काठमाडौँ, २७ चैत । धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले गरिएको गोली प्रहार घटनामा संलग्नको खोजी गर्न माग गर्दै विभिन्न संघ संस्था तथा नागरिक समाजले आज साँझ माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

योगी नरहरिनाथ आध्यात्मिक परिषद्, नेपाल विश्व हिन्दू महासंघ, श्रीमद्भागवत तथा गौ–संरक्षण केन्द्र, हिन्दू जागरण नेपाललगायत संस्थाले गत शनिबार विराटनगरमा सुनियोजित रुपमा गुरुमाथि भएको घटनाको अविलम्ब छानबिनको माग गरेका हुन् ।

Advertisement

नेपाल विश्व हिन्दू महासंघकी महासचिव अस्मिता भण्डारीले हिन्दू धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली चलाएर धार्मिक संघसंस्थालाई भयभीत तुल्याउने उद्देश्यले उक्त घटना घटाइएकामा चिन्ता व्यक्त गर्दै धार्मिक गुरु एवं अभियन्ताको सुरक्षाको प्रबन्ध गर्न सरकारसँग माग गर्नुभयो ।

एकीकृत राप्रपा (राष्ट्रवादी) का उपाध्यक्ष तरानाथ लुईंटेलले दण्डहीनताले अपराध बढ्दै गएको बताउँदै अपराधिको पहिचान गरी कानुनी सजाय दिन आग्रह गर्नुभयो ।

हिन्दू जागरण अभियानका प्रदीपविक्रम राणाले गुरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस प्रकारको घटना दोहोरिन नदिन उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

अभियन्ता शीरु वाग्लेले ‘हिन्दू धर्म, वैदिक संस्कृति र परम्परालाई कमजोर पार्ने उद्देश्यले घटना भएको भन्दै घटनामा संलग्न अभियुक्तलाई खोजी गरी कडा कानुनी कारवाही गर्न सरकारसंग माग गर्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!