- संगालोखबर सम्वाददाता

धनकुटा, २८ चैत । धनकुटाको भेडेटारबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–७ का २० बर्षीय सरद पाख्रीन छन् ।

Advertisement

को.१ ख ५६७३ नम्बरको बसमा सवार पाख्रीनको साथबाट चेकजाँचका क्रममा लागुऔषध फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनको साथबाट स्पाक्समो चपकाडोल कलोजेट ट्याबलेट–५२ एम्पुल र गाँजा ३० ग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!