कलैया, २७ चैत । बाराको कलैया उपमहानगरपालिका–२४ श्रीपुरमा रहेको रिलाइन्स सुगरमिलमा उखुको तातो रस मोलासिसको ट्याङ्की फुट्दा तातो रस जीउमा खसेर एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

आज सो ट्यांकी अचानक फुट्दा ठेगाना नखुलेका भारतीय कामदार अन्दाजी ४५ वर्षीय रामस्नेहीको मृत्यु भएको बारा प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते भएका स्नेहीको कलैया अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भुनेश्वर साहले जानकारी दिनुभयो ।

Advertisement

नौ जना घाइतेमध्ये एक जनाको कलैयामा र बाँकीको वीरगञ्जस्थित नेशनल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्येका रमेश यादवको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ । घाइतेको कलैयामा उपचार हुन नसकी थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

मिललाई सुरक्षाकर्मीले घेरा हाली थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!