थल बनाइएको जनाउँदै दिगो शान्ति र संवाद गर्न आग्...
प्रदेश नंं ३ को राजधानी पायक पर्ने ठाउँमा तोक्न आग्रह

प्रदेश नंं ३ को राजधानी पायक पर्ने ठाउँमा तोक्न आग्रह

काठमाडौँ, १७ फागुन ।  नेपाल नगरपालिका संघ प्रदेश नंं ३ ले प्रदेश नंं ३ को अस्थायी राजधानी अपायक भएकाले पायकपर्ने ठाउँमा सार्न माग गरेका छन् । अहिले सरकारले प्रदेश नंं ३ को अस्थायी राजधानी मकवानपुर जिल्लाको हेटौँडामा राखिएको छ । संघका प्रदेश नं ३ संयोजक भरतबहादुर केसीले विज्ञप्ति जारी गर्दै सबै जिल्लाको समान दूरी र पहँुचको हिसाब हुने ठाउँमा सार्न माग गर्नुभएको छ । नेपाल सरकारले हालै मात्र नगर...
लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि श्रेष्ठलाई

लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि श्रेष्ठलाई

लुम्बिनी, १७ फागुन । चौथो लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जित्नुभएको छ । कपिलवस्तुको कुदानबाट शुरु भई लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा समापन भएको ४२ किलोमिटरको दौड दुई घण्टा ५४ मिनेट ५३ सेकेन्डमा पूरा गरी उहाँले सो उपाधि जित्नुभएको हो । शान्ति म्याराथन लुम्बिनी पिस म्याराथन प्राली र एडभेन्चर स्पोट्र्स नेपालले संयुक्तरुपमा आयोजना गरेको उक्त म्याराथनम...
मध्यमस्र्याङ्दीको मर्मत सकियो, विद्युत् उत्पादन शुरु

मध्यमस्र्याङ्दीको मर्मत सकियो, विद्युत् उत्पादन शुरु

काठमाडौँ, १७ फागुन । लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँधको देबे्रतिर र विद्युत् गृहको मर्मत कार्य सम्पन्न भएको छ । आयोजनाका प्रमुख पशुपतिराज गौतमका अनुसार तोकिएको समयभन्दाअगावै छ दिन १० घण्टामा आयोजनाको मर्मत कार्य सम्पन्न भई आज साँझ १८ः३० बजेबाट विद्युत् उत्पादन पुनःशुरु गरिएको छ । प्राधिकरणले मर्मत कार्य सम्पन्न गर्न १० दिन लाग्ने बताएको थियो । मर्मत यही...
धनकुटामा यसरी मनाईयो होली (भिडियोसहित)

धनकुटामा यसरी मनाईयो होली (भिडियोसहित)

धनकुटा, १७ फागुन । धनकुटामा पनि बिहीबार हर्षोल्लासपूर्वक होली पर्व मनाईएको छ । जिल्ला सदरमुकामसहित हिले, सिधुवा, भेडेटार, जीतपुर लगायत स्थानमा बिषेश कार्यक्रम गरेर होली पर्व मनाईएको हो । बालबालिकादेखि युवायुवती र बृद्धबृद्धासम्मले आपसमा रंग दलेर होली पर्व मनाएका छन् । स्थानीय मदन चोकमा द सेभेन यूथ क्लवले होली विशेष कन्सर्ट र हाडी फुटाई कार्यक्रम गरेको छ । भीमसेन थानमा स्टेप धनकुटाले होली विशेष ...
‘दुई अंकको आर्थिक वृद्धिका लागि सरकार अग्रसर’

‘दुई अंकको आर्थिक वृद्धिका लागि सरकार अग्रसर’

काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक वृद्धि पु¥याउने योजनामा सरकार लागेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शले आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आव २०७३/७४ मा भएको ६.९ प्रतिशतको आर्थिक वृद्धिदरलाई बढाएर दुई अंकको आर्थिक वृद्धिदरमा पु¥याइने र समृद्धिको यात्रालाई अगाडि बढाइने बताउनु...
सुँघेरै जाँचिन्छ सीमा नाकामा माछा

सुँघेरै जाँचिन्छ सीमा नाकामा माछा

काँकडभिट्टा, १७ फागुन । पूर्वी नाका काँकडभिट्टामा रहेको एनिमल क्वारेन्टाइन चेक पोस्टका प्रविधिज्ञले भारतबाट आयातित माछालाई छामेर र सुँघुरै जाँच्ने गरेका छन् । अरु धेरै कुरामा प्रविधिको उच्च प्रयोग भइरहे पनि मुलुकको मुख्य नाका मानिएको काँकडभिट्टामा भने स्थापनाकालदेखि नै प्रविधिज्ञले प्रयोगशाला नहुँदा ‘सुँघेर’ र ‘छामेर’ माछाको गुणस्तर जाँच गर्दै आएका हुन् । मेचीनगरका नगरप्रमुख विमल आचार्यले ‘कुन...
एन्फामा सल्लाहकारका रुपमा चियाकी नियुक्त

एन्फामा सल्लाहकारका रुपमा चियाकी नियुक्त

काठमाडौँ, १७ फागुन । जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)ले अखिल नेपाल फुटबल संघ (एन्फा) मा विज्ञ चियाकी ताकेदालाई फुटबल सल्लाहकारको भूमिका निर्वाह गर्न एक वर्षका लागि नियुक्त गरेको छ । चियाकी ताकेदा यसअघि एन्फामा प्राविधिक निर्देशकका रूपमा कार्यरत हुनुहुन्थ्यो । कार्यकाल सम्पन्न भएपछि उहाँलाई नै जाइकाले एक वर्षका लागि सल्लाहकारका रुपमा नियुक्त गरेको जनाएको छ । जाइकाले खेलकूदको क्षेत्...
राष्ट्रपति निर्वाचनका लागि निर्वाचन कार्यालय स्थापना

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन कार्यालय स्थापना

काठमाडौँ, १७ फागुन । निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगले आज संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । नेपालको संविधान बमोजिम नयाँ राष्ट्रपतिको निर्वाचन गर्न आयोगले पाटन उच्च अदालतका न्यायाधीशलाई निर्वाचन अधिकृत तोकि...
सतचालिस कम्पनीले १० अर्ब बढीे बोनस दिने

सतचालिस कम्पनीले १० अर्ब बढीे बोनस दिने

काठमाडौँ, १७ फागुन ।  विभिन्न ४७ कम्पनीले रु १० अर्ब ८१ करोड तीन लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् । नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार ८६५ कित्ता बराबरको शेयर बोनसबापत शेयरधनीलाई प्रदान गर्ने घोषणा गरिएको हो । चालू आर्थिक वर्षको शुरुदेखि हालसम्म बोर्डमा बोनस शेयर घोषणा गर्दै जानकारी गराउने क्रमसमेत बढेको बोर्...
प्रदेश नं १ का प्रदेश प्रमुखद्वारा शुभकामना आदानप्रदान

प्रदेश नं १ का प्रदेश प्रमुखद्वारा शुभकामना आदानप्रदान

विराटनगर, १७ फागुन । होली पर्वको शुभअवसरमा विराटनगरस्थित प्रदेश नं १का प्रदेश प्रमुखको कार्यालयले आज यहाँ शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ग¥यो । सो अवसरमा प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले कार्यक्रममा सहभागी हुनुभएका महानुभावसँग अबिर खेलेर होली पर्व मनाउनुभयो । उक्त अवसरमा सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, प्रदेशका ...
रंग, यौन र महिला लक्षित गीत गाउँदै भक्तपुरमा फागु

रंग, यौन र महिला लक्षित गीत गाउँदै भक्तपुरमा फागु

भक्तपुर, १७ फागुन । फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु (चीर ठड्याए)सँगै शुरु भएको यस वर्षको फागु पर्व नेपालको पहाडी क्षेत्रमा आज र तराई मधेश क्षेत्रमा भोलि धुमधामले मनाउँदैछन् । वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एकआपसमा रंग दलेर, आपसका वैरभाव बिर्सेर खुशी साटासाट गर्दै मनाइने पर्व हो । तर भक्तपुरमा भने यो पर्व मनाउने प्रसंग बेग्लै रहेको छ । भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको ...
दुई लाख नेपाली महिला दासतापूर्ण यौन शोषणको सिकारमा

दुई लाख नेपाली महिला दासतापूर्ण यौन शोषणको सिकारमा

काठमाडौँ, १७ फागुन । माइती नेपालले जनाए अनुसार दुई लाख नेपाली महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार भइरहेका छन ।  बुधबार हेटौँडामा आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै माइती नेपालले दुई लाख महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार बनेका जनाएको हो । माइती नेपालका अनुसार बेचिएकामध्ये महिला ७० प्रतिशत र बालबालिका ५० प्रतिशत पीडित छन् । प्रत्येक दिन असुरक्षित रूपमा...
पाचौँ नुवाकोट महोत्सव शुरु, दरबार परिसरबाट प्याराग्लाइडिङ

पाचौँ नुवाकोट महोत्सव शुरु, दरबार परिसरबाट प्याराग्लाइडिङ

नुवाकोट, १७ फागुन ।  पाचौँ नुवाकोट महोत्सव बुधबारदेखि शुरु भएको छ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको महोत्सवको संयुक्तरुपमा उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यहरु हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा तथा ३ नं प्रदेश उपसभामुख राधिका तामाङले अबको पालो आर्थिक विकासको भएकाले महोत्सव त्यसका लागि सहयोगी हुने बताउनुभयो । एघार दिनसम्म चल्ने महोत्सवमा ३ नंं प्रदेशस्तरीय अवलोकनकर्ता सहभागी ग...
मर्यादितरुपमा होली मनाउन चार धर्मगुरुको अपिल

मर्यादितरुपमा होली मनाउन चार धर्मगुरुको अपिल

नेपालगन्ज, १७ फागुन । धर्मगुरुहरुले होली पर्व मर्यादित र शान्तिपूर्णरुपमा मनाउन अपिल गर्नुभएको छ । बाँके जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बुधबार भएको छलफलपछि हिन्दू धर्म गुरु चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मौलाना मन्सुर मन्जरी र मौलाना अब्दुल जव्बार र सिख धर्मगुरु राजेन्द्रसिंह सरदारले यस्तो अपिल गर्नुभएको हो । आज र भोलि दुई दिन जिल्लामा मनाइने होली पर्वलाई दृष्टिगत गरी धार्मिक गुरुहरुसँ...
चर्चित अभिनेत्री श्रीदेवीको राजकीय सम्मानका साथ अन्त्यष्टी

चर्चित अभिनेत्री श्रीदेवीको राजकीय सम्मानका साथ अन्त्यष्टी

मुम्बई, १७ फागुन । गत शनिबार निधन भएकी चर्चित भारतीय अभिनेत्री श्रीदेवीको बुधबार राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । भारतीय शहर मुम्बइमा उहाँलाई हजारौँ प्रशंसकले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि अन्त्यष्टी गरिएको हो । अन्त्यष्टीपूर्व निकालिएको शवयात्रामा हजारौँ प्रशंसक सहभागी भएका थिए । विशेष रूपमा सिङ्गारिएको एउटा ट्रकमा राखेर उहाँको शवलाई सात किलोमिटर टाढा रहेको अन्त्येष्टि स्थलमा लग...
error: Content is protected !!